badapatra


चलचित्र विकास बोर्डको सहकार्यमा ७औँ अन्तर्राष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सव सुरु

8 months ago

चलचित्र विकास बोर्डद्वारा आयोजना गरिएको पाँचदिने ‘सिनेमा साक्षरता (साक्षात्कार) कार्यक्रम’ तनहुँ जिल्लामा सम्पन्न

8 months, 1 week ago

गण्डकी प्रदेशका चलचित्र घरका लागि ‘चलचित्र विकास शुल्क पोर्टल’ सम्बन्धी तालिम सम्पन्न

8 months, 1 week ago

चलचित्र विकास बोर्डको सहकार्यमा १४औँ नेपाल–अफ्रिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिवल (NAIFF) २०२६ सम्पन्न

8 months, 1 week ago

चलचित्र विकास बोर्डको सहकार्यमा Unmanned (Drone) Aircraft Association of Nepal (UDAAN) द्वारा आयोजना गरिएको नेपालको पहिलो Drone Seminar & Panel Discussion सम्पन्न

8 months, 1 week ago

लालबन्दीमा चलचित्र विकास शुल्क पोर्टलसम्बन्धी तालिम सम्पन्न

3 months, 1 week ago| Published: June 25, 2026, 4:41 p.m. | Views: 2161

सर्लाही। चलचित्र विकास शुल्क संकलन प्रक्रियालाई थप पारदर्शी, व्यवस्थित र अभिलेखीकरणमुखी बनाउने उद्देश्यले चलचित्र विकास बोर्डले सर्लाहीको लालबन्दीमा चलचित्र विकास शुल्क पोर्टलसम्बन्धी तालिम तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।


२०८३ असार ११ गते बिहीबार आयोजित तालिममा सर्लाही, धनुषा, महोत्तरी, बारा, पर्सा र मकवानपुर जिल्लाका चलचित्रघरका प्रतिनिधिहरू सहभागी थिए। बोर्डका अनुसार मधेस प्रदेश र बागमती प्रदेशअन्तर्गत हेटौँडा क्षेत्रसमेतका गरी २३ जना चलचित्रघर प्रतिनिधिहरूको सहभागिता रहेको थियो।


तालिममा चलचित्र विकास शुल्कसम्बन्धी विद्यमान ऐन–कानुन, शुल्क कार्यान्वयनको अवस्था, नियमन प्रणाली तथा चलचित्र विकास शुल्क पोर्टलको सैद्धान्तिक र व्यवहारिक प्रयोगबारे सहभागीहरूलाई अभिमुखीकरण गरिएको थियो। पोर्टलमार्फत शुल्क विवरण व्यवस्थित रूपमा अभिलेखीकरण गर्ने, अनुगमन तथा रिपोर्टिङ प्रणालीलाई प्रभावकारी बनाउने र चलचित्रघरहरूलाई प्रविधिमैत्री बनाउने विषयमा समेत जानकारी गराइएको बोर्डले जनाएको छ।


बोर्डका अनुसार यसअघि कर्णाली, कोशी, सुदूरपश्चिम, गण्डकी, लुम्बिनी र बागमती प्रदेशका चलचित्रघरहरूमा पनि यस्ता तालिम तथा अभिमुखीकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भइसकेका छन्।


चलचित्र विकास बोर्डको २५औँ वार्षिकोत्सवको अवसरमा यस वर्षलाई ‘दक्षता अभिवृद्धि वर्ष’ का रूपमा मनाउँदै बोर्डले चलचित्र क्षेत्रसँग सम्बन्धित विभिन्न तालिम, अभिमुखीकरण तथा क्षमता विकास कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। बोर्डले चलचित्र क्षेत्रको संस्थागत विकास, नियमन प्रणालीको सुदृढीकरण र सरोकारवालाहरूको क्षमता अभिवृद्धिलाई प्राथमिकतामा राखेर यस्ता कार्यक्रमलाई निरन्तरता दिएको जनाएको छ।