| निर्देशकहरूको नामावली तथा चलचित्र पोस्टर विवरण उपलब्ध गराउने सम्बन्धी सूचना
2 months, 1 week ago |
| साप्ताहिक स्वदेशी चलचित्रको बक्स अफिस रिपोर्ट – मिति २०८२ फागुन ३० गते शनिबार, ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट सिनेपाः@ बक्सअफिस कलेक्सन
2 months, 1 week ago |
| चलचित्र विकास बोर्डको आयोजनामा पौडी तालिम सञ्चालन हुने
2 months, 2 weeks ago |
| चलचित्र विकास बोर्डको आयोजनामा भ्वाइस एक्टिङ तथा डबिङ तालिम सञ्चालन हुने
2 months, 2 weeks ago |
| अन्तर्राष्ट्रिय नारी दिवस विशेष कार्यक्रमको मिति परिवर्तन सम्बन्धी सूचना
2 months, 2 weeks ago |
नेपाल सरकार
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय
चलचित्र विकास बोर्ड
सरस्वतीनगर,चावहिल,काठमाण्डौं
मोफसलमा बन्ने चलचित्रलाई प्रोत्साहन सम्बन्धी सूचना
(पुन: प्रकाशित मितिः२०८१/०८/१०)
मोफसलका यथार्थपरक, मौलिक र उत्कृष्ट कथामा चलचित्र निर्माण गरी देशको कला,साहित्य, संस्कृति, राजनीति र इतिहासको उत्खनन् र नेपाली चलचित्रको विकास, विस्तार, प्रवर्द्धन गर्न तथा स्थानीय स्रष्टा, सर्जक तथा चलचित्रकर्मीलाई प्रोत्साहनका लागि चलचित्रको पोष्ट
प्रोडक्शन तथा प्रदर्शनमा प्रोत्साहन गर्ने कार्यक्रम रहेको हुँदा चलचित्र विकास
बोर्डबाट स्वीकृत ढाँचाको आवेदन फारम भरी यो सूचना प्रकाशित भएको मितिले २१
(एक्काईस) दिनभित्र बोर्डको कार्यालयमा आवेदन पेश गर्नुहुन "मोफसलमा बन्ने
चलचित्रलाई प्रोत्साहन सम्बन्धी कार्यविधि,२०८१" को दफा ३ को उपदफा (४)
बमोजिम सम्बन्धित सबैको जानकारीका लागि यो सूचना पुन:प्रकिशत गरिएको छ।
शर्त एवं पेश गर्नुपर्ने कागजातहरुः-
(१) चलचित्रको विषयवस्तु, पात्र, द्वन्द्व, घटना, उद्देश्य सहितको पूर्ण कथासार र सोको सफ्टकपी।
(२) चलचित्र निर्माणको कार्ययोजना र सोको सफ्टकपी।
(३) निर्माताको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,
(४) कम्पनी वा संस्था दर्ता प्रमाणपत्र र स्थायी लेखा नम्बर दर्ता प्रमाण पत्रको प्रतिलिपि।
(५) कम्पनी वा संस्थाको अघिल्लो आ.व.सम्मको करचुक्ता प्रमाणपत्र र कम्पनी अद्यावधिक प्रमाणपत्रको प्रतिलिपि।
(६) निर्माता, निर्देशक, छायाँकार र मुख्य कलाकारको व्यक्तिगत विवरण (बायोडाटा)।
(७) चलचित्र निर्देशकको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि।
(८) चलचित्रमा संलग्न कलाकार तथा प्राविधिकको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि।
(९) "मोफसलमा बन्ने चलचित्रलाई प्रोत्साहन सम्बन्धी कार्यविधि,२०८१" को अनुसूची -२ बमोजिमको ढाँचामा मञ्जुरीनामा सहितको प्रतिवद्धता पेश गर्नु पर्नेछ।
(९) तोकिएको अवधिभन्दा पछि प्राप्त हुने आवेदन उपर कुनै पनि कारबाही गरिने छैन।
(१०) यो सूचना चलचित्र विकास बोर्डको वेवसाईट www.film.gov.np मा र बोर्डको सूचना पाटीमा समेत हेर्न सकिनेछ।
(११) आवेदन फारfम बोर्डको कार्यालय वा बोर्डको वेवसाईट www.film.gov.np बाट डाउनलोड गरी प्राप्त गर्न सकिनेछ।
(१२) अन्य शर्तहरु “मोफसलमा बन्ने चलचित्रलाई प्रोत्साहन गर्ने सम्बन्धी कार्यविधि,२०८१" बमोजिम हुनेछ।
(१३) यस सम्बन्धी सर्वाधिकार चलचित्र विकास बोर्डमा निहित रहनेछ।
(१४) यस सम्बन्धमा थप कुराहरु बुझ्नु परेमा चलचित्र विकास बोर्डमा सम्पर्क गर्न सकिनेछ।
सम्पर्क नम्बरः ४८१२३३८७, ईमेलः fdbnepal@gmail.com