badapatra


साप्ताहिक स्वदेशी चलचित्रको बक्स अफिस रिपोर्ट – मिति २०८३ जेठ २४ गते आइतबार , ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट सिनेपाः@ बक्सअफिस कलेक्सन

2 months, 3 weeks ago

स्वदेशी चलचित्रहरूको साप्ताहिक बक्स अफिस कलेक्सन रिपोर्ट सार्वजनिक गर्ने सम्बन्धी सूचना

2 months, 3 weeks ago

केन्द्रीय चलचित्र जाँच समितिको सूचना

2 months, 4 weeks ago

वृत्तचित्र तथा लघु चलचित्र प्रतियोगिताको नतिजा प्रकाशन

2 months, 4 weeks ago

साप्ताहिक स्वदेशी चलचित्रको बक्स अफिस रिपोर्ट – मिति २०८३ जेठ १६ गते शनिबार, ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट सिनेपाः@ बक्सअफिस कलेक्सन

2 months, 4 weeks ago

'अजर अमर निर्देशक' पुस्तक प्रकाशन सम्बन्धित सूचना

4 months, 3 weeks ago | Published: April 10, 2026, 4:48 p.m. | Views: 4021

'अजर अमर निर्देशक' पुस्तक प्रकाशन सम्बन्धित सूचना


नेपालको चलचित्र क्षेत्रको समृद्ध इतिहास, सृजनात्मक योगदान तथा विशिष्ट व्यक्तित्वहरूको सम्मान, संरक्षण र अभिलेखीकरण गर्ने उद्देश्यले चलचित्र विकास बोर्डद्वारा नेपाली चलचित्र निर्देशन विधामा योगदान पुर्‍याउनु भएका निर्देशकज्यूहरूको अभिलेख संकलन तथा “अजर अमर निर्देशक” ग्रन्थ प्रकाशनसम्बन्धी कार्य अघि बढाइएको छ।

यस क्रममा चलचित्र विकास बोर्डको अभिलेखमा रहेका निर्देशकज्यूहरूको विवरणका आधारमा नामावली संकलन तथा अद्यावधिक गर्ने कार्य भइरहेको व्यहोरा सम्बन्धित सबैमा सादर जानकारी गराइन्छ।

तसर्थ, बोर्डको अभिलेखमा आधारित तयार गरिएको निर्देशकहरूको सूचीमा कुनै निर्देशकज्यूको नामअभिलेखमा छुट्न गएको भएमा वा तथ्यमा फरक पर्न गएमा यो सूचना प्रकाशित भएको मितिले एक हप्ताभित्र चलचित्र विकास बोर्डमा आवश्यक प्रमाण, विवरण तथा सम्बन्धित जानकारीसहित अवगत गराइदिनुहुन सम्बन्धित सबै निर्देशकज्यू, परिवारजन तथा सरोकारवालाहरूमा हार्दिक अनुरोध गरिन्छ।

Whatsapp:सम्पर्क : 9864742874  (WhatsApp)

email: info@film.gov.np




Downloads:

 निर्देशकहरुको नाम PDF