| संविधान दिवस २०८२को अवसरमा चलचित्रकर्मीलाई ‘सांस्कृतिक रूपान्तरण सम्मान’ प्रदान
3 days, 10 hours ago |
| चलचित्र विकास बोर्डद्वारा आयोजित रक्तदान कार्यक्रम भव्य रूपमा सम्पन्न
4 days, 11 hours ago |
| साप्ताहिक बक्स अफिस रिपोर्ट – मिति २०८२ कार्तिक १५ गते, शनिबार, ११ः५९ राति सम्मको आधिकारिक कलेक्सन
1 week, 3 days ago |
| साप्ताहिक बक्स अफिस रिपोर्ट (कार्तिक ८, शनिबार राति ११:५९ सम्म)
2 weeks, 3 days ago |
| किर्तिपुरमा सिनेप्लेक्स हल–२ उद्घाटन, चलचित्र विकास बोर्डद्वारा विशेष प्याकेज घोषणा
2 months, 1 week ago |
काठमाडौं । कला क्षेत्रमा कियाशील कलाकारहरुको सीप एवं क्षमता अभिवृद्धिका लागि चलचित्र विकास बोर्डले माघ २९ देखि फागुन ४ गतेसम्म संचालन गरेको ५ दिने नि:शुल्क अभिनय कार्यशाला सम्पन्न भएको छ ।






कार्यशालामा धनुषा, खोटाङ, बझाङ, दाङ, डडेल्धुरा, कपिलवस्तु, चितवन, ओखलढुंगा, दैलेख र ललितपुर जिल्लाबाट ३४ जना सहभागी भएका थिए । सहभागीहरुलाई मुख्य प्रशिक्षक भोलाराज सापकोटा र सह प्रशिक्षक इन्द्र प्रसाद आचार्यले अभिनय अभ्यास, नवरस, द्वन्द्व र चरित्रको अन्तरसम्बन्ध, अभिनेताको तयारी, छायांकनको तयारी एवं अभिनय सम्बन्धी सैद्धान्तिक एवं प्रयोगात्मक ज्ञान सीपबारे प्रशिक्षण दिनु भएको थियो ।

कार्यशालाको संयोजन बोर्ड सदस्य राजु केसी र सहसंयोजन बोर्डको सचिवालय शाखा अधिकृत निर्मला चौलागाईंले गर्नु भएको थियो ।
