/ Rara Lake


PLACES NEARBY: | Gamgadhi | Sinja Valley | Jumla Bazar |

  LANDSCAPES


  FACILITIES


  HOW TO REACH

Car/Jeep        3 days (Kathmandu-Nepalgunj-Kalikot-Topla)

Bus               12 hours (500 kms to Nepalgunj)

Airplane       1 hour (Kathmandu to Nepalgunj)
    35 minutes (
Nepalgunj to Talcha)

Walk             2 hours (Talcha or Topla to Rara Lake)


In terms of geography, Nepal's largest lake, Rara is located at 3,000 m. It is spread over 167 meters in depth, 5.1 km in length and 2.7 km in width. The length of the shore is 141.3 km. It takes around four hours to hike the lake.

The lake is located in Mugu district. Chuchemara hill at 4,087m is the best vantage point to enjoy magnificent views of the deep blue lake, the forested hillsides and the snow-capped peaks.

The lake is the major highlight of the Rara National Park established in 2032 BS. Its area is 106 square km. 90 percent of the area of ​​Mugu district and the rest of the Jumla district comprises of the national park. To capture the entire lake in one frame, you have to climb to the top of Murma (3,726 m) towards west-north of the lake.

Boating facility is available on the lake. Another beauty is the hawk species found here.

Religiously Rara Mahadev, Chhabru Mahadev and Laguda are pilgrim centres. Rara has an army guild and park office.The Rokaya community has over 80 houses in the Murma village.

Rara is considered a heaven for yoga and meditation, and can be visited throughout the year. In the monsoon, different kinds of flowers bloom on the lake shore. Between mid December and mid February, it snows here. The mountain open for trekking in mid September to mid November.

The best time to visit Rara is from mid September to mid December.

 

How to reach

      By road: It’s a three-day road trip from Kathmandu to Rara Tal. The first base is in Nepalgunj, the second at Kalikot, Nagma and the third is at Rara.

      By air: Kathmandu-Nepalgunj an hour flight. Nepalgunj-Talcha 35 minutes flight.
Talcha-Rara 2 hours walk.


रारा ताल

भूगोलका हिसाबले नेपालको ठूलो ताल हो रारा । मुगु जिल्लामा अवस्थित यस तालको पृष्ठभूमिमा छायानाथ र ऋणमोक्ष हिउँचुली छन् । बिहान तालको पानी स्थिर हुन्छ । त्यति बेला पानीमा हिमचुली टल्किन्छन् ।

सानो उपत्यका हो रारा । वरिपरि जङ्गलमाझमा ताल (३,००० मि.) छ । यो ताल १६७ मिटर गहिराइ, ५.१ किलोमिटर लम्बाइ र २.७ किलोमिटर चौडाइमा फैलेको छ । किनारको लम्बाइ १४.६ किलोमिटर छ । हिंडेर तालको फन्को मार्न चार घण्टा लाग्छ ।

सरकारले वि.सं. २०३२ सालमा रारा राष्ट्रिय निकुञ्ज बनाएको थियो । त्यसको क्षेत्रफल १०६ वर्गकि.मि. छ । मुगु जिल्लाको ९० प्रतिशत भूभाग र बाँकी जुम्ला जिल्लाको भूभाग समेटेर निकुञ्ज बनाइएको हो । सिङ्गो ताललाई एउटै फ्रेममा खिच्न तालबाट पश्चिमउत्तर भेकको मुर्मा टप (३,७२६ मि.) चढ्नुपर्छ । मुर्मा गाउँमा रोकाया (क्षत्री) का ८० घर छन् ।

तालमा डुङ्गा चढ्ने सुविधा छ । तालको अर्को सौन्दर्य हाँस प्रजातिका चरा हुन् ।

धार्मिक रूपमा रारा महादेव, छाब्रु महादेव र लागुडा तीर्थ छन् । रारामा सेनाको गुल्म र निकुञ्ज कार्यालय छ ।

योग र ध्यानका लागि रारा स्वर्गै हो । रारा वर्षैभरि घुम्न सकिन्छ । बर्खामा ताल किनारमा रङविरङका पूmल फुल्छन् । पुसमाघमा हिउँ पर्छ । असोजकात्तिकमा हिमाल खुल्छ ।

असोजदेखि मंसिरसम्म रारा घुम्ने उत्तम समय हो ।

कसरी पुग्नेः

काठमाडौंबाट सडक यात्रामा जाँदा तेस्रो दिनमा रारा ताल पुगिन्छ । पहिलो बास नेपालगन्ज, दोस्रो कालीकोटको नाग्ममा र तेस्रो बास रारामा । मुगु सदरमुकाम गमगढी जोड्ने सडकको तोप्लासम्म मोटरमा गएर त्यहाँबाट दुई घण्टा हिंडेपछि रारा ताल पुगिन्छ । अथवा काठमाडौंनेपालगन्ज १ घण्टा हवाई यात्रा । नेपालगन्जबाट मुगुको ताल्चा हवाई उडान ३५ मिनेट । ताल्चाबाट दुई घण्टामा रारा ताल पुग्न सकिन्छ ।


Gallery