badapatra


चलचित्र विकास बोर्डको सहकार्यमा ७औँ अन्तर्राष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सव सुरु

8 months ago

चलचित्र विकास बोर्डद्वारा आयोजना गरिएको पाँचदिने ‘सिनेमा साक्षरता (साक्षात्कार) कार्यक्रम’ तनहुँ जिल्लामा सम्पन्न

8 months, 1 week ago

गण्डकी प्रदेशका चलचित्र घरका लागि ‘चलचित्र विकास शुल्क पोर्टल’ सम्बन्धी तालिम सम्पन्न

8 months, 1 week ago

चलचित्र विकास बोर्डको सहकार्यमा १४औँ नेपाल–अफ्रिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिवल (NAIFF) २०२६ सम्पन्न

8 months, 1 week ago

चलचित्र विकास बोर्डको सहकार्यमा Unmanned (Drone) Aircraft Association of Nepal (UDAAN) द्वारा आयोजना गरिएको नेपालको पहिलो Drone Seminar & Panel Discussion सम्पन्न

8 months, 1 week ago

चलचित्र विकास बोर्डमा रक्तदान कार्यक्रम सम्पन्न

3 months ago| Published: June 28, 2026, 9:43 a.m. | Views: 3627

काठमाडौँ, असार १४ — रजतवर्षको अवसर तथा चलचित्र विकास बोर्डको २६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा, चलचित्र विकास बोर्ड र Lions International District 325 F, MD 325, Nepal को संयुक्त आयोजनामा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

चलचित्र विकास बोर्ड, फिल्म बोर्ड चोकमा आयोजित उक्त कार्यक्रममा सिनेपा: क्षेत्रसँग आबद्ध चलचित्रकर्मी, बोर्डका पदाधिकारी, कर्मचारी तथा विभिन्न शुभेच्छुकहरूको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीहरूले आफ्नो अमूल्य रक्तदान गर्दै मानव जीवनको संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याएका छन्।

रक्तदान कार्यक्रम सामाजिक उत्तरदायित्व, मानवीय सेवा तथा जनचेतना अभिवृद्धिको उद्देश्यसहित आयोजना गरिएको बोर्डले जनाएको छ। चलचित्र क्षेत्र केवल सिर्जना र मनोरञ्जनमा मात्र सीमित नभई समाजसेवा र मानवीय अभियानमा समेत अग्रसर रहेको सन्देश यस कार्यक्रमले प्रवाह गरेको छ।

कार्यक्रममा रक्तदानमा सहभागी हुने व्यक्तिहरूलाई सम्मानस्वरूप प्रमाण–पत्र प्रदान गरिएको थियो। साथै, T.U. Lions Blood Transfusion and Research Centre ले रक्तदान कार्यक्रम आयोजना गरी रक्तदानबारे जनचेतना फैलाउन योगदान पुर्‍याएको भन्दै चलचित्र विकास बोर्डलाई Certificate of Appreciation प्रदान गरेको छ।

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डी.सी. ले यस्ता कार्यक्रमले चलचित्र क्षेत्र र समाजबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने बताउँदै आगामी दिनमा पनि सामाजिक हित र मानवीय सेवासँग सम्बन्धित कार्यक्रमलाई निरन्तरता दिइने उल्लेख गर्नुभयो।

कार्यक्रम सफल बनाउन सहयोग गर्ने Lions International District 325 F, MD 325, Nepal, T.U. Lions Blood Transfusion and Research Centre, रक्तदाता, स्वास्थ्यकर्मी, स्वयंसेवक तथा सम्पूर्ण सहयोगीहरूलाई चलचित्र विकास बोर्डले हार्दिक धन्यवाद ज्ञापन गरेको छ।