badapatra


बाल चलचित्र निर्माण प्रशिक्षण कार्यशालामा सहभागिता सम्बन्धी सूचना

1 year, 5 months ago | Published: May 15, 2025, 11:24 a.m. | Views: 15812

 नेपाल सरकार

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय

चलचित्र विकास बोर्ड

चाबहिल,काठमाडौ। 

 

  बाल चलचित्र निर्माण प्रशिक्षण कार्यशालामा सहभागिता सम्बन्धी सूचना

सूचना प्रकाशित मितिः २०८२/०२/०१

 

  नेपाली चलचित्रको विकास¸विस्तार र प्रवर्द्धन¸चलचित्र साक्षरता अभिवृद्धि¸ दक्ष चलचित्रकर्मी उत्पादन एवं बालबालिकालाई आफ्ना कथा भन्ने र हेर्ने वातावरण सिर्जना गर्नका लागि चलचित्र विकास बोर्डबाट कोशी प्रदेशको ईलाम जिल्लामा यही मिति २०८२/०२/०४ देखि ०८ गते सम्म ५ (पाँच) दिन ईलाम जिल्लामा रहेका विभिन्न विद्यालय/बाल क्लब/बाल समुदायबाट समावेशी प्रतिनिधित्व हुने गरी बाल चलचित्र निर्माण प्रशिक्षण कार्यशाला सञ्चालन गर्न लागिएको हुँदा सहभागी हुन ईच्छुक कक्षा ७ देखि ९ सम्म अध्ययनरत १५ वर्ष मूनिका बालबालिकाहरूले बोर्डबाट उपलब्ध गराईएको फारम भरी यो सूचना प्रकाशित भएको मितिले ३ दिनभित्र बोर्डको कार्यालय वा इमेल मार्फत् यसै सूचनालाई आधार मानी अनलाईन वा प्रत्यक्ष आवेदन पेश गर्नहुन सम्बन्धित सबैका लागि यो सूचना प्रकाशित गरिएको छ।

आवेदन फारम बोर्डको वेवसाईटबाट डाउनलोड गरी ई-मेल ठेगाना info@film.gov.np मा पठाउन सकिनेछ।पहिलो दर्ताहुन आएका निवेदनहरूलाई पहिलो प्राथमिकता दिईनेछ।कार्यशालामा बढीमा ३० जनालाई सहभागिता गराईनेछ।थप जानकारीका लागि बोर्डमा सम्पर्क गर्न सकिनेछ।

Downloads:

 बाल चलचित्र प्रशिक्षण सहभागिता फारम MSWORD

 बाल चलचित्र प्रशिक्षण सहभागिता फारम PDF