| साप्ताहिक बक्स अफिस रिपोर्ट (कार्तिक ८, शनिबार राति ११:५९ सम्म)
10 months, 2 weeks ago |
| किर्तिपुरमा सिनेप्लेक्स हल–२ उद्घाटन, चलचित्र विकास बोर्डद्वारा विशेष प्याकेज घोषणा
1 year ago |
| चलचित्रकर्मीहरुको स्वास्थ्य बीमा कार्यक्रम २०८२
1 year ago |
| चलचित्र विकास बोर्डद्वारा २५ जनालाई ड्रोन दक्षता प्रमाणपत्र र २२ विद्यार्थीलाई छात्रवृत्ति वितरण
1 year, 1 month ago |
| चलचित्र विकास बोर्डद्वारा आर्थिक सहायता हस्तान्तरण
1 year, 1 month ago |
काठमाडौं । चलचित्र विकास बोर्डको आयोजनामा अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर चार दिने महिला चलचित्र महोत्सव सुरु भएको छ। महिला सशक्तीकरणलाई केन्द्रमा राखेर आयोजना गरिएको यो महोत्सव २० गते समापन हुने छ। महोत्सवमा महिला विषयमा आधारित चलचित्र ‘कुमारी’ र ‘जीवन काँडाकी फूल’ प्रदर्शन, अन्तरक्रिया, सम्मान तथा विशेष सांस्कृतिक कार्यक्रम समावेश गरिएका छन्।
महोत्सवअन्तर्गत पहिलो दिन महिला चलचित्रकर्मी सशक्तिकरण समितिको परिचयात्मक भिडियो प्रदर्शन, चलचित्र ‘कुमारी’ का कलाकारहरूसँग अन्तरक्रिया, तथा चलचित्र कुमारी प्रदर्शन, चलचित्रबारे अनुभव आदानप्रदान तथा कुमारी चलचित्र टिमको लाइभ पोर्ट्रेट प्रस्तुति सम्पन्न भएको छ। कार्यक्रममा नेपालकी प्रथम नायिका भुवन चन्द को प्रमुख आतिथ्यता रहेको थियो। साथै चैत्यदेवी सिंह, प्रेम बस्न्यात, बिष्णुगोपाल श्रेष्ठ, लक्ष्मी श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो। महोत्सवमा विभिन्न स्रष्टा, कलाकार, निर्देशक तथा सरोकारवालाबीच अनुभव आदानप्रदान र अन्तरक्रियाका कार्यक्रमहरू पनि समावेश गरिएको छ।
चलचित्र विकास बोर्डले यो महोत्सवमार्फत नेपाली चलचित्र क्षेत्रमा महिलाको योगदान, संघर्ष, सिर्जना र नेतृत्वलाई थप उजागर गर्दै महिला सशक्तीकरणको सन्देश प्रवाह गर्ने उद्देश्य राखेको जनाएको छ।
