Car/Jeep 4
hours (140 kms to Manthali)
Bus 4
hours (140 kms to Manthali)
Airplane 25
minutes (Kathmandu to Lukla)
15 minutes (Manthali to Lukla)
Trek 8
days (65 kms from Lukla to Everest
Base Camp)
The world’s highest mountain’s (8,848 m) southernmost base
or Everest Base Camp at 5,364 m
is in Nepal while the northern base at 5,150 m is in China. Everest can be climbed from
both sides. For trekking, the southernmost base is considered beautiful and
falls in the Solukhumbu district.
From Kalapatthar at 5,600 m you get a 360 degree view of
the Himalayan range. The Everest trek has hotel
facility up to Gorak Shep at 5,100 m. From there it takes four hours uphill to
Kalapatthar and further three hours to the Everest Base Camp.
The journey starts from Lukla at 2860 m. During the
trek, nearby Fakding, Namche, Sangboche, Tengboche, Dingboche, Lobuche
and Pangboche are beautiful places with accommodation facilities.
Namche has a beautiful view of the mountains
including Kongde Chuli and Thamserku. From Sangboche, you
can view Mt Everest and Lhotse.
Tourists spend two nights in Namche for acclimatisation.
Crossing Dudh Khola and Khahare Khola, one has to
climb uphill. During the trek, one will find Buddhist mantras etched on stones.
There are various ancient monasteries on the pathway.
Nearby Namche lies Khumjung
Valley. Sir Edmund Hillary, the first climber to have summitted Mount Everest built a school in Khumjung
Valley under the Hillary Foundation. There is also a cave on the hill of Khumjung
where Buddhist Guru Padmasambhava meditated. This
area lies in the Everest National Park and is
inhabited by the Sherpa community.
Best time to visit Everest is from mid-September
to mid-December.
How to reach
By road:
Kathmandu - Manthali 140 km, four hours by
bus.
By air: Manthali - Lukla 15 minutes flight. Everest Base Camp can be reached on the eighth day of trekking from Lukla. The return journey to Kathmandu is four days.
सगरमाथा आधारशिविर
संसारकै अग्लो छानो सगरमाथा (८,८४८ मि.) को दक्षिणी
आधारशिविर (५,३६४ मि.) नेपालतर्फ
पर्दछ । त्यस्तै उत्तरी आधारशिविर (५,१५० मि.) चीनतिर छ । दुवैतिरबाट सगरमाथा आरोहण गर्न सकिन्छ
। पदयात्राका लागि भने नेपालतर्फको भूगोल सुन्दर मानिन्छ जुन सोलुखुम्बु जिल्लामा
पर्दछ ।
हिमाली दृश्यका लागि सगरमाथा क्षेत्रको कालापत्थर (५,६०० मि.) उपयुक्त छ
। यहाँबाट ३६० डिग्रीमा हिमालको लर्को देखिन्छ । सगरमाथा पदमार्गको गोरखसेप (५,१०० मि.) सम्म होटल
सुविधा छ । त्यहाँबाट चार घण्टा उकालो चढे कालापत्थर पुगिन्छ भने तीन घण्टामा
सगरमाथा आधारशिविर । पर्यटक कोही आधारशिविर जान्छन्, कोही कालापत्थर चढ्छन् ।
लुक्ला (२,८६० मि.) बाट पदयात्रा सुरु हुन्छ । पदमार्ग छेउछाउका
फाक्दिङ, नाम्चे, स्याङ्बोचे, तेङ्बोचे, दिंगबोचे, लोबुचे, पाङगबोचे सुन्दर
छन् जहाँ होटल सुविधा छ । नाम्चेबाट हिमालको सुन्दर दृश्य देखिन्छ । कोङदे चुली, थामसेर्कु, आमादब्लम लगायत
हिमाल । माथि स्याङ्बोचेबाट सगरमाथा र लोत्से लगायत हिमाल पनि देखिन्छन् ।
पर्यटकहरू ‘एक्लमटाइज’ हुन नाम्चेमा दुई रात बिताउँछन् । यात्रामा डरलाग्दा
चट्टान देखिन्छ । दूधकोसी र खहरे खोला पार गर्दै उकालो चढ्नुपर्छ । पदमार्गका
दायाँबायाँ ढुङ्गामा कुँदिएका बौद्ध मन्त्र भेटिन्छन् । ठाउँठाउँमा प्राचीन गुम्बा
छन् ।
नाम्चे मास्तिर खुम्जुङ उपत्यका छ । त्यहाँ हिलारी
फाउन्डेसनको सहयोगमा बनेको विद्यालय हातामा सगरमाथामा पहिलो पटक पाइला टेक्ने सर
एडमन्ड हिलारीको सालिक छ । खुम्जुङको डाँडामा बौद्ध गुरु पद्यसम्भवले तपस्या गरेको
गुफा पनि छ ।
यो क्षेत्र सगरमाथा राष्ट्रिय निकुञ्जमा पर्दछ । निकुञ्ज
क्षेत्रमा शेर्पा समुदायको बसोबास छ ।
असोजदेखि मंसिरसम्म सगरमाथा भ्रमण गर्ने उत्तम समय हो ।
कसरी पुग्ने ः
काठमाडौं–मन्थली १४० कि.मि., बसमा चार घण्टा लाग्छ । मन्थली–लुक्ला १५ मिनेट
हवाई यात्रा । लुक्लाबाट हिंडेको आठौं दिनमा सगरमाथा बेस क्याम्प पुग्न सकिन्छ ।
फर्कंदा चार दिनमा काठमाडौं आउन सकिन्छ ।