badapatra


चलचित्र विकास बोर्डको सहकार्यमा थामी आदिवासी जनजाति विवाह सम्बन्धी बृतचित्र निर्माण सम्पन्न

1 year, 3 months ago| Published: May 4, 2025, 11:08 a.m. | Views: 8628

चलचित्र विकास बोर्डको सहकार्यमा थामी जातिको लोप हुन लागेको संस्कृति विशेषगरी विवाह परम्पराको संरक्षण गर्ने उद्देश्यले निर्मित वृत्तचित्रको छायाङ्कन कार्य कालिञ्चोक गाउँपालिका–५, दोलखा स्थित थामी समुदायको बाहुल्यता रहेको लापिलाङको कापाराङ बस्तीमा थामी चलचित्र संघको आयोजना तथा ब्यबस्थापनमा सफलतापूर्वक सम्पन्न भएको छ।
यस वृत्तचित्रले थामी समुदायको मौलिक परम्परा, संस्कृति र पहिचानलाई उजागर गर्दै भावी पुस्ताका लागि महत्वपूर्ण दस्तावेजको रूपमा कार्य गर्ने विश्वास गरिएको छ।
मौलिक, विविधतायुक्त र लोपोन्मुख संस्कृति संरक्षणको प्रयासमा चलचित्र विकास बोर्ड साथ छ ।