Car/Jeep 9
hours (313 kms to Chakhewa Bhanjyang)
Bus 11
hours (313 kms to Chakhewa Bhanjyang)
Airplane 30
minutes (to Bhojpur)
2 hours (42 kms to Chakhewa Bhanjyang via Bus/Car)
Walk 8 kms (Chakhewa Bhanjyang to Temke Danda)
Temke is a hill station in eastern Nepal.
Sunrise, sunset and the Himalayan
ranges are visible from top of Temke (3000 meters) in the
confluence of Bhojpur and Khotang districts. The mountain ranges from Manaslu, Dorje Lakpa, Numbur, Karylung, Gaurishankar, Kwangde, Choyu, Kusum Kangaroo, Thamserku, Khangatega, Kaiser, Mera Pike, Nupse, Sagarmatha, Lhotse, Chamalang, Makalu, Kumbhakarna to Kanchenjunga are visible.
Fairs take place in Temke during Shiva Ratri, Bala Chaturdashi and Ram Navami. Temke is located about eight
km from Chekhwa Bhanjyang. There is a
temple on the hill. On the hilltop there is a narrow cave where a yogi had
meditated several years back.The hill does not have electricity. There is no
hotel for food or accommodation. Temke Mundum is connected to
the trekking trail. Chakhewa Bhanjyang is the Base Camp of Temke and is the gateway to
the Mundum trail. The new trail 'Mundum Tule' has been explored to reach the
middle hill slopes where the beauty of nature can be enjoyed.
On the Mundum Trail, six mountains above 8,000 meters can
be seen- Sisapang (8027 m), Cho Oyu (8201 m) - Sagarmatha (8848 m), Lhotse (8516 m), Kanchenjunga (8586 m), and Makalu (8463 m).
Starting from Chekhwa Bhanjyang (2,300 m) of Bhojpur, the
trek will reach Dhhotre, Mayung Haaspokhari, Rawadhap, Salpa Bhanjyang (3,348
m) and Silichung (4,153 m). On the return journey, the same route comes to
Haaspokhari (2,962 m) and travels through Suntale to Bhojpur Bazar.
Temke can be visited throughout the year. From
mid September to mid December and from mid February to mid June is considered
best for Mundum Trail.
How to reach
By road: Kathmandu – Khurkot – Dittel-Chekhwa
Bhanjyang is 313 km.
By air:
Bhojpur-Kathmandu is 30 minutes flight.
Trail: Chakhewa Bhanjyang is 42 km from Bhojpur Bazar. Temka Danda is eight km from Bhanjyang. On the eight-day trek from Chakhewa Bhanjyang, the Mundum circuit is completed and reaches Bhojpur Bazar.
टेम्के
टेम्के पूर्वी नेपालको हिलस्टेशन हो । भोजपुर र खोटाङ
जिल्लाको सङ्गमस्थल टेम्के (३,००० मि.) को थाप्लोबाट सूर्योदय, सूर्यास्त
र हिमाली सौन्दर्य देखिन्छ । डाँडाबाट मनास्लु, दोर्जे
लाक्पा, नुम्बुर, कार्यालुङ, गौरीशङ्कर, क्वाङदे, चोयु, कुसुम
कङ्गारु, थामसेर्कु, खाङतेगा, क्यासर, मेरा
पिक, नुप्से, सगरमाथा, ल्होत्से, चामलाङ, मकालु, कुम्भकर्णदेखि
कञ्चनजङ्घा हिमालसम्म देखिन्छ ।
टेम्केमा शिवरात्रि, बालाचर्तुदशी
र रामनवमीमा मेला लाग्छ । मध्यपहाडी लोकमार्गको चखेवा भन्ज्याङबाट करिब ८ कि.मि.मा
अवस्थित छ । जङ्गल छिचोलेर डाँडामा पुग्दा त्यहाँ चौर भेटिन्छ । डाँडामा एउटा
शिवालय छ । डाँडाको काखमा जोगीले उहिल्यै तपस्या गरेको साँघुरो गुफा पनि छ ।
डाँडामा बिजुली सुविधा छैन । खान–बस्न
होटल छैन । कच्ची सडक भने डाँडैसम्म छ । टेम्के मुन्दुम पदमार्गसँग जोडिएको छ ।
टेम्केको बेस क्याम्प चखेवा भन्ज्याङ मुन्दुम पदमार्गको प्रवेशद्वार हो ।
मध्यपहाडी थुम्का छिचोल्न नयाँ पदमार्ग ‘मुन्दुम टे«ल’ एक्सप्लोर
गरिएको छ जहाँ प्रकृति र किराँती संस्कृतिको सुवास पाइन्छ ।
मुन्दुम पदमार्गमा ८ हजार मिटरभन्दा अग्ला ६ वटा हिमालहरू
सिसापाङ्मा (८,०२७ मि.), चोयु
(८,२०१ मि.), सगरमाथा
(८,८४८ मि.), ल्होत्से
(८,५१६ मि.), कञ्चनजङ्घा
(८,५८६ मि.), कञ्चनजङ्घा
र मकालु (८,४६३ मि.) हिमाल आँखै सामुन्ने
देखिन्छन् ।
भोजपुरको चखेवा भन्ज्याङ (२,३००
मि.) बाट सुरु हुने पदयात्रा धोत्रे, मैयुङ
हाँसपोखरी, रावाधाप, साल्पा
भन्ज्याङ (३,३४८ मि.) हुँदै सिलिचुङ (४,१५३
मि.) सम्म पुग्छ । फर्कंदा त्यही बाटो हाँसपोखरी (२,९६२
मि.) सम्म आएर सुन्तले हुँदै भोजपुर बजारसम्म पदयात्रा गर्न सकिन्छ ।
टेम्के वर्षैभरि घुम्न सकिन्छ । असोजदेखि मंसिरसम्म र
फागुनदेखि जेठसम्म मुन्दुम पदमार्ग घुम्ने उक्तम समय हो ।
कसरी पुग्नेः
काठमाडौं–खुर्कोट–दिक्तेल–चखेवा
भन्ज्याङ ३१३ कि.मि. बसमा यात्रा गर्ने । अथवा भोजपुर–काठमाडौं
हवाई यात्रा ३० मिनेट । भोजपुर बजारबाट ४२ कि.मि.मा चखेवा भन्ज्याङ । भन्ज्याङबाट
आठ कि.मि. दूरीमा टेम्केडाँडा । चखेवा भन्ज्याङबाट आठ दिन पदयात्रामा मुन्दुम
सर्किट पूरा गरेर भोजपुर बजार पुगिन्छ ।