| चलचित्र विकास बोर्डको आयोजनामा पौडी तालिम सञ्चालन हुने
3 months, 2 weeks ago |
| चलचित्र विकास बोर्डको आयोजनामा भ्वाइस एक्टिङ तथा डबिङ तालिम सञ्चालन हुने
3 months, 2 weeks ago |
| अन्तर्राष्ट्रिय नारी दिवस विशेष कार्यक्रमको मिति परिवर्तन सम्बन्धी सूचना
3 months, 2 weeks ago |
| ७९औँ कान्स फिल्म फेस्टिभलमा नेपालको सहभागिता तथा नेपाली चलचित्रकर्मीहरूका लागि सूचना
3 months, 2 weeks ago |
| चलचित्रकर्मी परिचय पत्र वितरण सम्बन्धी जानकारी
3 months, 2 weeks ago |
चलचित्र विकास बोर्डको २५औं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न भएको छ। नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका माननीय मन्त्री पृथ्वी सुब्बा गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा बोर्डका अध्यक्ष दिनेश डिसी, सदस्य–सचिव राजेश कुमार थापा, बोर्ड सदस्य सन्तोष बाबु लोहनी, बिरेन्द्र प्रसाद भट्ट, मन्त्रालयका उच्च अधिकारी, चलचित्रकर्मी, निर्माता, निर्देशक, कलाकार तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा नेपालकै पहिलो नेपाली भाषाको चलचित्र ‘आमा’ को पोस्टर समावेश गरिएको डाक टिकट विमोचन गरिएको थियो। साथै, चलचित्र विकास बोर्डले सञ्चालनमा ल्याएको नयाँ मोबाइल एप ‘Box Office @ Cinepa’ र अनलाइन सेवा पोर्टल https://onlineservices.film.gov.np सार्वजनिक गरिएको छ। बक्स अफिस प्रणालीमार्फत संकलित तथ्यांकको आधारमा विगत २५ वर्षमा सबैभन्दा बढी व्यापारिक सफलता प्राप्त गरेका २५ नेपाली चलचित्रका निर्माता तथा निर्देशकहरूलाई सम्मान गरिएको थियो। चलचित्र विकास बोर्डले आगामी दिनमा पनि चलचित्र क्षेत्रको दिगो विकास, डिजिटल प्रणालीको प्रवर्द्धन, अनलाइन सेवा विस्तार, अनुसन्धान तथा ऐतिहासिक दस्तावेज संरक्षणमा केन्द्रित हुँदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ।