badapatra


चलचित्र विकास बोर्डको सहयोगमा स्थानीय चलचित्रकर्मीको दक्षता अभिवृद्धि गर्न १ महिने भिडियोग्राफी तथा फोटोग्राफी प्रशिक्षण कार्यक्रम सुरु

1 month, 2 weeks ago

बनेपामा इन्डोर फिल्म स्टुडियो निर्माणको आर्थिक प्रस्ताव पुस ७ गते खोलिने १ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य

1 month, 2 weeks ago

साप्ताहिक बक्स अफिस रिपोर्ट – मिति २०८२ मंसिर ६ गते शनिबार, ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट @सिनेपाः, बक्सअफिस कलेक्सन

2 months, 1 week ago

चलचित्र विकास शुल्क पोर्टलको अभिमुखीकरण तथा तालिम सुरु

2 months, 2 weeks ago

संविधान दिवस २०८२को अवसरमा चलचित्रकर्मीलाई ‘सांस्कृतिक रूपान्तरण सम्मान’ प्रदान

2 months, 3 weeks ago

१ महिने भिडियोग्राफी एवम् फोटोग्राफी कार्यशाला सफलतापूर्वक सम्पन्न

2 weeks ago| Published: Jan. 21, 2026, 11:43 a.m. | Views: 419


चलचित्र विकास बोर्डको सहकार्यमा, मगर चलचित्रकर्मी संघको आयोजना तथा नेपाल पुन मगर समाजको व्यवस्थापनमा सञ्चालन गरिएको १ महिने (१०० घण्टा) भिडियोग्राफी एवम् फोटोग्राफी कार्यशाला गोष्ठी माघ ३ गते शनिबार भव्य रूपमा सम्पन्न भएको छ।
पुष १ गते कास्कीको तल्लो गगनगौडास्थित धौलागिरी आमा पुन मगर समाजको प्राङ्गणमा उद्घाटन भई सञ्चालनमा आएको उक्त तालिम कार्यक्रम चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डी.सी.को प्रमुख आतिथ्यमा समापन गरिएको हो।
कार्यक्रममा नेपाल पुन मगर समाजका केन्द्रीय अध्यक्ष खमबहादुर गर्बुजा पुन मगर, मगर चलचित्रकर्मी संघका संस्थापक अध्यक्ष युवराज मास्की राना मगर, नेपाल मगर संघ तथा आदिवासी जनजाति चलचित्र महासंघका पूर्व अध्यक्ष प्रतिमाया पुन मगरलगायत विभिन्न सामाजिक तथा चलचित्र क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
चलचित्र विकास बोर्डले यस वर्षलाई “चलचित्रकर्मी दक्षता अभिवृद्वी वर्ष” का रूपमा घोषणा गर्दै सीप विकासमा विशेष प्राथमिकता दिएको छ।
मगर चलचित्र क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको कृति “मगर चलचित्र (हिजोदेखि आजसम्म)” का लेखक मेजन पुन मगरलाई चलचित्र विकास बोर्डबाट रु. ५०,००० प्रदान गर्ने निर्णय सार्वजनिक गरियो।
त्यसैगरी, मगर चलचित्रकर्मी संघको कलाकार सहायता अक्षयकोष का लागि बोर्डबाट रु. ५०,००० सहयोग घोषणा गरिएको छ।
तालिम सफलतापूर्वक सम्पन्न गर्ने ३१ जना प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र तथा पुस्तक हस्तान्तरण गरिएको थियो।
कार्यक्रममा धौलागिरी पुन मगर आमा समूह, ढुंगेपाटन पुन मगर समाज, मिस मगरका प्रतिनिधि तथा विभिन्न स्थानबाट आएका कलाकारहरूद्वारा मगर संस्कृतिलाई उजागर गर्ने सांस्कृतिक प्रस्तुतिहरू प्रस्तुत गरिएका थिए।
चलचित्र विकास बोर्ड नेपाली चलचित्र क्षेत्रको दिगो विकास, सीप अभिवृद्धि तथा आदिवासी जनजाति समुदायको सिर्जनात्मक प्रतिभा उजागर गर्न निरन्तर क्रियाशील रहने प्रतिवद्धता व्यक्त गर्दछ।