| विशिष्ट चलचित्रकर्मी श्रेणी तथा चलचित्रकर्मी श्रेणी परिचयपत्र प्राप्त चलचित्रकर्मीहरु । मिति २०७३/०१/०७ देखि मिति २०८१/०८/०५ सम्म
3 years, 2 months ago |
| चलचित्र विकास बोर्डमा रक्तदान कार्यक्रम सम्पन्न
2 months, 3 weeks ago |
| बोर्डको वार्षिकोत्सव पूर्वसन्ध्यामा मृगस्थलीमा वृक्षारोपण
2 months, 3 weeks ago |
| लालबन्दीमा चलचित्र विकास शुल्क पोर्टलसम्बन्धी तालिम सम्पन्न
2 months, 3 weeks ago |
| मातृभाषामा चलचित्र, लघु चलचित्र तथा वृत्तचित्र निर्माणका लागि पटकथा लेखन प्रशिक्षण तथा कार्यशाला गोष्ठी सफलतापूर्वक सम्पन्न
2 months, 3 weeks ago |
भ्वाइस एक्टिङ एण्ड डबिङ तालिम सम्पन्न, १७४ प्रशिक्षार्थी लाभान्वित
काठमाडौं — चलचित्र विकास बोर्डद्वारा आयोजित तीन दिने ‘भ्वाइस एक्टिङ एण्ड डबिङ’ तालिम सफलतापूर्वक सम्पन्न भएको छ। हलिउड तथा बलिउडका विभिन्न अन्तर्राष्ट्रिय परियोजनामा काम गरिसकेका भारतीय भ्वाइस विशेषज्ञ अमित देओन्दी को प्रमुख प्रशिक्षणमा सञ्चालन भएको उक्त तालिमबाट १७४ जना प्रशिक्षार्थीहरू लाभान्वित भएका छन्।
तालिममा सहभागीहरूले भ्वाइस एक्टिङ, डबिङ प्रविधि, पात्रअनुसार आवाज प्रयोग, संवाद अभिव्यक्ति, स्टुडियो डबिङ प्रक्रिया तथा साउन्ड एडिटिङ सम्बन्धी सैद्धान्तिक तथा प्रयोगात्मक ज्ञान हासिल गरेका छन्। सहभागीहरूले तालिमलाई अत्यन्तै व्यवहारिक, प्रभावकारी र अन्तर्राष्ट्रिय स्तरको अनुभव प्रदान गर्ने खालको भएको प्रतिक्रिया दिएका छन्।
समापन समारोहमा बोल्दै चलचित्र विकास बोर्डका अध्यक्ष तथा निर्देशक दिनेश डिसी ले नेपाली चलचित्रलाई विश्वस्तरमा पुर्याउन आवाज र अभिनयको संयोजन अत्यन्त महत्वपूर्ण रहेको बताए।
उनले भने, “भ्वाइस एक्टिङ र डबिङ केवल प्रविधि मात्र होइन, यो अभिनयको आत्मा हो। यसलाई सशक्त बनाउन सके नेपाली चलचित्रले नयाँ बजार र नयाँ दर्शक प्राप्त गर्न सक्छ।”
प्रमुख प्रशिक्षक अमित देओन्दी ले नेपाली सहभागीहरूको उत्साह र प्रतिभाको प्रशंसा गर्दै भविष्यमा अझ उन्नत सहकार्यको सम्भावना रहेको बताए।
उनले भने, “नेपाली कलाकारहरूमा अद्भुत क्षमता छ। सही प्रशिक्षण र निरन्तर अभ्यासले यहाँको भ्वाइस एक्टिङलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन सकिन्छ।”
चलचित्र विकास बोर्डका अनुसार उक्त तालिमले नेपाली चलचित्र क्षेत्रमा भ्वाइस एक्टिङ र डबिङको गुणस्तर सुधार गर्दै दक्ष जनशक्ति उत्पादनमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।


