चलचित्र सम्बन्धी अध्ययन, अनुसन्धान एवं विद्वत्वृत्तिका लागि प्रोत्साहन गर्न यस बोर्डबाट प्रदान गरिने छात्रवृत्तिका लागि सम्बन्धित विषयमा अध्ययनरत योग्य नेपाली विद्यार्थी, अनुसन्धाता तथा शोधकर्ताबाट तोकिएका प्रमाण र कागजातहरूसहित छात्रवृत्तिका लागि आवेदन पेश गर्नुहुन सम्बन्धित सबैका लागि यो सूचना प्रकाशित गरिएको छ ।
१. विद्यावारिधि शोधवृत्तिः चलचित्र सम्बन्धी विषयमा विद्यावारिधि गर्दै गरेका – २ जना
२. दर्शनाचार्य शोधवृत्तिः चलचित्र सम्बन्धी विषयमा दर्शनाचार्य गर्दै गरेका – २ जना
३. स्नातकोत्तर छात्रवृत्तिः
(क) चलचित्र सम्बन्धी शोधकार्य गर्ने – २ जना
(ख) चलचित्र सम्बन्धी ऐच्छिक पत्र लिने तथा शोधपत्रसमेत लेख्ने विद्यार्थी – २ जना
४. स्नातक छात्रवृत्तिः चलचित्र सम्बन्धी मूल विषय लिएर स्नातक तह अध्ययनरत जम्मा १० (दश) जनाको लागि,
– खुलातर्फः ५ (पाँच) जना
– आरक्षणतर्फः ५ (पाँच) जना
(क) मधेशी, दलित र जनजातितर्फ– ३ (तीन) जना,
(ख) महिलातर्फ– २ (दुई) जना
५.लघु पाठ्यक्रमः
– चलचित्र सम्बन्धी मूल विषय लिएर लघु पाठ्यक्रम अध्ययनरत विद्यार्थीहरू – २ जना
सम्बन्धित आवेदकहरूले प्रथम पटक सूचना प्रकाशित भएको मितिले ३० (तीस) दिनभित्र (दरखास्त दिने अन्तिम मितिः २०७८ भदाै २९ गतेभित्र / Application Deadline: 14th September, 2021) बोर्डको कार्यालयमा वा इमेल ठेगाना nepalfilmscholarship@gmail.com मार्फत् अनलाइन आवेदन दर्ता गराइसक्नु पर्नेछ ।
इमेल मार्फत् फारम भरी पठाउँदा पालना गर्नुपर्ने विधिः,
दरखास्त फारम डाउनलाेड गर्न तलको लिंक प्रयाेग गरी डाउनलोड गर्नुहोस्ः
1. Word Application form Bachelor and Short-Term Course Format: MsWord, Font: Preeti
PDF Application form Bachelor and Short-Term Course Format: PDF
2. Word Application form Masters MPhil PHD Course Format: MsWord, Font:Preeti
PDF Application form Masters MPhil PHD Course Format: PDF
दरखास्त फारम साथ संलग्न गर्नुपर्ने कागजातहरूः
– रू. १०।– (दश) को हुलाक टिकट सहितको आवेदन फारम,
– नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,
– शैक्षिक योग्यताको प्रमाणपत्रका प्रतिलिपिहरू,
– छात्रवृत्तिका लागि स्थानीय निकाय, शैक्षिक संस्था, वा अन्य कुनै निकायले सिफारिस गरेको भए सोको प्रतिलिपि,
– महिला, मधेशी, अपाङ्ग, दलित, जनजाति तथा सहिद परिवार हकमा सम्बन्धित निकाय वा आयोगको सिफारिस पत्र / प्रमाण पत्र ।
– स्नातकोत्तर, दर्शनाचार्य, वा विद्यावारिधि तहको हकमा स्वीकृत शोध प्रस्तावको प्रतिलिपि ।
– साथै छात्रवृत्तिका लागि सहयोग गर्ने सिफारिस लगायतका अन्य कागजातहरू ।
अन्य थप जानकारीको लागि चलचित्र विकास बोर्डको इमेल nepalfilmscholarship@gmail.com वा ०१४८१२३३२ मा सम्पर्क गर्न सकिनेछ ।
To download Preeti Font click here.
Scholarship Application form Masters MPhil PHD Course 2078 Ms-Word
Scholarship Application form Bachelor and Short-Term Course 2078 ms-WORD
Scholarship Application form Bachelor and Short-Term Course 2078 pdf
Scholarship Application form Masters MPhil PHD Course 2078 pdf