badapatra


साप्ताहिक स्वदेशी चलचित्रको बक्स अफिस रिपोर्ट – मिति २०८३ भदौ १४ गते आइतबार , ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट सिनेपाः@ बक्सअफिस कलेक्सन

6 days, 9 hours ago

साप्ताहिक स्वदेशी चलचित्रको बक्स अफिस रिपोर्ट – मिति २०८३ भदौ ७ गते आइतबार , ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट सिनेपाः@ बक्सअफिस कलेक्सन

1 week, 6 days ago

९९औँ एकेडेमी अवार्ड (ओस्कार) को "इन्टरनेसनल फिचर फिल्म" विधाका लागि नेपाली चलचित्र आवेदन खुला सम्बन्धी जानकारी।

2 weeks, 4 days ago

साप्ताहिक स्वदेशी चलचित्रको बक्स अफिस रिपोर्ट – मिति २०८३ श्रावण ३१ गते आइतबार , ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट सिनेपाः@ बक्सअफिस कलेक्सन

2 weeks, 6 days ago

साप्ताहिक स्वदेशी चलचित्रको बक्स अफिस रिपोर्ट – मिति २०८३ श्रावण २४ गते आइतबार , ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट सिनेपाः@ बक्सअफिस कलेक्सन

3 weeks, 6 days ago

नेपाली चलचित्र तथा चलचित्रका मुख्य अंशहरूको पाईरेसी सम्बन्धमा जारी सूचना

None | Published: None | Views: 22120

 

नेपाल सरकार

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय

चलचित्र विकास बोर्ड

 

नेपाली चलचित्र तथा चलचित्रका मुख्य अंशहरूको पाईरेसी सम्बन्धमा जारी सूचना

  हाल नेपालमा प्रदर्शनरत नेपाली चलचित्रहरूको मुख्य -मुख्य अंशहरूको भिडियो सामाजिक सञ्जाल भरी व्याप्त भईरहेको सम्बन्धमा बोर्डको ध्यानाकर्षण भएको छ।यसरी चलचित्रको मुख्य अंशहरूको अनाधिकृत दुरूपयोगबाट चलचित्रका निर्माताहरूको लगानी तथा यसमा सम्बद्ध सम्पूर्णको मेहनत डुब्न जाने अवस्था रहन जान्छ।अर्काको सिर्जना तथा सम्पतिको गैर कानुनीरूपमा विभिन्न डिजिटल माध्यमहरूमा अपलोड गर्नु कानुनीरूपमा  दण्डनीय अपराध हो र यदि कसैले यसो गरेको पाईएमा प्रतिलिपि अधिकार ऐन,२०५९ र नियमावली,२०६१ अनुसार त्यस्तो काममा प्रयोग गरिएका उपकरण जफत हुनुका साथै तपाईँले दण्ड, जरिवाना र क्षतिपूर्ति समेत व्यहोर्नुपर्ने हुन्छ।त्यसैले  चलचित्रघर भित्र मोबाईल क्यामेरा लगायत कुनै पनि किसिमका भिडियो खिच्ने सामाग्रीहरूको प्रयोग नगर्नु, नगराउनुहुन सम्बन्धित सबैमा सूचित गरिन्छ।

चलचित्र तथा चलचित्रजन्य सिर्जनाहरूको अनाधिकृत रूपमा कहिल्यै प्रयोग नगरौँ, दण्ड,जरिवाना र क्षतिपूर्तिबाट बचौँ।