Car/Jeep 13
h 30 minutes (229 kms to Panchase)
Bus 6
hours (200 kms to Pokhara)
2 hours (29 kms to Bhanjyang from Pokhara)
Airplane 25
minutes (to Pokhara)
Walk 1 h
30 minutes (Bhanjyang to Panchase peak)
Panchase is a hill station and a religious
site for Hindus. The summit of Panchase Hill (2,500m) is
often considered to be the best viewpoint to see the Annapurna Massif. However,
other giant Himalayan peaks including Dhaulagiri, Lamjung, Fish Tail and Manaslu are visible. Attractions
of Panchase includes Siddha Barah, Panchasheel
Buddha, Kuti, and Pancha Koshi lake. Shrawan Kumar’s Samadhi,
another religious spot is about 2.5 hours south downward from Panchase peak near a pond. Panchase is spread over 55
hectares of land. The area is 784 to 2,517 meters high. The flaura and fauna is
in abundant in this area and the scenery beautiful.
There are many rivers flowing from Panchase: Harpankhola and the
sources of Andhikhola, Rattikhola, Jarekhela and Setikhola.
Panchase is an ancient pilgrimage climb. The
climb itself holds great significance in Yoga. The temple of Siddha Baba (Lord Shiva), Hom Kunda, Panchasse Lake, Balaji
Phachyan Temple, Bouddha Stupas and more. Balachuturdashi is the biggest
festival in Panchase.
Shivaratri, Buddha Purnima and the entire
month of Shrawan are special occasions when devotees come for pilgrimage climb
to Panchase.
The population of Panchase is almost 1,00,000
including Gurungs, Brahmins and other ethnic
groups living in the surrounding villages.
Panchase, which is one of the most rain-receiving
places in the entire country has a pleasant weather and can be visited all year
round. During winters the Panchase peaks receive snowfall.
The best time to visit Panchase is from mid September
to mid December.
How to reach
By road:
Kathmandu to Pokhara 200 km, six hours by bus.
By air:
Kathmandu-Pokhara 25 minutes flight.
29 kms from Pokhara’s Hallanchok to Bhanjyang. About 1.5 hour walk leads to Bhanjyang. Panchase can be reached from all three districts of Syangja, Parbat and Kaski.
पञ्चासे
माछापुच्छे« हिमाल र अन्नपूर्ण हिमशृङ्खला
छयाङ्ग देखिने टाकुरा हो पञ्चासे । पञ्चासे (२,५१७ मि.) बाट सूर्योदय र सूर्यास्त पनि देखिन्छ । कास्की, पर्वत र स्याङ्जाको संगम हो
पञ्चासे । यहाँ पाँच पवित्र टाकुरा छन् । सिद्धवराह, पञ्चशील बुद्ध, कुटी, पञ्चकोसी
ताल लगायत सम्पदा पञ्चासेका आकर्षण हुन् ।
जैविक
विविधताको बगैंचा पञ्चासे ५,५००
हेक्टरमा फैलेको छ । पञ्चासे क्षेत्र ७८४ देखि २,५१७ मिटर उचाइमा छ जहाँ ६ सयभन्दा बढी प्रजातिका
वनस्पति र जडीबुटी पाइन्छन् । जंगलमा ११३ थरीका सुनाखरी फुल्छन् ।
पञ्चासेबाट
थुप्रै खोला बगेका छन् । हर्पनखोला, आँधीखोला, रतिखोला, जरेखेला र सेतीखोलाको मुहान
पञ्चासे नै हो । पञ्चासे जंगल मुन्तिरका गाउँमा करिब एक लाख जनता बस्छन् । त्यहाँ
गुरुङ, बाहुन, क्षत्री, विश्वकर्मा, परियार, मगर र नेवार लगायत जातिको बसोबास छ
।
टाकुराबाट
अढाई घण्टामा श्रवणकुमारको समाधिस्थल पुगिन्छ । टाकुरामुनि पञ्चकोसी तालको बीचमा
बाराही मन्दिर छ । त्यहाँ बालाचर्तुदशीका दिन मेला लाग्छ । मेला भर्नेहरू पञ्चकोसी
तालबाट बीउ छर्दै उकालो चढ्छन् । त्यहाँ शिवरात्रि, फागु पूर्णिमा र बुद्ध पूर्णिमामा पनि मेला लाग्छ ।
पञ्चासेमा
वर्षैभरि चिसो हुन्छ । यहाँ पुस–माघमा
हिउँ पर्छ । विदेशीमाझ ‘पञ्चासे
पदमार्ग’ प्रख्यात छ । फेवाताल
किनारबाट उकालो चढेर पहिलो दिन भुम्दी, दोस्रो दिन पञ्चासे र तेस्रो दिन पर्वतको चित्रेमा, चौथो दिन नाउडाँडासम्म पदयात्रा
गरेर पोखरा बास बस्छन् पर्यटकहरू ।
असोजदेखि
मंसिरसम्म पञ्चासे घुम्ने उत्तम समय ।
कसरी पुग्नेः
काठमाडौंदेखि पोखरा २०० कि.मि.को बाटो बसमा ६ घण्टा लाग्छ । अथवा काठमाडौं–पोखरा २५ मिनेट हवाई यात्रामा
पुगिन्छ । पोखराको हल्लनचोकदेखि भन्ज्याङसम्म २९ कि.मि. छ । भन्ज्याङबाट डेढ घण्टा
हिँडेपछि पञ्चासेको टाकुरामा पुगिन्छ । स्याङ्जा, पर्वत र कास्की तीनवटै जिल्लाबाट पञ्चासे पुग्न
सकिन्छ ।