| चलचित्र विकास बोर्डको सहकार्यमा Unmanned (Drone) Aircraft Association of Nepal (UDAAN) द्वारा आयोजना गरिएको नेपालको पहिलो Drone Seminar & Panel Discussion सम्पन्न
6 months, 3 weeks ago |
| १ महिने भिडियोग्राफी एवम् फोटोग्राफी कार्यशाला सफलतापूर्वक सम्पन्न
6 months, 3 weeks ago |
| डल्वीबाट प्रमाणित म्युजिक नेपाल अडियो भिजुअलको "सगरमाथा Atmos Mix Stage" समुद्घाटन
6 months, 3 weeks ago |
| चलचित्र विकास शुल्क पोर्टलसम्बन्धी तालिम सम्पन्न, २७ सिनेमा हल सहभागी
6 months, 4 weeks ago |
| चलचित्र विकास बोर्डबाट १५ समिति गठन, परिचयपत्र वितरण सम्पन्न
7 months, 1 week ago |
काठमाडौं — चलचित्र विकास बोर्डले नेपाली चलचित्र क्षेत्रमा आधुनिक प्रविधिको प्रयोगलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित दुई महत्वपूर्ण तालिम कार्यक्रम एकैसाथ सुरु गरेको छ। बोर्डद्वारा आयोजना गरिएको दुई दिने एआई फिल्ममेकिङ तालिम र १० दिने ड्रोन तालिम कार्यक्रम आजबाट औपचारिक रूपमा सुरु भएका हुन्। यी दुवै कार्यक्रममा गरी कुल १७६ जना सहभागी प्रत्यक्ष रूपमा लाभान्वित हुने भएका छन्।
नेपाल एआई फिल्म अलायन्स (NAIFA) को सहकार्यमा सञ्चालन भइरहेको एआई तालिममा १५१ जना सहभागीको उल्लेखनीय उपस्थिति रहेको छ। “Cinematic AI: From Script to Screen with Artificial Intelligence” शीर्षकमा सञ्चालन भइरहेको उक्त तालिममा सहभागीहरूलाई कृत्रिम बुद्धिमत्ता (AI) प्रयोग गरेर कथा लेखन, स्टोरीबोर्ड निर्माण, भिडियो उत्पादन तथा डिजिटल फिल्म निर्माणका आधुनिक प्रविधिहरूबारे प्रशिक्षण दिइनेछ। यस तालिममा करुण थापा, मौसम पुरी लगायतले प्रशिक्षण दिने कार्यक्रम रहेको छ।
त्यसैगरी, रजत वर्षको अवसरमा सञ्चालन गरिएको १० दिने ड्रोन तालिम कार्यक्रममा २५ जना सहभागी चयन गरिएको छ। चलचित्र छायांकनमा ड्रोन प्रविधिको प्रभावकारी प्रयोगलाई लक्षित गर्दै आयोजना गरिएको उक्त तालिममा भारतको वायुरगाथा ड्रोन कम्पनीका प्रशिक्षक मथिशर्मा जी, मणिभारथ वी र पार्थसारथी बी ले प्रशिक्षण दिनेछन्। साथै नेपालका अनुभवी प्रशिक्षकहरू प्रविन भट्टराई (ड्रोन हव नेपालका सञ्चालक तथा लुम्बिनी विश्वविद्यालयका ड्रोन विभाग प्रमुख), प्रभु एयरका पाइलट क्या पाल्देन शेर्पा, इन्स्पेक्टर रमेश शाह, आदर्श राज भुसाल र शाश्वत रिजाल लगायतको समेत प्रशिक्षण रहनेछ।
मानवरहित विमान संघ (उडान) को सहकार्यमा आयोजना गरिएको ड्रोन तालिम कार्यक्रमको उद्घाटन समारोहमा उडानका अध्यक्ष राजभाई सुवाल तथा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी लगायतको उपस्थिति रहेको थियो।
चलचित्र विकास बोर्डका अनुसार यी कार्यक्रमहरूले नेपाली चलचित्र उद्योगलाई आधुनिक प्रविधिसँग जोड्दै दक्ष जनशक्ति उत्पादन गर्ने विश्वास लिइएको छ। बोर्डले पछिल्लो समय एआई, ड्रोन, साउन्ड र डिजिटल प्रविधिमा आधारित यस्ता तालिमहरू सञ्चालन गर्दै फिल्म क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउने प्रयास गरिरहेको जनाएको छ।






