badapatra


साप्ताहिक बक्स अफिस रिपोर्ट – मिति २०८२ मंसिर २७ गते शनिबार, ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट @सिनेपाः, बक्सअफिस कलेक्सन

2 months, 3 weeks ago

साप्ताहिक बक्स अफिस रिपोर्ट – मिति २०८२ मंसिर २० गते शनिबार, ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट @सिनेपाः, बक्सअफिस कलेक्सन

2 months, 4 weeks ago

साप्ताहिक बक्स अफिस रिपोर्ट – मिति २०८२ मंसिर १३ गते शनिबार, ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट @सिनेपाः, बक्सअफिस कलेक्सन

3 months ago

बक्स अफिस व्यवस्थापन प्रणालीमा आवश्यक मर्मत तथा प्रणाली स्तर उन्नती कार्यको कारणले आज राति बक्स अफिस प्रणालीको सेवा अवरुद्ध सम्बन्धि सुचना ।

3 months, 1 week ago

SAARC Film Festival मा सहभागिता सम्बन्धमा

None

SAARC Film Festival मा सहभागिता सम्बन्धमा।

1 year, 6 months ago | Published: Sept. 4, 2024, 5:44 p.m. | Views: 17106


नेपाल सरकार

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय

चलचित्र विकास बोर्ड,

काठमाडौँ,नेपाल।

सूचना

प्रथम पटक प्रकाशित मिति २०८१/०५/१८

विषयः SAARC Film Festival मा सहभागिता सम्बन्धमा।

सार्कको ५९औँ कार्यक्रम समितिको बैठकद्वारा स्वीकृत कार्यतालिका अनुसार २४ देखि २८ सेप्टेम्बर,२०२४ मा श्रीलंकास्थित सार्क कल्चरल सेन्टरले आयोजना गर्ने SAARC Film Festival मा नेपालका तर्फबाट बढीमा छ वटा नेपाली चलचित्रहरू माग भए बमोजिम उक्त फेस्टिभलमा सहभागिताका लागि तपसिलका विद्याका नेपाली चलचित्रहरू उपलब्ध गराउन ईच्छुक नेपाली चलचित्रका निर्माताहरूले सहभागि हुने प्रतिनिधीको नाम सहित सूचनासाथ संलग्न लिंकमा उपलब्ध रजिष्ट्रेशन फर्म भरेर ३ दिन भित्र बोर्डको ईमेल ठेगाना fdbnepal@gmail.com मा उपलब्ध गराउनुहुन स्वदेशी चलचित्रका निर्माताहरूलाईहरूको सहभागिताका लागि यो सूचना प्रकाशित गरिएको छ।

चलचित्रका विधाः 

- २०७९ बैशाख १८  देखि बैशाख १७, २०८१(1st may 2022 to 30th April  2024 )  सम्म सार्वजानिक प्रदर्शनमा आएका कथानक चलचित्र (Feature Film) 

- बढीमा ३० मिनेट सम्मका लघु कथानक चलचित्र

- बढीमा ४५ मिनेट सम्मका वृत्तचित्र

-  २०७९ बैशाख १८  देखि २०८१ बैशाख १७, (1st may 2022 to 30th April  2024) सम्म सार्वजानिक प्रदर्शनमा आएका web based short films

-   चलचित्र विकास बोर्डबाट विशेष चलचित्र पुरस्कारबाट पुरस्कृत/ राष्ट्रिय चलचित्र  पुरस्कारबाट पुरस्कृत चलचित्र 


रजिष्ट्रेशन फारमका लागि लिंकः 

 https://saarcculture.org/wp-content/uploads/2024/05/SFF-Annex-1-Registration-Form-Film-2024-Final-3May.pdf


सम्पर्कका लागि फोन नं: ९८०३४१२९५६