Car/Jeep 8 hours
(260 kms to Ghandruk)
Bus 6 hours
(200 kms to Pokhara)
2 hours (60 kms to Ghandruk)
Airplane 25 minutes
(to Pokhara)
Walk 10
hours (Ghandruk to
Ghodepani)
1 hour (Godepani to Poonhil)
The hill station of Myagdi
district is located in the Annapurna Conservation Area
Project. From Poonhil (3210 m), mountains like Dhaulagiri, Annapurna, Fish Tail, Lamjung are
visible. Mt Dhaulagiri can be viewed from
the base to the top. There is an iron tower on the hill surrounded
by dense rhododendron forest. On top of
the hill there is a wide area from which the Himalayas can be seen. There
are no settlements on the hill but there are five dozen hotels in the Poonhill Base Camp in
Ghodepani inhabited largely by the Magar community. The name Poonhill is derived from the Pun community who live here.
An hour’s uphill trek leads to Poonhill from Ghodepani. It is
best to travel to Poonhill from Pokhara passing Ghandruk. During Ghorepani
trek, one will encounter Gurung settlements while
passing Ghandruk. It is renowned worldwide for its
Himalayan beauty, hospitality and culture. From the village, the Annapurna South, Himchuli and Fishtail mountains are
visible.
Throughout the year, the weather is pleasant in Ghandruk (2020 m) where the
houses are made of stone. Ghandruk comprises of a trekking trail for
Ghodepani, Hidden Lake, Khopra and Annapurna Sanctuary. The
village offers homestay, hotels a museum.
If one wants to reach Poonhill without passing Ghandruk, you should drive
through the new bridge in Pokhara and pass Tikhedhunga. Jeep drives uphill
to Ulleri and from there Ghodepani can be reached on the same day. There is
also the Karbakeli trail to Beni Bazar passing Poonhil’s
Karbakeli temple.
The best time to visit Poonhill is from mid-September
to mid-December and mid-February to mid-May.
How to reach
By road:
Kathmandu - Pokhara 200 km, six hours by bus.
By air: Kathmandu - Pokhara 25 minutes flight. Pokhara - Baglung Naya Pul is 31 km. Naya Pul - Ghandruk 21 km. A 10-hour trek leads to Ghorepani from Ghandruk.
पुनहिल
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना
(एक्याप) मा पर्ने म्याग्दी जिल्लाको पहाडी थुम्को हो पुनहिल । पुनहिल (३,२१० मिटर) बाट धौलागिरि, अन्नपूर्ण, माछापुच्छे«देखि लमजुङ हिमालसम्मको लामो शृङ्खला देखिन्छ । त्यति मात्र
होइन, सूर्योदय र सूर्यास्त पनि आकर्षक
हुन्छ । धौलागिरि हिमालको जरादेखि शिरसम्म नजिकै देखिन्छ ।
डाँडामा एउटा फलामे टावर छ । वरपर
बाक्लो गुराँसे जंगल । डाँडाको थाप्लोमा सम्म फराकिलो ठाउँ छ जहाँबाट हिमालय दर्शन
गर्न सकिन्छ । डाँडामा बस्ती छैन तर पुनहिल बेस क्याम्प घोडेपानीमा पाँच दर्जन
हाराहारीमा होटल छन् ।
घोडेपानीमा पुनमगरको बसोबास छ । पुन
समुदायको डाँडो भएकाले यसको नाम पुनहिल राखिएको हो । घोडेपानीबाट एक घण्टा उकालो
चढे पुनहिल पुगिन्छ । पोखराबाट घान्द्रुक हुँदै पुनहिल यात्रा गर्नु बेस हुन्छ ।
घोडेपानी पदमार्गमा पर्ने घान्द्रुक गुरुङ बस्ती हो । हिमाली सौन्दर्य, आत्मीय व्यवहार र गुरुङ संस्कृतिका लागि घान्द्रुक संसारभर
प्रख्यात छ । गाउँबाट अन्नपूर्ण साउथ, हिउँचुली र माछापुच्छे« हिमाल नजिकै
देखिन्छन् ।
वर्षैभरि शीतल हुन्छ घान्द्रुक (२,०२० मि.) मा । ढुंगैढुंगाले बनेका घर छन् । घान्द्रुक
घोडेपानी, हिडन लेक, खोप्रा र अन्नपूर्ण सेन्चुरी पदमार्गमा पर्दछ । घान्द्रुक
गाउँमा होमस्टे, होटल र संग्रहालयको सुविधा छ ।
घान्द्रुक नघुमी सोझै पुनहिल जाने हो
भने पोखराबाट नयाँपुल हुँदै तीखेढुंगा भएर उल्लेरीको उकालोसम्म जीपमा गएर त्यही
दिन घोडेपानी पुग्न सकिन्छ । पुनहिलबाट करबाकेली मन्दिर भएर बेनी बजार झर्ने
करबाकेली पदमार्ग पनि छ ।
असोजदेखि मंसिरसम्म र फागुनदेखि
वैशाखसम्म पुनहिल घुम्ने उत्तम समय हो ।
कसरी पुग्नेः
काठमाडौं–पोखरा २०० कि.मि., बसमा ६ घण्टा लाग्छ । अथवा २५ मिनेट हवाई यात्रामा काठमाडौंबाट पोखरा पुगिन्छ
। पोखरादेखि बागलुङ राजमार्गको नयाँपुलसम्म ३९ कि.मि. छ । नयाँपुल–घान्द्रुक २१ कि.मि. । पोखराको पुरानो टुँडिखेलमा घान्द्रुक
जाने बस तथा जीप पाइन्छन् । घान्द्रुकबाट १० घण्टा पदयात्रामा घोडेपानी पुगिन्छ ।