तामाङ चलचित्र संघको १७औं वार्षिकोत्सव सम्पन्न
चलचित्र विकास बोर्डको सहकार्यमा आयोजित तामाङ चलचित्र संघको १७औं वार्षिकोत्सव विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।
कार्यक्रमको विशेष आकर्षणका रूपमा छोटो तामाङ चलचित्र “अस्तु” को विशेष प्रदर्शनी गरिएको थियो। यस अवसरमा तामाङ समुदायका चलचित्रकर्मीहरुलाई “सेमरी छोरगंन” पदक प्रदान गरी उनीहरूको योगदानलाई उच्च सम्मान गरिएको थियो ।