badapatra


बक्स अफिस व्यवस्थापन प्रणालीमा आवश्यक मर्मत तथा प्रणाली स्तर उन्नती (Upgradation) कार्यको कारणले आज राति बक्स अफिस प्रणालीको सेवा अवरुद्ध हुनसक्ने सुचना ।

8 months ago

साप्ताहिक बक्स अफिस रिपोर्ट – मिति २०८२ कार्तिक २९ गते शनिबार, ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट @सिनेपाः, कलेक्सन

8 months, 1 week ago

वृत्तचित्र तथा लघु चलचित्र प्रतियोगिता सम्बन्धी सूचना

8 months, 1 week ago

प्रस्ताव आह्वान सम्बन्धी सूचना

8 months, 2 weeks ago

साप्ताहिक बक्स अफिस रिपोर्ट – मिति २०८२ कार्तिक २२ गते शनिबार, ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट @सिनेपाः, कलेक्सन

8 months, 2 weeks ago

कथा संग्रहालय (स्टोरी बैंक) मा चलचित्रको कथा, पटकथा र संवाद सहितको स्क्रिप्ट संकलन सम्बन्धी सूचना

None | Published: None | Views: 21690

कथा संग्रहालय (स्टोरी बैंक) मा चलचित्रको कथा, पटकथा र संवाद सहितको स्क्रिप्ट संकलन सम्बन्धी सूचना

(पुनः प्रकाशित मितिः २०८१/०६/१५)

यथार्थपरक, सिर्जनात्मक एवं मौलिक कथा, पटकथा, संवादको माध्यमबाट चलचित्रलाई सबल, सशक्त, गुणस्तरीय बनाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा नेपाली चलचित्रको विकास, विस्तार, प्रवर्द्धन र सम्वर्द्धन गर्न उत्कृष्ट स्क्रिप्टको छनोट गरी स्क्रिप्टका लेखकलाई प्रोत्साहन तथा चलचित्र निर्माणमा सहकार्य/सहयोग गर्ने कार्यक्रम रहेको हुँदा यस बोर्डबाट स्वीकृत ढाँचाको आवेदन फाराम भरी यो सूचना प्रकाशित भएको मितिले ३० (तीस) दिनभित्र बोर्डको कार्यालय वा ई-मेल ठेगाना storybankfdb@gmail.com मा कथा, पटकथा र संवाद सहितको स्क्रिप्ट पेश गर्न कथा संग्रहालय (स्टोरी बैंक) सम्बन्धी कार्यविधि,२०८१ को दफा ३ बमोजिम सम्बन्धित सबैको जानकारीका लागि पुनः यो सूचना प्रकाशित गरिएको छ।सूचना सम्बन्धी विस्तृत विवरण बोर्डको सूचना पाटी र वेवसाइट www.film.gov.np मा हेर्न सकिनेछ।

सहभागिताका शर्तहरूः-

(१)       स्क्रिप्ट लेखक नेपाली नागरिक हुनु पर्नेछ।

(२)       स्क्रिप्ट राष्ट्र भाषा वा नेपाली देवनागरी लिपिमा लेखिएको हुनुपर्नेछ।चलचित्रको नाम/शीर्षक समेत राष्ट्र भाषा वा     नेपालीमा राखिएको हुनु पर्नेछ।

 (३)      स्क्रिप्ट लघु वा कथानक चलचित्र हुनु पर्नेछ।

 (४)      चलचित्रको स्क्रिप्ट प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयमा दर्ता गरी सोको प्रमाण पुष्टि हुने        कागजात पेश गर्नु पर्नेछ।

 (५)      स्क्रिप्ट लेखक र निर्माण पक्ष बीचको सम्झौता भएको भए सो सम्झौताको प्रमाणित प्रतिलिपि पेश गर्नु    पर्नेछ।  

 (६)      कथा सग्रहालय (स्टोरी बैंक) सम्बन्धी कार्यविधि, २०८१ को अनुसूची -४ बमोजिमको ढाँचामा मञ्जुरीनामा सहितको प्रतिवद्धता पेश गर्नु पर्नेछ। 

 (७)      आवेदन साथ चलचित्रको ३ (तीन) प्रति कथा, पटकथा र संवाद (स्क्रिप्ट) र सोको डिजिटल प्रति समेत   पेश गर्नु पर्नेछ। 

 (८)   बोर्डबाट चलचित्र निर्माण गर्न दिईने इजाजतपत्र लिएका कथाको स्क्रिप्टलाई छनोट गरिने छैन।

 (९)      सहभागिता सम्बन्धी अन्य शर्तहरु आवेदन फाराममा उल्लेख भए बमोजिम हुनेछन्।

 (१०)   तोकिएको अवधिपछि प्राप्त हुने आवेदन उपर कुनै पनि कारबाही गरिने छैन।

 (११)   यो सूचना चलचित्र विकास बोर्डको वेवसाईट www.film.gov.np मा र बोर्डको सूचना पाटीमा समेत हेर्न     सकिनेछ।

 (१२)   आवेदन फाराम बोर्डको कार्यालय वा बोर्डको वेवसाईट www.film.gov.np मा प्राप्त गर्न सकिनेछ।

 (१३)   अन्य शर्तहरु कथा सग्रहालय (स्टोरी बैंक) सम्बन्धी कार्यविधि, २०८१बमोजिम हुनेछ।

 (१४)   यस सम्बन्धी सर्वाधिकार चलचित्र विकास बोर्डमा निहित रहनेछ।

 (१५)   यस सम्बन्धमा थप कुनै कुराहरु बुझ्नु परेमा चलचित्र विकास बोर्डमा सम्पर्क गर्न सकिनेछ।

 

सम्पर्क नम्बरः ४८१२३८७, ईमेलः storybankfdb@gmail.com

Downloads:

 दरखास्त फारम