/ Lumbini


PLACES NEARBY: | Ramgram | Jagdishpur | Tilaurakot |

  LANDSCAPES


  FACILITIES


  HOW TO REACH

Car/Jeep          6 h 30 minutes (325 kms)

Bus                 8 hours (325 kms)

Airplane         25 minutes (to Bhairahawa)
      30 minutes (Bhairahawa to
Lumbini by car/bus)


Lumbini is the birthplace of Gautam Buddha. The Maya Devi Temple marks the spot where Queen Maya Devi gave birth to Siddhartha Gautam. Surrounding the temple are the ruins of the monastery.

On the south side is the Pipal Chautari. Here the monks recite sacred chants. Outside the temple is a pillar founded by Emperor Ashoka in 249 BC. In 1997, UNESCO listed Lumbini as a World Heritage site. In 1967, UN Secretary-General Uthanta travelled to Lumbini.

In 1978, the Japanese architect Professor Kenzo Tange designed the master plan for the systematic development of Lumbini. As per the plan, 1,155 acres of land was acquired and divided into three sections. The Lumbini Master Plan, spread in an area of three square miles, oriented along the north-south axis encompasses three zones: the Sacred Garden, the Monastic Zone, and the New Lumbini village, based on the notion of the path to enlightenment.

Lumbini encompasses many temples and monasteries. There are more than 25 international monasteries built by the Buddhist countries from all around the world.  Lumbini is famous worldwide for these monasteries as well as Maya Devi Temple, the Ashoka pillar, the ancient bathing pond and Bodhi tree.

In the Lumbini area, Ramgram, Kapilvastu Durbar, Kudaan, Niglihawa, Gotihawa, Sagrahawa and Jagdishpur lake are places to visit.

Yadav, Kurmi, Chhetri, Bahun, Newar, Tharus are inhabitants of Lumbini.

The best time to visit is from mid September to mid December and from mid February to mid April.

 

How to reach

      By road: Kathmandu - Lumbini is 325 km covered by bus in eight hours.

                 By air: Kathmandu - Bhairahawa 25 minutes flight. Bhairahawa-Lumbini is 20 km.


लुम्बिनी

शाक्यमुनि गौतमबुद्धको जन्मथलो हो लुम्बिनी । उनी इसापूर्व ६२३ मा जन्मेका थिए । तिलौराकोट दरबारबाट माइती देवदह जान हिंडेकी मायादेवीले पुष्करिणी पोखरीछेउमा गौतमबुद्धलाई जन्म दिएकी थिइन् । त्यसैले लुम्बिनीमा मायादेवी मन्दिर छ ।

मन्दिर वरपर विहारका भग्नावशेष छन् । दक्षिणपट्टि पीपल चौतारी छ । त्यहाँ भिक्षु बौद्धमन्त्र जप्छन् । मन्दिरबाहिर सम्राट् अशोकले इसापूर्व २४९ मा स्थापना गरेको स्तम्भ छ । सन् १९९७ मा संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) ले लुम्बिनीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गरेको हो । सन् १९६७ मा संयुक्त राष्ट्रसंघका महासचिव उथान्त लुम्बिनी गएका थिए ।

सन् १९७८ मा जापानी वास्तुकलाविद् प्राध्यापक केन्जो टाँगेले लुम्बिनीको गुरुयोजना बनाए । योजना अनुसार ११ सय ५५ बिगाहा जग्गा अधिग्रहण गरियो । त्यसलाई तीन खण्डमा बाँडियो । तीन वर्गमाइलमा उत्तरदक्षिण फैलिएको भूमिमा उत्तरमा नयाँ लुम्बिनी गाउँ, बीचमा विहार क्षेत्र र दक्षिणमा मायादेवी मन्दिरसहित उद्यान बनाइयो ।

विहार क्षेत्रमा विभिन्न देशका विहार छन् । बीचमा नहर छ । नहरको १६ सय मिटरमा डुंगा चल्छ । नहरको एक छेउमा अखण्ड शान्ति दीप छ । नजिकै लुम्बिनी संग्रहालय छ ।

लुम्बिनी क्षेत्रका रामग्राम, कपिलवस्तु दरबार, कुदान, निग्लिहवा, गोटिहवा, सग्रहवा र जगदीशपुर ताल घुम्न लायक छन् । बुद्धको अस्तु राखिएको प्राकृतिक चैत्य रामग्राम लुम्बिनीबाट ५४ कि.मि. दूरीमा छ भने २९ कि.मि.मा कपिलवस्तु दरबार । कपिलवस्तुबाट ५ कि.मि.मा जगदीशपुर ताल ।

लुम्बिनी क्षेत्रमा यादव, कुर्मी, क्षत्री, बाहुन, नेवार, थारु आदि विभिन्न जातजातिको बसोबास छ ।

असोजदेखि मंसिरसम्म र फागुनदेखि चैतसम्म लुम्बिनी घुम्ने उत्तम समय हो ।

कसरी पुग्नेः

काठमाडौंलुम्बिनी ३२५ कि.मि. छ । काठमाडौंबाट लुम्बिनीसम्म बसमा ८ घण्टा लाग्छ अथवा काठमाडौंभैरहवा २५ मिनेट हवाई यात्रा । भैरहवालुम्बिनी २० कि.मि. । भैरहवामा लुम्बिनी जाने गाडी पाइन्छ ।

 


Gallery