badapatra


भोटेकोशी बाढीपीडितका लागि बोर्डको च्यारिटी शोदेखि प्रभावितको विवरण संकलनसम्मका ५ बुँदे निर्णय

1 month ago

सात दिन, दस चलचित्र : ‘ओल्ड इज गोल्ड’ ले देखायो — पुरानो नेपाली सिनेमाका दर्शक अझै छन्

1 month, 2 weeks ago

आफ्नै चलचित्र हेर्न हलमै पुगे सर्जक–कलाकार, ‘ओल्ड इज गोल्ड’मा आज पनि हाउसफुल — भोलि अन्तिम दिन ‘बदलिँदो आकाश’ र ‘जीवनरेखा’सँगै सातदिने शृंखला भोली समापन हुँदै, शिव श्रेष्ठसहित विशिष्ट कलाकार सहभागी हुने;

1 month, 2 weeks ago

पर्दामा नेपालको पहिलो रंगीन चलचित्र ‘कुमारी’, दर्शकदीर्घामा इतिहास रच्ने चैत्यदेवी–गौतम रत्न; शो हाउसफुल

1 month, 2 weeks ago

‘के घर के डेरा’ र ‘मनको बाँध’का दुवै शो हाउसफुल, आफ्नै चलचित्रसँग फेरि भेटिए पुराना कलाकार बसुन्धरा भुसाल, पुरण जोशी, शर्मिला मल्ल र सुष्मा शाहीको विशेष उपस्थिति, भुवन चन्द र कृष्ण मल्लले गरे स्वागत; सोमबार ‘कुमारी’ प्रदर्शन हुँदै

1 month, 2 weeks ago

मातृभाषामा चलचित्र, लघु चलचित्र तथा वृत्तचित्र निर्माणका लागि पटकथा लेखन प्रशिक्षण तथा कार्यशाला गोष्ठी सफलतापूर्वक सम्पन्न

3 months ago| Published: June 25, 2026, 3:28 p.m. | Views: 3756

चलचित्र विकास बोर्डसँगको सहकार्य तथा थामी चलचित्र संघको आयोजनामा मातृभाषामा चलचित्र, लघु चलचित्र तथा वृत्तचित्र निर्माणका लागि आयोजित पाँचदिने पटकथा लेखन प्रशिक्षण तथा कार्यशाला गोष्ठी सफलतापूर्वक सम्पन्न भएको छ। आदिवासी जनजातिका मातृभाषी चलचित्रको विकास, विस्तार तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा २१ जना थामी चलचित्रकर्मीहरुको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रमको समापन समारोहमा चलचित्र विकास बोर्डका अध्यक्ष श्री दिनेशराज दाहालज्यूले सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्नुभएको छ।

यस कार्यक्रमले मातृभाषी चलचित्र निर्माणका लागि आवश्यक सिर्जनात्मक क्षमता अभिवृद्धि गर्न तथा स्थानीय भाषा, कला र संस्कृतिको संरक्षण एवं प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने बोर्डले विश्वासश्व लिइएको छ।