badapatra


साप्ताहिक स्वदेशी चलचित्रको बक्स अफिस रिपोर्ट – मिति २०८३ कात्तिक २२ गते आइतबार , ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट सिनेपाः@ बक्सअफिस कलेक्सन

4 days, 17 hours ago

अनलाइन सेवा प्रयोगका लागि अनलाइन प्रणालीमा आबद्ध हुने सम्बन्धी सूचना

1 week ago

विज्ञ तथा इच्छुक चलचित्रकर्मीहरूलाई समितिमा आबद्ध हुन आवेदन पेस गर्ने सम्बन्धी सूचना

1 week ago

साप्ताहिक स्वदेशी चलचित्रको बक्स अफिस रिपोर्ट – मिति २०८३ कात्तिक १५ गते आइतबार , ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट सिनेपाः@ बक्सअफिस कलेक्सन

1 week, 4 days ago

चलचित्र “गौथली” लाई हार्दिक बधाई

2 weeks, 1 day ago

चलचित्रकर्मी दक्षता अभिवृद्धि कार्यक्रमहरूमा सहभागिता सम्बन्धी सूचना

9 months, 2 weeks ago | Published: Jan. 28, 2026, 5:42 p.m. | Views: 8875

                                                                               

चलचित्रकर्मी दक्षता अभिवृद्धि वर्ष - २०८२

चलचित्रकर्मी दक्षता अभिवृद्धि कार्यक्रमहरूमा सहभागिता सम्बन्धी सूचना

सूचना प्रकाशित मितिः २०८२/१०/१४

 

चलचित्र विकास बोर्डको चालू आ.व. २०८२/०८३ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार चलचित्रकर्मी दक्षता अभिवृद्धि वर्ष -२०८२ का लागि बोर्डबाट सञ्चालन गरिने देहाय बमोजिमका तालिम/कार्यशाला सञ्चालन गर्न लागिएको हुँदा उक्त तालिम/कार्यशालामा सहभागी हुन ईच्छुक चलचित्रकर्मीहरूले ईच्छुक विधामा बोर्डबाट उपलब्ध गराईएको फारम भरी यो सूचना प्रकाशित भएको मितिले १० दिनभित्र बोर्डको कार्यालय वा इमेल मार्फत् यसै सूचनालाई आधार मानी आवेदन पेश गर्नहुन सम्बन्धित सबैका लागि यो सूचना प्रकाशित गरिएको छ।

·        आवेदन फारम बोर्डको वेवसाईटबाट डाउनलोड गरी ई-मेल ठेगाना fdbnepal@gmail.com मा पठाउन सकिनेछ।

·        पछिल्लो पाँच वर्ष सम्बन्धित विधामा काम गरिरहेको लाई प्राथमिकता हुनेछ।

·        पहिलो दर्ताहुन आएका निवेदनहरूलाई प्राथमिकता दिँदै नियमानुसार छनौट गरी सहभागिता गराईनेछ।

 थप जानकारीका लागि बोर्डमा सम्पर्क गर्न सकिनेछ।(WhatsApp:9868668576)


 तालिम/कार्यशालाहरूः

१. साउण्ड मिक्सिङ्/पोष्ट प्रोडक्सन तालिम,

२. Spot sync sound तालिम,

३. फोटो तथा भिडियो पत्रकार प्रशिक्षण तालिम,

४. ड्रोन प्रशिक्षण तालिम,

५. मेकअप प्रशिक्षण तालिम,

६. AI conference,

७. पौडी तथा घोडाचढी तालिम,

८.  प्रतिलिपी अधिकार, साइबर, मानसिक स्वास्थ्य सम्बन्धी अभिमुखीकरण, तालिम तथा कार्यशाला,

९.   पटकथा लेखन प्रशिक्षण कार्यशाला,

१०.  कलर करेक्सन प्रशिक्षण कार्यशाला,

११. सिनेमेटोग्राफी प्रशिक्षण कार्यशाला ।                   

                                           


       

Downloads:

 चलचित्रकर्मी दक्षता अभिवृद्धि तालिम,कार्यशाला आवेदन फाराम - WORD

 चलचित्रकर्मी दक्षता अभिवृद्धि तालिम,कार्यशाला आवेदन फाराम - PDF