/ Palpa


PLACES NEARBY: |

  LANDSCAPES


  FACILITIES


  HOW TO REACH

Car/Jeep        8 hours (306 kms to Tansen)

Bus               10 hours (306 kms to Tansen)

Airplane        25 minutes (to Bhairahawa)
                      2 hours (90 kms from Bhairahawa to Tansen by car/bus)


Palpa's tourism is concentrated in Tansen Bazar (1372 m), Srinagar (1492 m), Riddi and Rani Mahal. The queen of the hill, Tansen is beautiful and renowned for its Magar and Newar culture. Tansen Durbar, Tundikhel, Sheetalpati, Amar Narayan Temple, Bhagwati Temple, Chaitya and Vihar are the major attractions here.

Those who reach Tansen also visit Srinagar Hill in the morning. From Srinagar, the sunrise offers a mesmerizing sight of more than 14 mountain peaks. The Himalayan range includes Dhaulagiri, Tukuche, Nilgiri, Tilicho, Annapurna, Himchuli, Fish Tail, Lamjung, Manaslu and Ganesh Himal. There is a view tower in the hill.

In between September and November, numerous festivals based on Hindu and Buddhist mythology are celebrated. Among the festivals, the three-day Ridi Mela during Maghe Sankranti is the most famous. The festivals celebrated in Tansen include Satyawati Mela in Satyawati lake; a one-night festival, the Parvas Mela on Shiva Ratri, Lalpati Mela during Holi, and Rambha Pani Mela.

There is an ancient palace in Ranighat in Palpa which is called Rani Mahal. The palace rests calmly on a large rock on the banks of the Kali Gandaki river. The Governer Khadka Shamsher built the palace in memory of his wife Tej Kumari. The monument is said to be built as a symbol of love of the King and is a masterpiece of architecture. The Ranighat is also called the Taj Mahal of Nepal.

While the best time to visit Tansen is from mid March to mid June, the hill town can be visited all year round.

 

How to reach

      By road: Kathmandu-Tansen 306 km. One can opt for a 10 hour bus journey from Kalanki.

      Tansen-Ranimahal 13 km and Tansen-Riddi 31 km

                By air: Kathmandu - Lumbini is 25 minutes flight. Lumbini-Tansen is 90 km.


पाल्पा

पाल्पाको पर्यटन तानसेन बजार (१,३७२ मि.), श्रीनगर (१,४९२ मि.), रिडी र रानीमहलमा केन्द्रित छ । पहाडकी रानी तानसेन शीतल छ । विशेषतः मगर र नेवार संस्कृतिको केन्द्र हो । तानसेन दरबार, टुँडिखेल, शीतलपाटी, अमरनारायण मन्दिर, भगवती मन्दिर, चैत्य र विहार यहाँका आकर्षण हुन् ।

नागबेली उकालो हिंडेर बजार डुल्दा रमाइलो हुन्छ । तानसेन पुग्नेहरू बिहान श्रीनगर डाँडा नपुगी फर्कंदैनन् । डाँडाबाट सूर्योदयका साथै १४ भन्दा बढी हिमालको दन्तैलहर देखिन्छ । धौलागिरि, टुकुचे, नीलगिरि, तिलिचो, अन्नपूर्ण, हिमचुली, माछापुच्छ्रे, लमजुङ, मनास्लु, गणेश लगायतका हिमालका सौन्दर्यले मनै भरिन्छ । असोजकात्तिकमा बिहान श्रीनगरमा मेलै लाग्छ ।

सल्लाको रूखले ढाकिएको डाँडामा बुद्ध र हुनमानका मूर्ति छन् । त्यहाँ भ्यु टावर छ । टावरबाट हिमाल, माडी फाँट र तानसेन बजार देखिन्छ । तानसेन सधैं भुइँकुहिरोमा रमाउँछ । माथि डाँडाबाट हेर्दा माडीफाँट ह्वाइट लेक जस्तै देखिन्छ ।

पाल्पाको अर्को आकर्षक गन्तव्य रानीमहल हो जसलाई जुन प्रेम फूल पनि भनिन्छ । कालीगण्डकी र बराङदी खोला किनार (५३० मि.) मा तत्कालीन पश्चिम नेपालका सेनापति खड्गशमशेरले रानी तेजकुमारीको सम्झनामा बनाएको भवन रानीमहलका नाउँले चिनिएको छ । पाश्चात्य शैलीको तीनतले दरबार, हावा घर, घोडा तबेला, पाले घर र मन्दिर छन् ।

उत्तरबाट बगेर आएको कालीगण्डकी रानीमहल क्षेत्रमा उत्तरतिरै बगेको छ । उत्तरबाहिनी नदीमा नुहाउँदा, दान वा पूजा गर्दा अन्यत्र गरेभन्दा बढी फल मिल्ने विश्वास छ ।

खानामा हाँसको छोइला र चुकाउनी तानसेनका विषेशता हुन् ।

हिल स्टेशन तानसेन वर्षैभरि घुम्न सकिन्छ । चैतदेखि जेठसम्म तानसेन घुम्ने उत्तम समय हो ।

कसरी पुग्नेः

काठमाडौंतानसेन ३०६ कि.मि. । काठमाडौंको कलंकीबाट छुट्छन् तानसेन जाने बसहरू । बसले १० घण्टामा पु¥याउँछन् । तानसेनदेखि रानीमहल १३ कि.मि. छ । तानसेनरिडी ३१ कि.मि. । अथवा काठमाडौंलुम्बिनी २५ मिनेट हवाई यात्रा । लुम्बिनीतानसेन ९० कि.मि. ।


Gallery