badapatra


चलचित्र विकास बोर्ड अन्तर्गत चलचित्रकर्मी कल्याणकारी कोषबाट चलचित्रकर्मीहरुलाई सहयोग

1 year, 1 month ago

चलचित्र विकास बोर्डको सहकार्य मा भैरहेको "कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव" अन्तर्गत " रारा चलचित्र पयर्टन जलवायू समिट" कार्यक्रम सम्पन्न

1 year, 1 month ago

चलचित्र विकास बोर्डको सहकार्यमा तथा गुरुङ फिल्म्स एसोसिएसन नेपाल (जिफान) को आयोजनामा "लाईट्स-क्यामेरा कार्यशाला २०८२" सुरु

1 year, 1 month ago

चलचित्र विकास बोर्डको सहकार्यमा थामी आदिवासी जनजाति विवाह सम्बन्धी बृतचित्र निर्माण सम्पन्न

1 year, 1 month ago

चलचित्र विकास बोर्डको सहकार्यमा गुरूङ फिल्म एशोसिएसन नेपाल (जिफान)को आयोजनामा "लाईट्स-क्यामेरा कार्यशाला २०८२" हुदै

1 year, 1 month ago

नेपालकै पहिलो एनिमेसन चलचित्र महोत्सव ‘AAFF 2026’ घोषणा

1 day, 9 hours ago| Published: June 21, 2026, 4:28 p.m. | Views: 480

काठमाडौं — नेपाल एनिमेसन र भि.एफ.एक्स कलाकार संघ (AVAAN) ले नेपालकै पहिलो एनिमेसन चलचित्र महोत्सव ‘AVAAN Animation Film Festival–AAFF 2026’ आयोजना गर्ने भएको छ।

चलचित्र विकास बोर्डको सहकार्यमा  बोर्डको प्रेक्षालयमा आयोजित कार्यक्रममा महोत्सवको औपचारिक घोषणा गरिएको हो। आगामी अक्टोबरमा आयोजना हुने महोत्सवको मुख्य विषय ‘मैले देखेको नेपाल’ राखिएको छ, जसलाई अंग्रेजीमा ‘My Nepal, Reimagined’ भनिएको छ। 

AVAAN का अध्यक्ष विक्रम मानन्धरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी प्रमुख अतिथिका रूपमा उपस्थित थिए। सोही अवसरमा अध्यक्ष डीसीले महोत्सवको आधिकारिक Mascot ‘आफ्फे’ सार्वजनिक गरेका थिए।

नेपालको राष्ट्रिय पक्षी डाँफेमा आधारित ‘आफ्फे’को सिर्जनात्मक अवधारणामा विश्वप्रसिद्ध नेपाली कलाकार अरनिकोबाट समेत प्रेरणा लिइएको आयोजकले जनाएको छ। Mascot ले नेपाली कलाकारहरूको रंगीन, सिर्जनशील, कल्पनाशील र जीवन्त भावनालाई प्रतिनिधित्व गर्ने बताइएको छ।

महोत्सवमा एनिमेटेड लघु चलचित्रहरूको प्रदर्शन, कन्सेप्ट आर्ट च्यालेन्ज तथा विभिन्न एनिमेसन प्रतियोगिता आयोजना गरिनेछन्। महोत्सवका लागि दुईदेखि १० मिनेटसम्मका एनिमेसन तथा भि.एफ.एक्समा आधारित लघु चलचित्रको आवेदन खुला गरिएको छ। यसमा नेपालसहित विश्वभरका कलाकार, एनिमेटर, भि.एफ.एक्स कलाकार तथा चलचित्रकर्मीले सहभागिता जनाउन सक्नेछन्।

कार्यक्रममा AVAAN ले एनिमेसन तथा भि.एफ.एक्स क्षेत्रमा रोजगारी खोजिरहेका कलाकार र दक्ष जनशक्ति खोजिरहेका कम्पनी तथा स्टुडियोलाई जोड्ने उद्देश्यले ‘करिअरबोर्ड’ नामक अनलाइन पोर्टल सञ्चालनमा ल्याउने घोषणा पनि गरेको छ।

त्यस्तै, नेपालमा एनिमेसन विषयको औपचारिक स्नातक तहको शैक्षिक कार्यक्रम सुरु गर्ने योजनासमेत सार्वजनिक गरिएको छ। यसका लागि एक प्रतिष्ठित विश्वविद्यालयसँग प्रारम्भिक छलफल भइरहेको संघले जनाएको छ।

AVAAN ले चलचित्र, एनिमेसन तथा भि.एफ.एक्स क्षेत्रमा कार्यरत कलाकार, प्राविधिक र विद्यार्थीको ज्ञान, सीप तथा व्यावसायिक क्षमता अभिवृद्धिका लागि नियमित प्रशिक्षण, कार्यशाला, प्रविधिसम्बन्धी अभिमुखीकरण र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञसँगको सहकार्यमा विशेष सिकाइ कार्यक्रम सञ्चालन गर्ने योजना पनि सार्वजनिक गरेको छ।

कार्यक्रममा अन्तर्राष्ट्रिय चलचित्र तथा गेम स्टुडियोका विभिन्न परियोजनामा काम गरिरहेका १२ जना नेपाली कलाकार तथा एनिमेटरहरूको भिडियो प्रस्तुति गरिएको थियो। प्रस्तुतिले विश्वव्यापी एनिमेसन, चलचित्र, गेमिङ तथा भि.एफ.एक्स उद्योगमा नेपाली कलाकारहरूको बढ्दो उपस्थिति र योगदान उजागर गरेको आयोजकले जनाएको छ।

कार्यक्रममा नेपालका प्रथम एनिमेटर तथा AVAAN का सल्लाहकार करुण थापा, वरिष्ठ २डी एनिमेटर तथा सल्लाहकार कीर्ति केशर जोशी, कानुनी सल्लाहकार सहदेव खत्री, नेपाल चलचित्र निर्देशक समाजका सुभाष गजुरेल, रोबोटिक्स एसोसिएसन नेपालका ओमकार जैसवाल र प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयकी सुशीला कार्कीसहित एक सयभन्दा बढी कलाकार, विद्यार्थी, चलचित्रकर्मी तथा उद्योगसँग सम्बन्धित व्यक्तिहरूको सहभागिता थियो।