badapatra


आदिवासी जनजाती मातृभाषी चलचित्र प्रवर्द्धन कार्यक्रम प्रस्ताव सम्बन्धी सूचना (२०७९।०६।३१)

3 years, 7 months ago

स्टोरी बैंकमा चलचित्रको कथा,पटकथा र संवाद सहितको स्कृप्ट सम्बन्धी सूचना (प्रथम पटक प्रकाशित मितिः २०७९।५।३०, कान्तिपुर दैनिक, पृष्ठ १२)

3 years, 8 months ago

चलचित्र जाँचका लागि सिफारिस, चलचित्र प्रदर्शन गर्ने समय र इजाजतपत्रवालाले पालना गर्नुपर्ने शर्तहरु सम्बन्धी सूचना (२०७९।५।३०, कान्तिपुर दैनिक, पृष्ठ १०)

3 years, 8 months ago

चलचित्र प्रदर्शक (चलचित्रघर)का लागि अत्यन्त जरुरी सूचना (२०७९।१।१३)

4 years, 1 month ago

चलचित्र छात्रवृत्ति सम्बन्धी सूचना (२०७९।५।६ सोमबार, गोरखापत्र दैनिक)

3 years, 9 months ago

चलचित्रकर्मी परिचय पत्र वितरण सम्बन्धी सूचना

2 years ago | Published: May 30, 2024, 11:13 a.m. | Views: 20776

चलचित्रकर्मी परिचय पत्र वितरण सम्बन्धी सूचना

(प्रथम पटक प्रकाशित मितिः २०८१/०२/१७)

चलचित्रको माध्यमबाट राष्ट्रलाई पुर्‍याएको योगदानको कदर स्वरुप स्वदेशी चलचित्र क्षेत्रमा निरन्तर योगदान पुर्‍याएका विभिन्न विधाका चलचित्रकर्मीलाई विशिष्ट चलचित्रकर्मी र चलचित्रकर्मी श्रेणीको परिचयपत्र वितरण गर्न लागिएको हुँदा चलचित्र विकास बोर्डबाट स्वीकृत ढाँचाको आवेदन फाराम भरी यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र बोर्डको कार्यालय वा -मेल ठेगाना fdbnepal@gmail.com मा आवेदन पेश गर्न "चलचित्रकर्मी परिचय पत्र वितरण सम्बन्धी कार्यविधि,२०८१" को दफा बमोजिम सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।

 

शर्तहरूः-

(१)   विशिष्ट श्रेणीको चलचित्रकर्मी परिचयपत्रका लागि स्वेदशी चलचित्र क्षेत्रमा निरन्तर कम्तीमा ३०(तीस) वर्ष योगदान पुर्‍याएका चलचित्रकर्मीहरुले आवेदन फाराममा निर्दिष्ट कुनै एक विधामा आवेदन दिन सक्नुहुनेछ।

(२) चलचित्रकर्मी श्रेणीको परिचयपत्रका लागि स्वदेशी चलचित्र क्षेत्रमा निरन्तर कम्तीमा २० (बीस) वर्ष योगदान पुर्‍याएका चलचित्रकर्मीहरुले आवेदन फाराममा निर्दिष्ट कुनै एक विधामा आवेदन दिन सक्नुहुनेछ।

 (३)  आवेदन साथ निम्न कागजातहरु पेश गर्नुपर्नेछः-

      (क) नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,

      (ख) व्यक्तिगत विवरण (बायोडाटा),

      (ग) चलचित्र क्षेत्रमा गरेको योगदानका लागि प्राप्त सम्मान, पुरस्कार आदि प्रमाणपत्रको प्रतिलिपि,

           (घ) हालसालै खिचिएको पासपोर्ट साइजको रंगिन फोटो दुई प्रति,

(४)  तोकिएको अवधिभन्दा पछि प्राप्त हुने आवेदन उपर कुनै पनि कारबाही गरिने छैन।         

(५)  यो सूचना चलचित्र विकास बोर्डको वेवसाईट www.film.gov.np मा र बोर्डको सूचना पाटीमा समेत हेर्न सकिनेछ।

(६)  आवेदन फारfम बोर्डको कार्यालय वा बोर्डको वेवसाईट www.film.gov.np  बाट डाउनलोड गरी प्राप्त गर्न सकिनेछ।

(७)  अन्य शर्तहरु चलचित्रकर्मी परिचय पत्र वितरण सम्बन्धी कार्यविधि, २०८१बमोजिम हुनेछ।

(८)  यस सम्बन्धी सर्वाधिकार चलचित्र विकास बोर्डमा निहित रहनेछ।

(९)  यस सम्बन्धमा थप कुनै कुराहरु बुझ्नु परेमा चलचित्र विकास बोर्डमा सम्पर्क गर्न सकिनेछ।

सम्पर्क नम्बरः ४८१२३३२, ईमेलः fdbnepal@gmail.com

 

Downloads:

 Application Form PDF