badapatra


चलचित्र विकास बोर्डको सहयोगमा दमकमा चलचित्र निर्देशन तालिम आयोजना

1 month, 2 weeks ago| Published: May 4, 2026, 9:53 a.m. | Views: 1152

चलचित्र विकास बोर्डको पूर्ण सहयोगमा धिमाल चलचित्रकर्मी सङ्घको आयोजनामा आदिवासी जनजाति मातृभाषी चलचित्रको विकास, विस्तार र प्रवर्द्धन गर्ने उद्देश्यले पाँच दिने 'चलचित्र निर्देशन' तालिम बैशाख १६ गते दमकमा सम्पन्न भएको छ।
तालिमको समापनमा चलचित्र विकास वोर्डका सदस्य गणेश सुवेदी तथा अधिकृत अप्सरा समाल उपस्थित हुनुहुन्थ्यो। स्थानीय धिमाल समुदायका २० जना युवा चलचित्रकर्मी सहभागी तालिमको सहजीकरण चलचित्र निर्देशक अरुण प्रधानले गर्नु भएको हो ।
स्वदेशी चलचित्र — हाम्रो पहिचान, हाम्रो गर्व।