badapatra


भोटेकोशी बाढीपीडितका लागि बोर्डको च्यारिटी शोदेखि प्रभावितको विवरण संकलनसम्मका ५ बुँदे निर्णय

1 month, 4 weeks ago

सात दिन, दस चलचित्र : ‘ओल्ड इज गोल्ड’ ले देखायो — पुरानो नेपाली सिनेमाका दर्शक अझै छन्

2 months, 1 week ago

आफ्नै चलचित्र हेर्न हलमै पुगे सर्जक–कलाकार, ‘ओल्ड इज गोल्ड’मा आज पनि हाउसफुल — भोलि अन्तिम दिन ‘बदलिँदो आकाश’ र ‘जीवनरेखा’सँगै सातदिने शृंखला भोली समापन हुँदै, शिव श्रेष्ठसहित विशिष्ट कलाकार सहभागी हुने;

2 months, 2 weeks ago

पर्दामा नेपालको पहिलो रंगीन चलचित्र ‘कुमारी’, दर्शकदीर्घामा इतिहास रच्ने चैत्यदेवी–गौतम रत्न; शो हाउसफुल

2 months, 2 weeks ago

‘के घर के डेरा’ र ‘मनको बाँध’का दुवै शो हाउसफुल, आफ्नै चलचित्रसँग फेरि भेटिए पुराना कलाकार बसुन्धरा भुसाल, पुरण जोशी, शर्मिला मल्ल र सुष्मा शाहीको विशेष उपस्थिति, भुवन चन्द र कृष्ण मल्लले गरे स्वागत; सोमबार ‘कुमारी’ प्रदर्शन हुँदै

2 months, 2 weeks ago

चलचित्र विकास बोर्डमा विभिन्न तालिमका प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण

6 months, 3 weeks ago| Published: April 2, 2026, 4:47 p.m. | Views: 5424

काठमाडौं । चलचित्र विकास बोर्डले सञ्चालन गरेका विभिन्न सीपमूलक तालिममा सहभागी प्रशिक्षार्थीहरूलाई आज बोर्ड हलमा आयोजित विशेष कार्यक्रममा प्रमाणपत्र वितरण गरेको छ। नेपाली चलचित्र क्षेत्रलाई थप दक्ष, व्यावसायिक र अन्तर्राष्ट्रिय प्रतिस्पर्धायोग्य बनाउने उद्देश्यका साथ सञ्चालन गरिएका तालिमअन्तर्गत सहभागीहरूले प्रमाणपत्र प्राप्त गरेका हुन्।

बोर्डले पछिल्लो समय चलचित्र क्षेत्रसँग सम्बन्धित विभिन्न विधामा एकसाथ तालिम तथा कार्यक्रम सञ्चालन गर्दै आएको छ। ड्रोन सञ्चालन, घोडाचढी, पौडी,  एआई तथा अन्य प्राविधिक पक्षसँग सम्बन्धित यस्ता तालिमले कलाकार र प्राविधिकलाई व्यावसायिक रूपमा थप सक्षम बनाउने विश्वास बोर्डले लिएको छ।

प्रमाणपत्र वितरण कार्यक्रममा बोल्दै बोर्डका अध्यक्षले सीपलाई औपचारिक मान्यता दिने प्रक्रिया भविष्यका अवसरसँग प्रत्यक्ष जोडिएको उल्लेख गरे। उनले चलचित्र क्षेत्रमा केवल प्रतिभा मात्र होइन, प्रमाणित दक्षता, अनुशासन र पेशागत विश्वसनीयता पनि उत्तिकै आवश्यक रहेको बताए। विशेषगरी अन्तर्राष्ट्रिय चलचित्र, डिजिटल प्लेटफर्म र उच्च प्राविधिक परियोजनामा काम गर्दा यस्ता प्रमाणपत्रले कलाकार र प्राविधिकको योग्यतालाई स्थापित गर्न सहयोग पुग्ने धारणा व्यक्त गरिएको थियो।

कार्यक्रममा सहभागी प्रशिक्षार्थीहरूको मेहनत, अनुशासन र सिकाइप्रतिको समर्पणको प्रशंसा गर्दै प्रमाणपत्रलाई केवल कागजी औपचारिकता नभई भविष्यको करियर निर्माणसँग जोडिएको महत्त्वपूर्ण दस्तावेजका रूपमा व्याख्या गरिएको थियो।

चलचित्र विकास बोर्डले आगामी दिनमा पनि नेपाली चलचित्र क्षेत्रका कलाकार, प्राविधिक तथा नयाँ पुस्तालाई लक्षित गर्दै यस्ता व्यावसायिक तालिमलाई निरन्तरता दिने जनाएको छ।