/ Gosaikunda


PLACES NEARBY: | Lauribina | Chandanbari | Bhairavkund |

  LANDSCAPES


  FACILITIES


  HOW TO REACH

Car/Jeep        5 hours (127 kms to Dhunche via Chandragiri)

Bus               4 hours (98 kms to Dhunche via Tokha)

                     Walk 2 days from Dhunche


Gosai Kunda lake at 4380m is one of the most famous religious and pilgrimage sites in Nepal. It is surrounded by peaks in Langtang National Park in Rasuwa District. In 2007, it was declared a Ramsar site.

There are altogether 108 kundas (lakes) around this area of which Saraswati Kunda, Bhairab Kunda, Surya Kunda, Naga Kunda and Gosi Kunda are most popular among pilgrims.

These Kundas are scattered in the region surrounded by Himalayas, delightful forests, beautiful and lush nature. Hindu and Buddhist pilgrims visit once every year to take a holy dip in the lake. During Janai Purnima in the month of Bhadra, thousands of Hindu pilgrims come here to worship Lord Shiva. Shamans called dhamis and jhankris, also called Bon-Po, visit on the full moon day. It is believed that once you bathe in the holy lake, all your pain, sorrows and sins are washed off. The lake remains frozen for almost half the year. 

According to the Hindu scriptures Vishnu Purana, Bhagvata Purana and the epics of Mahabharat, Ramayan refer to Samundra Manthan which is related to the Gosai Kunda.

The beauty of the landscape along with the traditional cultures and values of the Tamang people, the renowned cheese from this area, and abundant wildlife make Gosai Kunda a famous tourist destination.

The cheese factory is in Chandanbari where cheese and butter are produced. During monsoon, colourful flowers blossom around the lake. It takes three days to reach Gosaikunda from Kathmandu.The best time to visit is from mid August to mid November.

 

How to reach

      By road: Kathmandu-Tokha-Dhunche 98 km, four hours by bus. Gosai Kunda can be reached on a two day trek from Dhunche. Walking through Dhunche and stay the night in Singumba (Chandanbari). The next day, pass through Choyangpati and Lauribaunda will reach you to Gosai Kunda. 


गोसाईंकुण्ड

लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्छ गोसाईंकुण्ड (४,३८० मि.) । हिमालयको काखमा थपुक्क बसेको कुण्डलाई हिन्दू, बौद्ध र बोन धर्मावलम्बीहरूले पवित्र तीर्थस्थल मान्छन् । गोसाईंकुण्ड सन् २००७ मा विश्व रामसार सूचीमा सूचीकृत भएको हो । यस क्षेत्रमा सूर्यकुण्ड, सरस्वती कुण्ड, भैरव कुण्ड लगायत केही कुण्ड र गुफा छन् ।

गोसाईंकुण्डको उत्पत्तिका विषयमा हिन्दू, बौद्धमार्गी र झाँक्रीका आआफ्नै व्याख्या छन् । उनीहरूका बीचमा गोसाईंकुण्डप्रतिको श्रद्धा र सहिष्णुता कायमै छ ।

हिन्दू किवंदन्ती अनुसार उहिल्यै देवता र दानवबीच युद्ध भई समुद्र मन्थन गर्दा कालकुट विष निस्क्यो । त्यसबाट सृष्टिलाई बचाउन भगवान् शिवले विष पिए । त्यही विषको डाहाबाट छटपटी भएकाले अमृत खोज्दै उनी गोसाईंकुण्ड पुगे । त्यहाँको पहाडको शिलामा उनले त्रिशूलले हान्दा तीन धारा भई जल निस्क्यो । त्यो जलबाट गोसाईंकुण्ड बन्यो ।

त्यस्तै वैदिक तामाङ भाषामा गोभनेको शिर र साभनेको भूमि वा माटो । अर्थात् भार्खुगाउँको शिरको भूमिमा अवस्थित कुण्ड भएकाले गोसाईंकुण्ड भनियो ।

वर्षका दुई पटक गङ्गा दशहरा र जनै पूर्णिमाका बेला कुण्डमा मेला लाग्छ । त्यति बेला तामाङ समुदायका झाँक्रीहरूको निकै चहलपहल हुन्छ । गोसाईंकुण्ड झाँक्रीका ठूला देवता हुन् ।

तामाङ संस्कृति, हिमाली सौन्दर्य र जङ्गली जीवजन्तु गोसाईंकुण्डका थप आकर्षण हुन् । कुण्ड मुन्तिरको चन्दनबारीमा चीज कारखाना छ जहाँ चीज र मक्खन उत्पादन गरिन्छ । ऐतिहासिक हिसाबले समेत कुण्डको महत्व छ । वीर अमरसिंह थापाको मृत्यु भएको ठाउँ यही हो ।

मनसुनका बेला कुण्ड वरपर रङ्गीविरङ्गीका फूल फुल्छन् । जाडो याममा कुण्ड बरफमा परिणत बन्छ । काठमाडौंबाट निस्केको तेस्रो दिनमा गोसाईंकुण्ड पुग्न सकिन्छ ।

भदौदेखि कात्तिकसम्म गोसाईंकुण्ड घुम्ने उत्तम समय हो ।

कसरी पुग्नेः

काठमाडौंटोखाधुन्चे ९८ कि.मि., बसमा चार घण्टा लाग्छ । धुन्चेबाट दुई दिन पदयात्रामा गोसाईंकुण्ड । धुन्चेबाट हिंडेर सिङगुम्बा (चन्दनबारी) मा बास । अर्को दिन च्योलाङपाटी, लौरीबिना हुँदै गोसाईंकुण्ड पुग्न सकिन्छ । 


Gallery