badapatra


चलचित्र विकास बोर्डको सहकार्यमा ७औँ अन्तर्राष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सव सुरु

7 months, 3 weeks ago

चलचित्र विकास बोर्डद्वारा आयोजना गरिएको पाँचदिने ‘सिनेमा साक्षरता (साक्षात्कार) कार्यक्रम’ तनहुँ जिल्लामा सम्पन्न

8 months ago

गण्डकी प्रदेशका चलचित्र घरका लागि ‘चलचित्र विकास शुल्क पोर्टल’ सम्बन्धी तालिम सम्पन्न

8 months ago

चलचित्र विकास बोर्डको सहकार्यमा १४औँ नेपाल–अफ्रिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिवल (NAIFF) २०२६ सम्पन्न

8 months ago

चलचित्र विकास बोर्डको सहकार्यमा Unmanned (Drone) Aircraft Association of Nepal (UDAAN) द्वारा आयोजना गरिएको नेपालको पहिलो Drone Seminar & Panel Discussion सम्पन्न

8 months ago

चलचित्र विकास बोर्डको संग्रहालयका लागि १७१ चलचित्र पोस्टर र १० पटकथा हस्तान्तरण

6 months, 2 weeks ago| Published: March 9, 2026, 4:38 p.m. | Views: 5793


काठमाडौं। नेपाली चलचित्र इतिहास संरक्षणका लागि निर्माण भइरहेको चलचित्र विकास बोर्डको प्रस्तावित चलचित्र संग्रहालयका लागि निर्देशक दीपक तामाङ (लामा) ले महत्वपूर्ण सामग्री हस्तान्तरण गरेका छन्।


आज चलचित्र विकास बोर्डमा आयोजित कार्यक्रममा निर्देशक तामाङले १२० तामाङ चलचित्रका पोस्टर, ५१ नेपाली चलचित्रका पोस्टर तथा १० वटा चलचित्रका पटकथा बोर्डलाई हस्तान्तरण गरेका हुन्। उक्त सामग्री चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीलाई औपचारिक रूपमा बुझाइएको हो।


हस्तान्तरण कार्यक्रममा आदिवासी जनजाति चलचित्रकर्मी महासंघका कार्यवाहक अध्यक्ष भुइसल लामा, बोर्ड सदस्यहरू सन्तोष लोहनी, वीरेन्द्र भट्ट तथा गणेश प्रसाद सुवेदी लगायतको उपस्थिति रहेको थियो।


सामग्री हस्तान्तरण गर्दै निर्देशक तामाङले आफूले निर्देशन गरेका ७८ वटा चलचित्रका सम्पूर्ण स्क्रिप्ट पनि क्रमशः बोर्डलाई हस्तान्तरण गर्ने जानकारी दिए। केही चलचित्रका स्क्रिप्ट हराएकाले हाल पुनः टाइप गर्न दिइएको र तयार हुनेबित्तिकै बोर्डलाई उपलब्ध गराइने उनले बताए।


तामाङले नेपाली चलचित्रको इतिहास जोगाउन चलचित्र विकास बोर्डले थालेको ऐतिहासिक चलचित्र संग्रहालय निर्माण अभियानमा आफू र आफ्नो टिम सधैं सहयोग गर्न तयार रहेको पनि बताएका छन्।


चलचित्र विकास बोर्डले नेपाली चलचित्रको इतिहास, पोस्टर, पटकथा तथा महत्वपूर्ण दस्तावेजहरू संरक्षण गर्ने उद्देश्यले संग्रहालय निर्माण प्रक्रिया अगाडि बढाइरहेको छ। संग्रहालयले नेपाली चलचित्रको इतिहास, अध्ययन र अनुसन्धानका लागि महत्वपूर्ण केन्द्र  बन्ने अपेक्षा गरिएको छ।