| राष्ट्रिय चलचित्र पुरस्कारका लागि चलचित्र दर्ता सम्बन्धी सूचना
4 months, 3 weeks ago |
| साप्ताहिक स्वदेशी चलचित्रको बक्स अफिस रिपोर्ट – मिति २०८२ चैत्र २८ गते शनिबार, ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट सिनेपाः@ बक्सअफिस कलेक्सन
4 months, 3 weeks ago |
| 'अजर अमर निर्देशक' पुस्तक प्रकाशन सम्बन्धित सूचना
4 months, 4 weeks ago |
| चलचित्रका पोष्टरहरू उपलब्ध गराउने सम्बन्धि सूचना
5 months ago |
| चलचित्र विकास बोर्डको वार्षिक समरी २०८२ सार्वजनिक
5 months ago |
नेपाल सरकार
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय
चलचित्र विकास बोर्ड,
काठमाडौँ,नेपाल।
सूचना
प्रथम पटक प्रकाशित मिति २०८१/०५/१८
विषयः SAARC Film Festival मा सहभागिता सम्बन्धमा।
सार्कको ५९औँ कार्यक्रम समितिको बैठकद्वारा स्वीकृत कार्यतालिका अनुसार २४ देखि २८ सेप्टेम्बर,२०२४ मा श्रीलंकास्थित सार्क कल्चरल सेन्टरले आयोजना गर्ने SAARC Film Festival मा नेपालका तर्फबाट बढीमा छ वटा नेपाली चलचित्रहरू माग भए बमोजिम उक्त फेस्टिभलमा सहभागिताका लागि तपसिलका विद्याका नेपाली चलचित्रहरू उपलब्ध गराउन ईच्छुक नेपाली चलचित्रका निर्माताहरूले सहभागि हुने प्रतिनिधीको नाम सहित सूचनासाथ संलग्न लिंकमा उपलब्ध रजिष्ट्रेशन फर्म भरेर ३ दिन भित्र बोर्डको ईमेल ठेगाना fdbnepal@gmail.com मा उपलब्ध गराउनुहुन स्वदेशी चलचित्रका निर्माताहरूलाईहरूको सहभागिताका लागि यो सूचना प्रकाशित गरिएको छ।
चलचित्रका विधाः
- २०७९ बैशाख १८ देखि बैशाख १७, २०८१(1st may 2022 to 30th April 2024 ) सम्म सार्वजानिक प्रदर्शनमा आएका कथानक चलचित्र (Feature Film)
- बढीमा ३० मिनेट सम्मका लघु कथानक चलचित्र
- बढीमा ४५ मिनेट सम्मका वृत्तचित्र
- २०७९ बैशाख १८ देखि २०८१ बैशाख १७, (1st may 2022 to 30th April 2024) सम्म सार्वजानिक प्रदर्शनमा आएका web based short films
- चलचित्र विकास बोर्डबाट विशेष चलचित्र पुरस्कारबाट पुरस्कृत/ राष्ट्रिय चलचित्र पुरस्कारबाट पुरस्कृत चलचित्र
रजिष्ट्रेशन फारमका लागि लिंकः
सम्पर्कका लागि फोन नं: ९८०३४१२९५६