/ Kalinchowk


PLACES NEARBY: | Bhimeshwar | Mude | Shailung |

  LANDSCAPES


  FACILITIES


  HOW TO REACH

Car/Jeep          7 hours (150 kms to Kalinchowk)

Bus                 6 hours (133 kms to Charikot)
      2 hours (17 kms to Kuri from Charikot by Jeep)

Walk               1 hour (to Kalinchok)

Cable car       4 minutes (Kuri village to Kalinchowk)


Kalinchowk of Dolakha district is a place of religious and natural importance. There is a lake, a few ghats and thousands of tridents in Kalinchowk (3,842 m). Pilgrims visit Kalinchowk Bhagwati with the belief that all their wishes will be fulfilled. Huge fairs are organised during Baisakhi Purnima, Janai Purnima and Maha Ashtami.

From the hilltop, mountains like Ganesh Himal, Langtang, Gauri Shankar, Numbur, Dorje Lakpa, Cho Oyu and Sagarmatha are seen.

It snows from December to February in Kalinchowk. From April to June, rhododendrons flowers bloom in full glory in the jungle. There are no settlements on the hill. Kalinchowk Base Camp, Kuri Bhanjyang has four dozen houses, all of which are hotels.

Another attraction of the Kalinchowk area is the Bhimeshwar temple, which is located in Dolakha Bazar. Bhimeshwar is the favoured deity of the Newar community. The ancient town of Dolakha has old-fashioned houses and some modern hotels.

Another attractive destination of Dolakha is Shailung. The city is situated at a distance of 68 km from Kalinchowk. Shailung (3,146 meters) is a holy pilgrimage site for both Hindus and Buddhists, and is the confluence of Dolakha and Ramechhap districts. There is a motorway up the hill. The mountain has wide terrain. There are Baghdunga and traces of Guru Padmasambhava footsteps. On the lap of the hills, Shailungeshwor Mahadev and Godavari caves are located.

On the south side of the hill there is Kholakharka bazar where hotel and homestay facilities are available.

The best time to visit Kalinchowk is from mid-September to mid-December.

 

How to reach

      By road: From Kathmandu to Charikot, 133 km, six hours by bus. Charikot-Kuri 17 km, two hours by jeep. Kuri-Kalinchowk is four minutes by cable car or an hour’s walk.

 

कालिञ्चोक

दोलखा जिल्लाको धार्मिक एवं प्राकृतिक महत्व बोकेको ठाउँ हो कालिञ्चोक । कालिञ्चोक (३,८४२ मि.) मा खुला आकाशमुनि एउटा कुण्ड, केही घण्ट र हजारौं त्रिशूल छन् । मनोकामना पूरा हुने विश्वासले तीर्थालु कालिञ्चोक भगवतीको दर्शन गर्छन् । वैशाखे पूर्णिमा, जनै पूर्णिमा र महाअष्टमीमा यहाँ ठूलो मेला लाग्छ ।

डाँडामा सम्म ठाउँ छ । त्यहाँबाट गणेश, लाङटाङ, गौरीशंकर, मेलुङ्ग्से, नुम्बुर, दोर्जे लाक्पा, चोयु हुँदै सगरमाथा हिमालसम्मको लामो फेरो देखिन्छ । डाँडाबाट सूर्योदय र सूर्यास्त पनि राम्रो देखिन्छ ।

कालिञ्चोकमा पुसमाघमा हिउँ पर्छ । वैशाखजेठमा गुराँसले जंगल राताम्मे हुन्छ । डाँडामा बस्ती छैन, कालिञ्चोक बेस क्याम्प कुरी भन्ज्याङमा चार दर्जन घर छन्, ती सबै होटल हुन् ।

कालिञ्चोक क्षेत्रको अर्को आकर्षण भीमेश्वर मन्दिर हो । डाँडा मुन्तिर दोलखा बजारमा भीमेश्वरको मन्दिर छ । भीमेश्वर नेवार समुदायका इष्ट देवता हुन् । प्राचीन बस्ती दोलखामा पुराना शैलीका घर र केही आधुनिक होटल छन् ।

दोलखाको अर्को आकर्षक गन्तव्य शैलुङ हो । कालिञ्चोकबाट ६८ कि.मि. दूरीमा अवस्थित शैलुङमा १०८ वटा थुम्का छन् । झट्ट हेर्दा धानको राश जस्ता देखिन्छन् शैलुङका थुम्का । हिन्दू र बौद्धमार्गी दुवैको पवित्र तीर्थस्थल हो शैलुङ (३,१४६ मि.) ।

दोलखा र रामेछाप जिल्लाको संगम मानिन्छ शैलुङ । डाँडाको फेदीसम्म मोटर बाटो छ । डाँडामा फराकिलो भूभाग छ । त्यहाँ बाघढुंगा, छोर्तेनहरू र गुरु पद्यसम्भवका पाइला छन् । शैलुङबाट पनि कालिञ्चोकबाट देखिए जस्तै हिमाली लर्कन देखिन्छ । डाँडाको काखमा शैलुङेश्वर महादेव र गोदावरी गुफा छन् ।

डाँडाको दक्षिणतिर खोलाखर्क बजार छ । त्यहाँ होटल तथा रिसोर्ट सुविधा छ ।

असोजदेखि मंसिरसम्म कालिञ्चोक घुम्ने उत्तम समय हो ।

कसरी पुग्नेः

काठमाडौंदेखि चरिकोटसम्म १३३ कि.मि. बस यात्रामा ६ घण्टा लाग्छ । चरिकोटकुरी १७ कि.मि. छ, जीपमा दुई घण्टा लाग्छ । कुरीबाट केवलकारमा चार मिनेट र हिंडेर जाँदा एक घण्टामा कालिञ्चोक पुगिन्छ ।


Gallery