Car/Jeep 6
hours (200 kms to Pokhara)
Bus 6 hours (200 kms to Pokhara)
Airplane 25 minutes (to Pokhara)
Pokhara lies on the shores of the Phewa lake and is the most
popular tourist destination of Nepal. Scenic and pristine, it is the city of
lakes, caves, temples, monasteries, rivers and waterfalls.
Pokhara serves as the base for trekkers on the Annapurna range, and offers
incredible adventure sport activities like paragliding, ultra-light
flights, bungee jump, canoeing and zip flying. The lakeside is
popular with visitors for its shops, restaurants and bars, or boating on the lake.
Several mountains are visible from Pokhara including Dhaulagiri, Annapurna, Manaslu and the beautiful Machapuchchare (fish tail). Pokhara is the gateway to the Annapurna Circuit: Panchase, Sikles, Annapurna Base Camp, Mardi Base Camp and Dhaulagiri Circuit.
There are nine lakes in the valley including the Phewatal,
Begnas, Khaste, Rupatal, Maidi, Dipang, Neureni, Kamal and Gunde. There are also several
many caves that catch the fascination of travelers like Mahendra gufa, Chemare gufa and Gupteshwar. The Seti River is another
attraction of Pokhara. Kayaking is done on the Seti
River and on Phewatal. From Pokhara, trekkers and hikers
go into the surrounding mountains to explore and experience the local lifestyle
of Kahunkot, Sarangkot, Pumdibhumi, Anadu, Dhampus, Lumle, Sikles, Lwanghalel,
Tangting, Nirmalpokhari, Bharatpokhari, Hemjakot, Astam and Sundari Danda.
Pokhara offers a range of beautiful resorts,
hotels for every budget and home stay. The Gurungs, Magars, Chhetris, Bahuns, Thakalis and Newar communities make up the
ethnic diversity of the place.
Pokhara can be visited all year round. The best
time is from mid September to mid February.
How to reach
By road:
Kathmandu-Pokhara 200 km, six hours by bus
By air: Kathmandu –Pokhara 25 minutes flight.
पोखरा
पर्यटकीय
केन्द्रका रूपमा स्थापित पोखरा एउटा उपत्यका हो । त्यहाँ हिमाल, ताल, गुफा, मन्दिर, गुम्बा, नदी र झरना आदि सम्पदा छन् । पोखरामा प्याराग्लाइडिङ, अल्ट्रालाइट, बन्जी–जम्प, क्यानोनिङ र जीप फ्ल्याएर जस्ता
साहसिक खेल गतिविधि पनि गरिन्छ ।
पोखराबाट
धौलागिरि, माछापुच्छे«, पुठ्ठा हिउँचुली, मोदित्से, अन्नपूर्ण, हिउँचुली, नीलगिरि, मर्दी, लमजुङ, मनास्लु लगायत दर्जनौं हिमाल देखिन्छ । उपत्यकामा फेवाताल, बेगनास ताल, कमल ताल, रूपा ताल, खास्टे ताल, दिपाङ ताल, गुँदे ताल, मैदी ताल र न्युरेनी ताल गरी नौवटा ताल छन् ।
गुफा पनि धेरै
छन् — महेन्द्र गुफा, चमेरे गुफा, गुप्तेश्वर गुफा आदि । गुप्तेश्वर
गुफाभित्रबाट छाँगो (डेभिज फल्स) देखिन्छ । त्यस्तै जमिनमुनि भासिएर बगेकी सेती
नदी पोखराको अर्को आकर्षण हो । सेती नदी र फेवा तालमा कायाकिङ गरिन्छ । पोखरामा
आधा दर्जन संग्रहालय छन् । तीन ठाउँमा तिब्बती शरणार्थीहरूको क्याम्प छ जहाँ
तिब्बती जीवनशैलीको झल्को मिल्छ ।
पोखरा उपत्यका
सेरोफेरोका काहुँकोट, सराङकोट, पुम्दीभुम्दी, अनदु, धम्पुस, लुम्ले, सिक्लेस, ल्वाङघलेल, ताङतिङ, निर्मलपोखरी, भरतपोखरी, हेम्जाकोट, अस्ताम, सुन्दरी डाँडा लगायतका डाँडाहरूबाट हिमाल, वनजंगल र ग्रामीण जीवनशैली अवलोकन
गर्न सकिन्छ ।
कृषि कर्मको
दृश्यका लागि हेम्जा क्षेत्र उपयुक्त छ । पोखरा अन्नपूर्ण सर्किट, पञ्चासे, सिक्लेस, अन्नपूर्ण बेस क्याम्प, मर्दी बेस क्याम्प, धौलागिरि राउन्ड लगायत पदमार्गको
प्रवेशद्वार पनि हो । सुविधायुक्त होटल तथा रिसोर्टले भरिपूर्ण पोखरालाई रिर्जोट
सिटी पनि भनिन्छ ।
विविध
जातजातिको सुन्दर बगैंचा हो पोखरा । गुरुङ, मगर, क्षत्री, बाहुन, थकाली, नेवार आदि मिलेर बसेका छन् ।
पोखरा वर्षैभरि
घुम्न सकिन्छ । असोजदेखि माघसम्म पोखरा घुम्ने उत्तम समय हो ।
कसरी पुग्नेः
काठमाडौं–पोखरा २०० कि.मि., बसमा ६ घण्टा लाग्छ । काठमाडौंको कलंकीबाट
बिहानैदेखि बस तथा माइक्रोबस छुट्छन् । अथवा काठमाडौं–पोखरा हवाई यात्रा २५ मिनेट लाग्छ ।