| सामाजिक सञ्जाल प्रयोगसम्बन्धी सार्वजनिक सूचना
4 months, 2 weeks ago |
| शोक विज्ञप्ति
4 months, 3 weeks ago |
| साप्ताहिक बक्स अफिस रिपोर्ट – मिति २०८२ पुष २६ गते शनिबार, ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट @सिनेपाः, बक्सअफिस कलेक्सन
4 months, 3 weeks ago |
| साप्ताहिक बक्स अफिस रिपोर्ट – मिति २०८२ पुष १९ गते शनिबार, ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट @सिनेपाः, बक्सअफिस कलेक्सन
4 months, 4 weeks ago |
| चलचित्र कथा लेखनमा रुचि राख्नेहरूका लागि सुनौलो अवसर!
5 months ago |
नेपाल सरकार
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय
चलचित्र विकास बोर्ड
नेपाली चलचित्र तथा चलचित्रका मुख्य
अंशहरूको पाईरेसी सम्बन्धमा जारी सूचना
हाल
नेपालमा प्रदर्शनरत नेपाली चलचित्रहरूको मुख्य -मुख्य अंशहरूको भिडियो सामाजिक
सञ्जाल भरी व्याप्त भईरहेको सम्बन्धमा बोर्डको ध्यानाकर्षण भएको छ।यसरी चलचित्रको
मुख्य अंशहरूको अनाधिकृत दुरूपयोगबाट चलचित्रका निर्माताहरूको लगानी तथा यसमा
सम्बद्ध सम्पूर्णको मेहनत डुब्न जाने अवस्था रहन जान्छ।अर्काको सिर्जना तथा
सम्पतिको गैर कानुनीरूपमा विभिन्न डिजिटल माध्यमहरूमा अपलोड गर्नु कानुनीरूपमा
दण्डनीय
अपराध हो र यदि कसैले यसो गरेको पाईएमा प्रतिलिपि अधिकार ऐन,२०५९
र नियमावली,२०६१ अनुसार त्यस्तो काममा प्रयोग
गरिएका उपकरण जफत हुनुका साथै तपाईँले दण्ड, जरिवाना
र क्षतिपूर्ति समेत व्यहोर्नुपर्ने हुन्छ।त्यसैले चलचित्रघर
भित्र मोबाईल क्यामेरा लगायत कुनै पनि किसिमका भिडियो खिच्ने सामाग्रीहरूको प्रयोग
नगर्नु, नगराउनुहुन
सम्बन्धित सबैमा सूचित गरिन्छ।
चलचित्र तथा चलचित्रजन्य सिर्जनाहरूको अनाधिकृत रूपमा
कहिल्यै प्रयोग नगरौँ, दण्ड,जरिवाना
र क्षतिपूर्तिबाट बचौँ।