badapatra


स्टोरी बैंकमा चलचित्रको कथा,पटकथा र संवाद सहितको स्कृप्ट पेश गर्ने सूचनाको म्याद थप सम्बन्धी सूचना ( २०७९।७।३ )

3 years, 1 month ago

आदिवासी जनजाती मातृभाषी चलचित्र प्रवर्द्धन कार्यक्रम प्रस्ताव सम्बन्धी सूचना (२०७९।०६।३१)

3 years, 1 month ago

स्टोरी बैंकमा चलचित्रको कथा,पटकथा र संवाद सहितको स्कृप्ट सम्बन्धी सूचना (प्रथम पटक प्रकाशित मितिः २०७९।५।३०, कान्तिपुर दैनिक, पृष्ठ १२)

3 years, 2 months ago

चलचित्र जाँचका लागि सिफारिस, चलचित्र प्रदर्शन गर्ने समय र इजाजतपत्रवालाले पालना गर्नुपर्ने शर्तहरु सम्बन्धी सूचना (२०७९।५।३०, कान्तिपुर दैनिक, पृष्ठ १०)

3 years, 2 months ago

चलचित्र प्रदर्शक (चलचित्रघर)का लागि अत्यन्त जरुरी सूचना (२०७९।१।१३)

3 years, 6 months ago

वृत्तचित्र तथा लघु चलचित्र प्रतियोगिता सम्बन्धी सूचना

2 days, 1 hour ago | Published: Nov. 17, 2025, 11:41 a.m. | Views: 699

वृत्तचित्र तथा लघु चलचित्र प्रतियोगिता सम्बन्धी सूचना

(प्रथम पटक प्रकाशित मितिः २०८२/०८/०१)

कला, संस्कृति, भाषा, साहित्यको संरक्षण, सुशासन प्रवर्द्धन, पर्यटनको विकास एवं चलचित्र पर्यटन तथा सामाजिक रुपान्तरण गर्ने उद्देश्यले स्वदेशमा सिर्जनात्मक अवसर, उत्प्रेरणा एवं जागरणका लागि शिक्षामूलक, सन्देशमूलक र सचेतनामूलक वृत्तचित्र तथा लघु चलचित्र निर्माणलाई प्रोत्साहन गर्ने कार्यक्रम रहेको हुँदा चलचित्र विकास बोर्डबाट स्वीकृत ढाँचाको आवेदन फाराम भरी यो सूचना प्रकाशित भएको मितिले ७५ (पचहत्तर) दिनभित्र बोर्डको कार्यालयमा आवेदन पेश गर्नुहुन "वृत्तचित्र तथा लघु चलचित्र प्रतियोगिता सम्बन्धी कार्यविधि,२०८२" को दफा बमोजिम सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।सूचना सम्बन्धी विस्तृत विवरण बोर्डको सूचना पाटी वेवसाइट www.film.gov.np मा हेर्न सकिनेछ।

वृत्तचित्र तथा लघु चलचित्र निर्माणका विधा, सहभागिताका शर्त, पेश गर्नुपर्ने कागजातहरुः

वृतचित्र तथा लघु चलचित्र निर्माणका विधाः

(१)          वृत्तचित्र निर्माणका विधाः

(क)  नेपालमा रहेका उत्कृष्ट चलचित्र छायाङ्कन गन्तव्यको पहिचान, विकास र चलचित्र पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने,

(ख)  नेपालको पर्यटन प्रवर्द्धन र सोको सम्भावनालाई अन्तर्राष्ट्रियस्तरमा प्रचार प्रसारमा सहयोग    पुग्ने,

(ग) कला, संस्कृति, भाषा, साहित्यको संरक्षण, प्रवर्द्धन एवं विकासमा सहयोग पुग्ने।

(२) लघु चलचित्र निर्माणका विधाः

(क) शिक्षा, स्वास्थ्य, सञ्चार, कृषि, पर्यटन, प्रविधि लगायतका विषयमा स्वदेश भित्र                        सकारात्मक सन्देश, सचेतना, जागरण एवं उत्प्रेरणा जगाउने,

(ख)   स्वदेश भित्र रही ज्ञान, सीप, श्रम, स्रोत साधनको उचित सदुपयोग गरी लाभ हासिल गर्न सकिने शिक्षा एवं सन्देश प्रवाह गराउने,

(ग)    कला, संस्कृति, भाषा, साहित्यको संरक्षण,सुशासन प्रवर्द्धन एवं विकासमा सहयोग पुग्ने।

पेश गर्नुपर्ने कागजातहरुः

      व्यक्तिको हकमा

(१)              अनुसूची-१ अनुसारको पूर्ण रुपमा भरिएको आवेदन फाराम,

(२)           "वृत्तचित्र तथा लघु चलचित्र प्रतियोगिता सम्बन्धी कार्यविधि, २०८२" को अनुसूची-२ बमोजिमको मन्जुरीनामा फाराम भरी पेश गर्नुपर्ने,

(३)              निर्माताको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,

(४)              स्थायी लेखा नम्बर दर्ता प्रमाणपत्रको प्रतिलिपि,

     

संस्थाको हकमा

(१)              अनुसूची-१ अनुसारको पूर्ण रुपमा भरिएको आवेदन फाराम,

(२)            "वृत्तचित्र तथा लघु चलचित्र प्रतियोगिता सम्बन्धी कार्यविधि, २०८२" को अनुसूची-२ बमोजिमको मन्जुरीनामा फाराम भरी पेश गर्नुपर्ने।

(३)              निर्माताको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,

(४)              चलचित्र निर्माण गर्न दिइने इजाजतपत्रको प्रतिलिपि,

(५)   संस्था दर्ता सम्बन्धी कागजात र सोको नवीकरण वा अघिल्लो आ.व. सम्मको कम्पनी अद्यावधिक गरेको प्रमाणपत्रको प्रतिलिपि,

(६)   स्थायी लेखा नम्बर दर्ता र अघिल्लो आ.व. को करचुक्ता प्रमाणपत्रको प्रतिलिपि।

       सहभागिताका शर्तहरु

(१)   वृत्तचित्र तथा लघु चलचित्र राष्ट्रिय भाषामा निर्माण भएको हुनुपर्नेछ तर अन्य राष्ट्र भाषामा निर्माण भएका वृत्तचित्र तथा लघु चलचित्र     समेत सहभागी हुने पाउनेछन्।

(२)   प्रतिस्पर्धामा सहभागी हुन चाहने वृत्तचित्र तथा लघु चलचित्र राष्ट्रिय वा अन्तर्राष्ट्रिय कुनै पनि प्रतिस्पर्धामा सहभागी भएको हुनु नहुने,

(३)   सहभागी हुने लघु चलचित्र बोर्डको कथा संग्रहालय (स्टोरी बैंक) कार्यक्रममा सहभागी भई  सहयोग प्राप्त भएको वा सहयोग प्राप्त गर्ने क्रममा रहेको हुनु नहुने,

(४)   वृत्तचित्र तथा लघु चलचित्र कम्तीमा पाँच मिनेट र बढीमा साठी मिनेट समयावधिको हुनुपर्ने,   

(५)   वृत्तचित्र तथा लघु चलचित्र कम्तीमा 2K प्रविधिमा निर्माण गरिएको हुनुपर्ने,

(६)   वृत्तचित्र तथा लघु चलचित्रको Online Link  वा DCP  एक प्रति,

(७)   तोकिएको अवधिभन्दा पछि प्राप्त हुने आवेदन उपर कुनै पनि कारबाही गरिने छैन।      

(८)       यो सूचना चलचित्र विकास बोर्डको वेवसाईट www.film.gov.np मा र बोर्डको सूचना पाटीमा समेत हेर्न सकिनेछ।

(९)       आवेदन फारfम तथा मञ्जुरीनामा फाराम बोर्डको कार्यालय वा बोर्डको वेवसाईट www.film.gov.np बाट डाउनलोड गरी प्राप्त गर्न  सकिनेछ।

(१०)    अन्य शर्तहरु "वृत्तचित्र तथा लघु चलचित्र प्रतियोगिता सम्बन्धी कार्यविधि, २०८२" बमोजिम हुनेछ।

(११)    यस सम्बन्धी सर्वाधिकार चलचित्र विकास बोर्डमा निहित रहनेछ।

(१२)    यस सम्बन्धमा थप कुराहरु बुझ्नु परेमा चलचित्र विकास बोर्डमा सम्पर्क गर्न सकिनेछ।

 

नोटः प्रतियोगितामा उत्कृष्ट हुने वृत्तचित्र तथा लघु चलचित्रलाई नगद राशी सहित प्रोत्साहन गरिनेछ।

 

सम्पर्क नम्बरः ४८१२३३२ , ईमेलः info@film.gov.np

 

Downloads:

 वृत्तचित्र तथा लघु चलचित्र प्रतियोगिता आवेदन फारम.pdf

 वृत्तचित्र तथा लघु चलचित्र प्रतियोगिता मञ्जुरीनामा फाराम.pdf

 वृत्तचित्र तथा लघु चलचित्र प्रतियोगिता आवेदन फारम WORD

 वृत्तचित्र तथा लघु चलचित्र प्रतियोगिता मञ्जुरीनामा फाराम WORD