| सामाजिक सञ्जाल प्रयोगसम्बन्धी सार्वजनिक सूचना
2 months, 1 week ago |
| शोक विज्ञप्ति
2 months, 1 week ago |
| साप्ताहिक बक्स अफिस रिपोर्ट – मिति २०८२ पुष २६ गते शनिबार, ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट @सिनेपाः, बक्सअफिस कलेक्सन
2 months, 1 week ago |
| साप्ताहिक बक्स अफिस रिपोर्ट – मिति २०८२ पुष १९ गते शनिबार, ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट @सिनेपाः, बक्सअफिस कलेक्सन
2 months, 2 weeks ago |
| चलचित्र कथा लेखनमा रुचि राख्नेहरूका लागि सुनौलो अवसर!
2 months, 3 weeks ago |
विशेष श्रेणीको चलचित्रकर्मी परिचय पत्र
वितरण सम्बन्धी जानकारी
(मितिः २०८२/१२/११)
चलचित्र
विकास बोर्डबाट प्रदान गरिएको राष्ट्रिय चलचित्र पुरस्कारद्वारा पुरस्कृत हुनुभएका
चलचित्रकर्मीहरुलाई विशेष चलचित्रकर्मी श्रेणीको परिचयपत्र वितरण गरिने भएको हुँदा परिचयपत्र प्राप्त गर्न योग्यता
पुगेका इच्छुक चलचित्रकर्मीहरुले चलचित्र विकास
बोर्डबाट स्वीकृत ढाँचाको आवेदन फाराम भरी बोर्डको कार्यालय वा ई-मेल ठेगाना info@film.gov.np मा आवेदन पेश गर्न "चलचित्रकर्मी परिचय पत्र
वितरण सम्बन्धी कार्यविधि,२०८१" (पहिलो संशोधन) को दफा १९ बमोजिम सम्बन्धित सबैलाई जानकारी गराईन्छ।
शर्तहरूः-
(१) विशेष श्रेणीको चलचित्रकर्मी परिचयपत्रका लागि बोर्डले प्रदान गर्ने
राष्ट्रिय चलचित्र पुरस्कारबाट पुरस्कृत
चलचित्रकर्मीहरुले पुरस्कृत विधा अनुसार आवेदन फाराममा निर्दिष्ट कुनै एक विधामा आवेदन दिन सक्नुहुनेछ।
(२) आवेदन साथ पेश
गर्नुपर्ने कागजातहरुः-
(क) नेपाली नागरिकताको प्रमाणपत्रको
प्रतिलिपि,
(ख) व्यक्तिगत विवरण (बायोडाटा),
(ग) राष्ट्रिय चलचित्र पुरस्कारबाट
पुरस्कृत प्रमाणपत्रको प्रतिलिपि,
(घ) हालसालै खिचिएको पासपोर्ट साइजको रंगिन फोटो दुई
प्रति,
(३) यो जानकारी
चलचित्र विकास बोर्डको सूचना पाटीमा समेत टाँस गरिएको छ।
(४) आवेदन फारfम बोर्डको कार्यालय वा बोर्डको वेवसाईट www.film.gov.np बाट डाउनलोड
गरी प्राप्त गर्न सकिनेछ।
(५) अन्य शर्तहरु “चलचित्रकर्मी परिचय पत्र वितरण सम्बन्धी कार्यविधि, २०८१” बमोजिम हुनेछ।
(६) यस सम्बन्धी सर्वाधिकार चलचित्र विकास बोर्डमा निहित
रहनेछ।
(७) यस सम्बन्धमा थप
कुनै कुराहरु बुझ्नु परेमा चलचित्र विकास बोर्डमा सम्पर्क गर्न सकिनेछ।
सम्पर्क
नम्बरः ४८१२३३२, ईमेलः info@film.gov.np