badapatra


चलचित्रकर्मी दक्षता अभिवृद्धि वर्ष–२०८२ अन्तर्गत ‘Spot Sync Sound Training’ सुरु हुँदै

3 months ago

फिल्म पर्यटन प्रवर्द्धनका लागि चलचित्र विकास बोर्ड र पर्यटन बोर्ड सहकार्यमा

3 months, 1 week ago

चलचित्र विकास बोर्डले ‘चलचित्रकर्मी दक्षता अभिवृद्धि वर्ष–२०८२ को अवसरमा नेपाली चलचित्र क्षेत्रका कलाकारहरूको सीप विकास गर्ने उद्देश्यसहित एकहप्ते घोडचढी तालिम सुरु

3 months, 1 week ago

चलचित्र कथा–लेखन सम्बन्धी एक दिने आधारभूत कार्यशालाको दोस्रो संस्करण सफलतापूर्वक सम्पन्न

3 months, 2 weeks ago

चलचित्र विकास बोर्डको सहकार्यमा ७औँ अन्तर्राष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सव सुरु

3 months, 2 weeks ago

चार दिने महिला चलचित्र महोत्सव उद्घाटन

1 month, 3 weeks ago| Published: March 31, 2026, 4:40 p.m. | Views: 1117

चार दिने महिला चलचित्र महोत्सव उद्घाटन


काठमाडौं । चलचित्र विकास बोर्डको आयोजनामा अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर चार दिने महिला चलचित्र महोत्सव सुरु भएको छ। महिला सशक्तीकरणलाई केन्द्रमा राखेर आयोजना गरिएको यो महोत्सव २० गते समापन हुने  छ। महोत्सवमा महिला विषयमा आधारित चलचित्र ‘कुमारी’ र ‘जीवन काँडाकी फूल’ प्रदर्शन, अन्तरक्रिया, सम्मान तथा विशेष सांस्कृतिक कार्यक्रम समावेश गरिएका छन्।
महोत्सवअन्तर्गत पहिलो दिन महिला चलचित्रकर्मी सशक्तिकरण समितिको परिचयात्मक भिडियो प्रदर्शन, चलचित्र ‘कुमारी’ का कलाकारहरूसँग अन्तरक्रिया, तथा चलचित्र कुमारी प्रदर्शन, चलचित्रबारे अनुभव आदानप्रदान तथा कुमारी चलचित्र टिमको लाइभ पोर्ट्रेट प्रस्तुति सम्पन्न भएको छ। कार्यक्रममा नेपालकी प्रथम नायिका भुवन चन्द को प्रमुख आतिथ्यता रहेको थियो। साथै चैत्यदेवी सिंह, प्रेम बस्न्यात,  बिष्णुगोपाल श्रेष्ठ, लक्ष्मी श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो। महोत्सवमा विभिन्न स्रष्टा, कलाकार, निर्देशक तथा सरोकारवालाबीच अनुभव आदानप्रदान र अन्तरक्रियाका कार्यक्रमहरू पनि समावेश गरिएको छ।

चलचित्र विकास बोर्डले यो महोत्सवमार्फत नेपाली चलचित्र क्षेत्रमा महिलाको योगदान, संघर्ष, सिर्जना र नेतृत्वलाई थप उजागर गर्दै महिला सशक्तीकरणको सन्देश प्रवाह गर्ने उद्देश्य राखेको जनाएको छ।

कार्यक्रममा बोल्दै चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी ले नेपाली चलचित्र क्षेत्रमा महिलाको भूमिका केवल अभिनय वा प्रस्तुतिमा सीमित नभई सिर्जना, नेतृत्व, व्यवस्थापन र सामाजिक रूपान्तरणसम्म फैलिएको उल्लेख गरे। उनले महिला चलचित्रकर्मीहरूको क्षमता, योगदान र संघर्षलाई संस्थागत रूपमा सम्मान गर्दै यस्ता महोत्सवले नयाँ पुस्तालाई प्रेरणा दिने विश्वास व्यक्त गरे। साथै, चलचित्र क्षेत्रलाई अझ समावेशी, सशक्त र मर्यादित बनाउन बोर्ड निरन्तर प्रतिबद्ध रहेको बताए।