Car/Jeep 10
h 30 minutes (461 kms via Bardibas)
Bus 14
hours (690 kms to Ilam Bazar via Mugling)
Airplane 45
minutes (to Bhadrapur)
2 hours (95 kms Bhadrapur to Ilam)
Ilam is a beautiful hill station in eastern Nepal
known for agro tourism. It is known for its orthodox tea, potatoes, milk,
ginger, sour cream, amber peppermint and cardamom.
Located on the foothills of Mount Kanchenjunga the rolling hills
are covered with tea bushes covering more than 55,000 hectares of land.
There are many places to visit in Ilam Bazar area: the tea gardens and factory, view tower, Bhalu Dhunga cave, Chureghanti Gumba, Narayansthan, Maiastan, Bhimsensthan, Seti Devi temple, etc.
Nearby destinations include Kanyam, Antu Danda, Sandakpur,
Mai Pokhari, Chintapu, Mikaljong, Todke waterfall, Mangmalung, Siddhi Thumka,
Gajurmukhi, Maikhola, Pathibhara and Mangalbare.
Lepchas were once the
predominant ethnic group in this region. They live in Fikal, about 40 km from Ilam Bazaar. A Lepcha Museum has been made in
initial stages in Antu and is being extended. Antu Danda is also one of the
best places in Ilam to view spectacular sunrise, sunset and the Himalayas. This 1,823 m high
hill overlooks the Terai flatlands, terraced hills of cash crops,
tea gardens and thick pine forests. One can also
enjoy the views of Mirik, Kurseong and Darjeeling on a bright and clear day.
Sandakpur is located at a height of 3,636m on the
international Nepal-India borderline and provides panoramic views of the Himalayas like Mt. Kanchenjunga, Mt. Kumbhakarna, Mt. Makalu and Mt. Everest. The forest in this
area provides shelter to rare wildlife like red panda, musk deer and Danphe. To reach Sadakpur one
has to go to Maimajhua Khorsanitar through Mai Pokhari first and then
trek for about five hours.
In Ilam Bazar, Rai, Limbu, Bahun, Chhetri, Magar, Newar, Sherpa, Lepcha and Madhesi people are settled.
The best time to visit Ilam is from mid March to mid
December.
How to reach
By road: Ilam Bazar, 690 km away from Kathmandu.
Night buses are available from Koteshwor which takes around 14 hours.
By air: Kathmandu - Bhadrapur 45 minute flight. Bhadrapur-Ilam 95 km. Ilam bazar-Sandakpur is 42 km.
इलाम
नागबेली
डाँडैडाँडा भएको हरित जिल्ला हो इलाम । इलाम एग्रो टुरिजम गन्तव्य हो । यसले सात ‘अ’ को चिनारी बनाएको छ — आलु, ओलन (दूध), अदुवा, अम्लिसो, अकबरे खुर्सानी, अलैंची र अर्थोडक्स चिया ।
जिल्लाको
सदरमुकाम इलाम बजार (१,२०८ मि.) आकर्षक छ । बजारमाथि नेपालकै पहिलो चिया
बगान छ । इलामको ५५ हजार हेक्टरभन्दा बढी जमिनमा चिया खेती छ ।
इलाम बजार
क्षेत्रमा घुम्न धेरै ठाउँ छन् । ती हुन् चिया बगान, भ्यु टावर, भालु ढुङ्गा गुफा, चुरेघाँटी गुम्बा, नारायणस्थान, माईस्थान, भीमसेनस्थान, चिया कारखाना, क्याम्पस, सिंहवाहिनी र सेतीदेवी मन्दिर आदि ।
चियाबगानमा
भुइँकुहिरो लुकामारी खेलिरहन्छ । चैतदेखि मंसिरसम्म चियाको मुना टिपिन्छ र
त्यहाँका कारखानामा प्रशोधन गरिन्छ ।
कन्याम, अन्तु डाँडा, सन्दकपुर, माईपोखरी, छिन्टापु, मिकलाजोङ, टोड्के झरना, माङमालुङ, सिद्धी थुम्का, गजुरमुखी, माईखोला, पाथीभरा, मंगलबारे लगायत इलामका गन्तव्य घुम्न लायक छन् ।
लाप्चा जातिको
भूमि पनि हो इलाम । इलाम बजारबाट ४० कि.मि. तल फिक्कलमा उनीहरूको बसोबास छ ।
त्यहाँ लाप्चा सङ्ग्रहालय र लाप्चा गुम्बा छन् । फिक्कलबाट पाँच कि.मि. दूरीमा
कन्याम चिया बगान छ । फिक्कलबाट पूर्व १४ कि.मि.मा अन्तु क्षेत्र छ । अन्तु डाँडा
(१,८२३ मि.) बाट सूर्योदय र सूर्यास्त चित्ताकर्षक देखिन्छ ।
इलाम बजारबाट
४२ कि.मि. दूरीमा सन्दकपुर (३,६३६ मि.) छ । नेपाल र दार्जीलिङ
सीमाको सन्दकपुरबाट हिमालको लामो फेरो देखिन्छ । मकालु, कुम्भकर्ण, कञ्चनजङ्घादेखि सगरमाथासम्म देखिने सन्दकपुर हिल स्टेशनका रूपमा विकसित छ ।
इलाम बजारमा
राई, लिम्बु, बाहुन, क्षत्री, मगर, नेवार, शेर्पा, लाप्चा र मधेसी अनुहारको बसोबास छ ।
चैतदेखि
मंसिरसम्म इलाम घुम्ने उत्तम समय हो ।
कसरी पुग्नेः
कोटेश्वर, काठमाडौंबाट ६९० किलोमिटरमा इलाम बजार पुगिन्छ । कोटेश्वरबाट दिउँसो छुट्छन्
इलाम जाने रात्रिबस । बसमा १५ घण्टा लाग्छ । अथवा काठमाडौं–भद्रपुर ४५ मिनेट हवाई यात्रामा पुगिन्छ । भद्रपुरबाट इलामको दूरी ९५ कि.मि. छ
। इलामबजार–सन्दकपुर ४२ कि.मि. छ ।