| Notice: Regarding Cinepa@ Box Office
None |
| नेपाली सेना लघु चलचित्र प्रतियोगिता–२०८२ सम्बन्धमा जानकारी
4 months ago |
| प्रस्ताव आह्वान सम्बन्धी सूचना
5 months, 4 weeks ago |
| चलचित्र विकास शुल्क, बक्यौता तथा जरिवाना दाखिला सम्बन्धी सूचना
6 months, 1 week ago |
| चलचित्र छात्रवृत्ति सम्बन्धी सूचना (२०८२।०४।१८ आईतबार, गोरखापत्र दैनिक)
6 months, 2 weeks ago |
नेपाल सरकार
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय
चलचित्र विकास बोर्ड
चावहिल, काठमाडौं ।
स्वदेशी चलचित्रको डिजिटाइजेशन कार्यमा आबद्ध हुन आवेदन पेश गर्ने
सम्बन्धी सूचना
प्रकाशन मितिः २०८२/०९/१५
सेल्युलाईड प्रविधिमा
निर्माण भएका स्वदेशी चलचित्रलाई डिजिटल स्वरुपमा रुपान्तरण गरी सोको संरक्षण र सम्बर्द्धन गर्न ईच्छुक चलचित्र
निर्माता वा अधिकार प्राप्त व्यक्तिको लागि यो सूचना प्रकाशित भएको
मितिले २१ दिनभित्र बोर्डले तोकेको ढाँचामा आवेदन पेश गर्नु हुन यो सूचना प्रकाशित
गरिएको छ। डिजिटाइजेशन प्रक्रियामा सहभागीताको
शर्त र आवेदनको ढाँचा बोर्डको वेव साईट www.film.gov.np र बोर्डको सूचना पाटीमा उपलब्ध छ।
डिजिटाइजेशन प्रक्रियामा
सहभागीताको शर्त, चलचित्रको विषयवस्तु, पेश गर्नुपर्ने कागजात र
आवेदनको ढाँचा
१. देहायका विषयवस्तुमा
आधारित भएको चलचित्र।
(क) साहित्य विधाका प्रख्यात कृतिमा एवम् विद्यालय वा विश्वविद्यालयको पाठ्यक्रममा समावेश भएका कृतिमा आधारित भई
निर्माण भएका,
(ख) साँस्कृतिक एवं शासकीय रुपान्तरण गर्ने प्रकृतिका र राजनीतिक आन्दोलनमा सशक्त भूमिका निर्वाह गरेका तथा यथार्थपरक घटनाक्रममा
आधारित रही निर्माण भएका,
(ग) कुनै विशेष प्रविधिबाट निर्माण भएका,
(घ) आदिवासी जनजातीको विषयमा सकारात्मक भावमा वा नेपालमा बोलिने
मातृभाषा (राष्ट्रभाषा) मा निर्माण भएका,
(ङ) कला, संस्कृति, भाषा, रहनसहन, धर्म, जातीय परम्परा, रीतिरिवाज वा भूगोल विशेषमा केन्द्रित रही निर्माण भएका,
(च) व्यावसायिक रुपमा सफल र सर्वाधिक लोकप्रिय रहेका,
(छ) राष्ट्रिय तथा
अन्तर्राष्ट्रिय रुपमा सफल प्रदर्शन भएका र अन्तर्राष्ट्रियस्तरमा नेपालको
चिनारीमा सहयोग पुर्याएका
2. सहभागीताको शर्त
(क) चलचित्र निर्माता नेपाली नागरिक
हुनुपर्ने,
(ख) चलचित्र नेपाली भाषामा वा नेपालमा बोलिने मातृभाषा
(राष्ट्रभाषा)मा निर्माण भएको हुनु पर्ने,
(ग) सेल्युलाईड प्रविधिमा निर्माण
भएको कथानक चलचित्र हुनु पर्ने,
(घ) सहभागी हुने चलचित्र यस अघि
डिजिटाइजेशन नगरिएको हुनु पर्ने,
(ङ) चलचित्र दफा ६ बमोजिमको विषयवस्तुमा
आधारित रही निर्माण भएको हुनु पर्ने,
(च) अनुसूची-२ बमोजिमको
स्वःघोषणा गर्नु पर्ने ।
३. पेश गर्नुपर्ने कागजात।
क. नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि।
ख. चलचित्र जाँचपास
प्रमाणपत्र।