badapatra


चलचित्र विकास बोर्ड अन्तर्गत चलचित्रकर्मी कल्याणकारी कोषबाट चलचित्रकर्मीहरुलाई सहयोग

1 year, 1 month ago

चलचित्र विकास बोर्डको सहकार्य मा भैरहेको "कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव" अन्तर्गत " रारा चलचित्र पयर्टन जलवायू समिट" कार्यक्रम सम्पन्न

1 year, 1 month ago

चलचित्र विकास बोर्डको सहकार्यमा तथा गुरुङ फिल्म्स एसोसिएसन नेपाल (जिफान) को आयोजनामा "लाईट्स-क्यामेरा कार्यशाला २०८२" सुरु

1 year, 1 month ago

चलचित्र विकास बोर्डको सहकार्यमा थामी आदिवासी जनजाति विवाह सम्बन्धी बृतचित्र निर्माण सम्पन्न

1 year, 1 month ago

चलचित्र विकास बोर्डको सहकार्यमा गुरूङ फिल्म एशोसिएसन नेपाल (जिफान)को आयोजनामा "लाईट्स-क्यामेरा कार्यशाला २०८२" हुदै

1 year, 1 month ago

चलचित्र विकास बोर्डको आयोजनामा ‘बाल चलचित्र महोत्सव, इलाम’ सम्पन्न

1 year ago| Published: May 25, 2025, 10 a.m. | Views: 10346

चलचित्र विकास बोर्डको आयोजनामा सम्पन्न ‘बाल चलचित्र महोत्सव, इलाम’ ले सिनेमा, शिक्षा र पर्यटनबीचको सेतु निर्माण गर्दै बाल प्रतिभा उजागर गर्ने ऐतिहासिक अवसर प्रदान गरेको छ ।
प्रशिक्षक बद्री अधिकारीको नेतृत्वमा ३७ जना बालबालिकालाई चलचित्र निर्माण प्रशिक्षण कार्यशालामार्फत उनीहरूकै लेखन र अभिनयमा निर्माण गरिएको लघु चलचित्र ‘हजार सपनाहरू’ को निर्माण तथा प्रदर्शन, घुम्ती सिनेमा तथा सिनेमा साक्षरता अभियान मार्फत चलचित्र "एन्जिला"को प्रदर्शन, बाल चलचित्र प्रदर्शनी अन्तर्गत “शिलावाला”, “घुर्मी”, “द स्कुल वाल” र “पाउलो” चलचित्रहरू गौतम बुद्ध हलमा प्रस्तुत र सेलिब्रेटीसँग बालबालिका कार्यक्रम जस्ता विविध गतिविधिहरूले महोत्सवलाई समृद्ध बनाएको छ।
समापन समारोहमा इलाम नगरपालिकाका मेयर केदार थापा, उपमेयर विष्णु कुमारी लिम्बु, इलाम न. पा.का वडाअध्यक्षहरू, चलचित्र विकास बोर्ड अध्यक्ष दिनेश डिसी, सदस्य एवं प्रवक्ता सन्तोष बाबु लोहनी, कला क्षेत्रका हस्तीहरू बसुन्धरा भुसाल, गौरी मल्ल, मोहन निरौला, राधेश्याम लेकाली, पुनम क्षेत्री, जनकदीप पराजुली, मिलन चाम्स, प्रेम कुमार श्रेष्ठ, श्रीदेव भट्टराई, बालकृष्ण निरौला, रोहन सेञ्चुरी लगायतको उपस्थिति रहेको थियो।
इलाम न.पा. को सहकार्य एवं कोशी प्रदेश सरकार तथा नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा कोशी प्रदेश भ्रमण वर्ष २०८२ लाई सफल बनाउन सिनेमा र पर्यटन प्रवर्द्धन गर्ने उद्येश्यले आयोजित यो कार्यक्रमले ईलामको सांस्कृतिक एवं पर्यटकीय पहिचानलाई थप बलियो बनाउदै इलाममा प्रदेश सरकारको सहयोगमा इलाम नगरपालिका परिसरमा निर्माणाधीन दुई चलचित्र घरको प्रवर्द्धन समेत रहेको छ ।
यस कार्यक्रमको संयोजक चलचित्र विकास बोर्ड सदस्य एवं प्रवक्ता सन्तोष बाबु लोहनी हुनुहुन्छ भने स्थानीय संयोजन नेपाल चलचित्रकर्मी संघ कोशी प्रदेशले गरेको थियो । संघका अध्यक्ष चलचित्र विकास बोर्डको अन्तराष्ट्रिय चलचित्र प्रवर्द्धन समितिका सदस्य समेत रहेका केवल तामाङ हुनुहुन्छ।