| एभरेस्ट फिल्म फेस्टिभलमा १० हजार डलर पुरस्कार, ‘एन्जिला’ उत्कृष्ट चलचित्र
2 weeks, 5 days ago |
| विशिष्ट चलचित्रकर्मी श्रेणी तथा चलचित्रकर्मी श्रेणी परिचयपत्र प्राप्त चलचित्रकर्मीहरु । मिति २०७३/०१/०७ देखि मिति २०८१/०८/०५ सम्म
3 years, 1 month ago |
| चलचित्र विकास बोर्डमा रक्तदान कार्यक्रम सम्पन्न
1 month, 1 week ago |
| बोर्डको वार्षिकोत्सव पूर्वसन्ध्यामा मृगस्थलीमा वृक्षारोपण
1 month, 2 weeks ago |
| लालबन्दीमा चलचित्र विकास शुल्क पोर्टलसम्बन्धी तालिम सम्पन्न
1 month, 2 weeks ago |
चलचित्र विकास बोर्डसँगको सहकार्य तथा थामी चलचित्र संघको आयोजनामा मातृभाषामा चलचित्र, लघु चलचित्र तथा वृत्तचित्र निर्माणका लागि आयोजित पाँचदिने पटकथा लेखन प्रशिक्षण तथा कार्यशाला गोष्ठी सफलतापूर्वक सम्पन्न भएको छ। आदिवासी जनजातिका मातृभाषी चलचित्रको विकास, विस्तार तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा २१ जना थामी चलचित्रकर्मीहरुको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रमको समापन समारोहमा चलचित्र विकास बोर्डका अध्यक्ष श्री दिनेशराज दाहालज्यूले सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्नुभएको छ।
यस कार्यक्रमले मातृभाषी चलचित्र निर्माणका लागि आवश्यक सिर्जनात्मक क्षमता अभिवृद्धि गर्न तथा स्थानीय भाषा, कला र संस्कृतिको संरक्षण एवं प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने बोर्डले विश्वासश्व लिइएको छ।





