| चलचित्र छात्रवृत्ति सम्बन्धी सूचना (२०७९।५।६ सोमबार, गोरखापत्र दैनिक)
3 years, 10 months ago |
| Call for Young Film Mentors - 3 Day Intensive Training with Children Film Society (27 May, 2022)
4 years, 1 month ago |
| नेपाल राष्ट्रिय एकद्वार प्रणाली मार्फत विद्युतीय माध्यमबाट निवेदन पेश गर्ने सम्बन्धी सूचना (२०७९।२।१०)
4 years, 1 month ago |
| स्टोरी बैंक (कथा संग्रहालय) २०७८ को नतिजा सम्बन्धी सूचना
4 years, 3 months ago |
| स्टोरी बैंक (कथा संग्रहालय) २०७७ को नतिजा सम्बन्धी सूचना
5 years, 2 months ago |
'अजर अमर निर्देशक' पुस्तक प्रकाशन सम्बन्धित सूचना
नेपालको चलचित्र क्षेत्रको समृद्ध इतिहास, सृजनात्मक योगदान तथा विशिष्ट व्यक्तित्वहरूको सम्मान, संरक्षण र अभिलेखीकरण गर्ने उद्देश्यले चलचित्र विकास बोर्डद्वारा नेपाली चलचित्र निर्देशन विधामा योगदान पुर्याउनु भएका निर्देशकज्यूहरूको अभिलेख संकलन तथा “अजर अमर निर्देशक” ग्रन्थ प्रकाशनसम्बन्धी कार्य अघि बढाइएको छ।
यस क्रममा चलचित्र विकास बोर्डको अभिलेखमा रहेका निर्देशकज्यूहरूको विवरणका आधारमा नामावली संकलन तथा अद्यावधिक गर्ने कार्य भइरहेको व्यहोरा सम्बन्धित सबैमा सादर जानकारी गराइन्छ।
तसर्थ, बोर्डको अभिलेखमा आधारित तयार गरिएको निर्देशकहरूको सूचीमा कुनै निर्देशकज्यूको नामअभिलेखमा छुट्न गएको भएमा वा तथ्यमा फरक पर्न गएमा यो सूचना प्रकाशित भएको मितिले एक हप्ताभित्र चलचित्र विकास बोर्डमा आवश्यक प्रमाण, विवरण तथा सम्बन्धित जानकारीसहित अवगत गराइदिनुहुन सम्बन्धित सबै निर्देशकज्यू, परिवारजन तथा सरोकारवालाहरूमा हार्दिक अनुरोध गरिन्छ।
Whatsapp:सम्पर्क : 9864742874 (WhatsApp)
email: info@film.gov.np
