badapatra


चलचित्र विकास बोर्डले ‘चलचित्रकर्मी दक्षता अभिवृद्धि वर्ष–२०८२ को अवसरमा नेपाली चलचित्र क्षेत्रका कलाकारहरूको सीप विकास गर्ने उद्देश्यसहित एकहप्ते घोडचढी तालिम सुरु

1 month, 3 weeks ago

चलचित्र कथा–लेखन सम्बन्धी एक दिने आधारभूत कार्यशालाको दोस्रो संस्करण सफलतापूर्वक सम्पन्न

2 months ago

चलचित्र विकास बोर्डको सहकार्यमा ७औँ अन्तर्राष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सव सुरु

2 months ago

चलचित्र विकास बोर्डद्वारा आयोजना गरिएको पाँचदिने ‘सिनेमा साक्षरता (साक्षात्कार) कार्यक्रम’ तनहुँ जिल्लामा सम्पन्न

2 months, 1 week ago

गण्डकी प्रदेशका चलचित्र घरका लागि ‘चलचित्र विकास शुल्क पोर्टल’ सम्बन्धी तालिम सम्पन्न

2 months, 1 week ago

चलचित्र विकास बोर्डमा विभिन्न तालिमका प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण

3 days, 18 hours ago| Published: April 2, 2026, 4:47 p.m. | Views: 345

काठमाडौं । चलचित्र विकास बोर्डले सञ्चालन गरेका विभिन्न सीपमूलक तालिममा सहभागी प्रशिक्षार्थीहरूलाई आज बोर्ड हलमा आयोजित विशेष कार्यक्रममा प्रमाणपत्र वितरण गरेको छ। नेपाली चलचित्र क्षेत्रलाई थप दक्ष, व्यावसायिक र अन्तर्राष्ट्रिय प्रतिस्पर्धायोग्य बनाउने उद्देश्यका साथ सञ्चालन गरिएका तालिमअन्तर्गत सहभागीहरूले प्रमाणपत्र प्राप्त गरेका हुन्।

बोर्डले पछिल्लो समय चलचित्र क्षेत्रसँग सम्बन्धित विभिन्न विधामा एकसाथ तालिम तथा कार्यक्रम सञ्चालन गर्दै आएको छ। ड्रोन सञ्चालन, घोडाचढी, पौडी,  एआई तथा अन्य प्राविधिक पक्षसँग सम्बन्धित यस्ता तालिमले कलाकार र प्राविधिकलाई व्यावसायिक रूपमा थप सक्षम बनाउने विश्वास बोर्डले लिएको छ।

प्रमाणपत्र वितरण कार्यक्रममा बोल्दै बोर्डका अध्यक्षले सीपलाई औपचारिक मान्यता दिने प्रक्रिया भविष्यका अवसरसँग प्रत्यक्ष जोडिएको उल्लेख गरे। उनले चलचित्र क्षेत्रमा केवल प्रतिभा मात्र होइन, प्रमाणित दक्षता, अनुशासन र पेशागत विश्वसनीयता पनि उत्तिकै आवश्यक रहेको बताए। विशेषगरी अन्तर्राष्ट्रिय चलचित्र, डिजिटल प्लेटफर्म र उच्च प्राविधिक परियोजनामा काम गर्दा यस्ता प्रमाणपत्रले कलाकार र प्राविधिकको योग्यतालाई स्थापित गर्न सहयोग पुग्ने धारणा व्यक्त गरिएको थियो।

कार्यक्रममा सहभागी प्रशिक्षार्थीहरूको मेहनत, अनुशासन र सिकाइप्रतिको समर्पणको प्रशंसा गर्दै प्रमाणपत्रलाई केवल कागजी औपचारिकता नभई भविष्यको करियर निर्माणसँग जोडिएको महत्त्वपूर्ण दस्तावेजका रूपमा व्याख्या गरिएको थियो।

चलचित्र विकास बोर्डले आगामी दिनमा पनि नेपाली चलचित्र क्षेत्रका कलाकार, प्राविधिक तथा नयाँ पुस्तालाई लक्षित गर्दै यस्ता व्यावसायिक तालिमलाई निरन्तरता दिने जनाएको छ।