badapatra


साप्ताहिक स्वदेशी चलचित्रको बक्स अफिस रिपोर्ट – मिति २०८२ माघ १७ गते शनिबार, ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट सिनेपाः@ बक्सअफिस कलेक्सन

4 months ago

साप्ताहिक अन्तर्राष्ट्रिय चलचित्रको बक्स अफिस रिपोर्ट – मिति २०८२ माघ १७ गते शनिबार, ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट सिनेपाः@ बक्सअफिस कलेक्सन

4 months ago

हार्दिक बधाई

4 months ago

चलचित्रकर्मी दक्षता अभिवृद्धि कार्यक्रमहरूमा सहभागिता सम्बन्धी सूचना

4 months, 1 week ago

साप्ताहिक बक्स अफिस रिपोर्ट – मिति २०८२ माघ १० गते शनिबार, ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट सिनेपाः@ बक्सअफिस कलेक्सन

4 months, 1 week ago

छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव–२०८३ सम्पन्न

13 hours ago | Published: June 4, 2026, 11:44 a.m. | Views: 245

आदिवासी जनजाति चलचित्रको प्रवर्द्धन, मौलिक भाषा–संस्कृतिको संरक्षण र समुदायका कथाहरूलाई चलचित्रमार्फत उजागर गर्ने उद्देश्यसहित आयोजित छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव–२०८३ सफलतापूर्वक सम्पन्न भएको छ।
चलचित्र विकास बोर्ड तथा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानसँगको सहकार्यमा चलचित्र महासङ्घद्वारा आयोजित तीन दिने महोत्सवको समापन समारोहमा विभिन्न ११ विधामा उत्कृष्ट चलचित्र, चलचित्रकर्मी तथा कलाकारहरूलाई अवार्ड प्रदान गरिएको छ।
महोत्सवमा प्रदर्शन भएका चलचित्रमध्ये पब्लिक चोइस अवार्ड लिम्बू चलचित्र ‘रीत’ ले प्राप्त गरेको छ भने उत्कृष्ट चलचित्र अवार्ड गुरुङ चलचित्र ‘ङोल्स्यो रामरानी’ लाई प्रदान गरिएको छ। त्यस्तै, उत्कृष्ट निर्देशक, उत्कृष्ट अभिनेता/अभिनेत्री, उत्कृष्ट छायाङ्कन, उत्कृष्ट लघु चलचित्र, उत्कृष्ट वृत्तचित्र, जुरी अवार्ड तथा इन्करेजमेन्ट अवार्डलगायतका विधामा सम्मान तथा पुरस्कार वितरण गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका निमित्त प्रमुख राम मादेनज्यूले विजेता चलचित्रकर्मी तथा कलाकारहरूलाई खादा ओढाई ट्रफी र प्रमाणपत्र प्रदान गर्नुभएको थियो।
काठमाडौँको चाबहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा जेठ १७ गतेदेखि १९ गतेसम्म सञ्चालन भएको महोत्सवमा चलचित्र प्रदर्शनसँगै अन्तरक्रिया, सांस्कृतिक झाँकी प्रदर्शन तथा विभिन्न आदिवासी जनजाति समुदायका परम्परागत खानाका स्टलहरू पनि राखिएका थिए।
महोत्सवमा लिम्बू, नेवारी, गुरुङ, तामाङ, मगर, भुजेल, माझी तथा राजवङ्शी समुदायका कथानक चलचित्र, लघु चलचित्र, वृत्तचित्र तथा एआई जेनेरेटेड वृत्तचित्रहरू प्रदर्शन गरिएका थिए।
यस महोत्सवले आदिवासी जनजाति समुदायका भाषा, इतिहास, भूमि, संस्कृति, पूर्वजहरूको स्मृति र मौलिक पहिचानलाई चलचित्रमार्फत अभिव्यक्त गर्दै नयाँ संवाद, सहकार्य र वैकल्पिक सिनेम्याटिक विमर्शको महत्वपूर्ण आधार निर्माण गरेको छ।
चलचित्र विकास बोर्ड आदिवासी जनजाति समुदायका मौलिक कथा, भाषा, संस्कृति र पहिचान बोकेका चलचित्रहरूको प्रवर्द्धन, संरक्षण र विस्तारमा निरन्तर सहकार्य गर्न प्रतिबद्ध छ।
सम्पूर्ण विजेता चलचित्र, चलचित्रकर्मी, कलाकार तथा आयोजक टिमलाई हार्दिक बधाई तथा शुभकामना।