Car/Jeep 6 hours (210
kms via Bardibas)
Bus 9 hours
(350 kms via Hetauda)
Airplane 25 minutes (Airport
2.5 km from Janaki Temple)
Janakpur is in the Dhanusa district of the Terai region. It is a city of Mithila art, ancient temples,
lakes and ponds. According to the Ramayan, one of the two major Sanskrit epics
of ancient India, Janakpur is the birthplace of King Janak and
Sita. The Janaki Temple is the main
attraction of Janakpur. The temple looks like a palace with
statues of Bashisht, Satyananda, Sunaiana, Ram, Laxman, Bharat, Shatrughan,
Sita, Janaka, etc.
When Queen of an Indian state, Tikamgarh, Vrisha Bhanu
Kumari’s wish of a son was fulfilled, she decided to build the Janaki Mandir.
The construction started in 1952 and was completed in 1967. There are also
temples of Ram and Janak in Janakpur. Along with the
Janaki temple, there is a marriage mandap. The temple also houses the Janaki Museum.
In the four directions of Janakpur, Mithileshwar is the gatekeeper
in the east, Jaleshwar in the west, Chireshwar in the north and Kalyaneshwar in the south. At
a distance of 16 km from Janakpur Bazar lies Dhanusadham and Jaleshwar at
13 km.
There are many lakes in Janakpur area. Among them, Gangasagar, Dhanusagar and Ratnasagar are the major ones.
Prayers are performed every evening in Gangasagar. Chhat, Bivah Panchami, Ram Navami and Fagu Purnima are celebrated.
The Madhesi community are
inhabitants of Janakpur. There are several hotels in the bazar
along with most modern amenities available.
The best season to visit Janakpur is from mid-September
to mid December and mid February to mid April.
How to reach
By road:
Kathmandu – Mugling - Janakpur is 350 km, nine hours by bus. Kathmandu
- Janakpur is 210 km via Banepa - Bardibas road,
six hours in jeep. The bus leaves from old bus park and jeep from Koteshwor in
Kathmandu.
By air: Kathmandu - Janakpur is a 25 minute flight. Janaki Temple is 2.5 km from Janakpur Airport.
जनकपुर
धनुषा जिल्लामा पर्ने जनकपुर मिथिला कलाले भरिपूर्ण तराईको शहर
हो । त्यहाँ प्राचीन मन्दिर, कुण्ड र पोखरी छन् । हिन्दू ग्रन्थ
रामायाण अनुसार जनकपुर राजा जनक र सीताको जन्मथलो हो ।
जनकपुरको मुख्य आकर्षण जानकी मन्दिर । झट्ट हेर्दा दरबारझैं
लाग्ने मन्दिर भित्र वशिष्ठ, सतानन्द, सुनयना, राम, लक्ष्मण, भरत, शुत्रुघन
राम, सीता, जनक आदिका मूर्ति छन् ।
जानकीको भाकल गरेपछि मनोकामना पूरा हुने विश्वास छ । त्यही
अनुसार टिकमगढ, भारतकी महारानी भानु वृषकुमारीले भाकल गरेकाले उनको
छोरा जन्मियो । तिनै महारानीले हाल भएको विशाल मन्दिर बनाउन लगाइन् । वि.सं. १९५२
मा शिल्यान्यास गरिएको मन्दिर वि.सं. १९६७ मा पूरा भएको थियो ।
जनकपुरमा राम र जनकका मन्दिर पनि छन् । जानकी मन्दिरसँगै
विवाहमण्डप छ । मन्दिर हातामा जानकी सङ्ग्रहालय पनि छ ।
जनकपुरको चार दिशामा द्वारपालका रूपमा पूर्वमा मिथिलेश्वर, पश्चिममा
जलेश्वर, उत्तरमा छिरेश्वर र दक्षिणमा कल्याणेश्वर छन् । जनकपुर
बजारबाट १६ कि.मि.मा धनुषाधाम छ भने १३ कि.मि.मा जलेश्वर ।
जनकपुर क्षेत्रमा थुप्रै तलाउ छन् । तीमध्ये गंगासागर, धनुषसागर, रत्नसागर
प्रमुख हुन् । गंगासागरमा हरेक साँझ आरती गरिन्छ । छठ, विवाह
पञ्चमी, राम नवमी र फागु पूर्णिमामा मेला लाग्छ ।
जनकपुरमा मधेसी समुदायको बसोबास छ । बजारमा ५०–६० को
हाराहारीमा पर्यटकीय होटल छन् । यातायात सुविधा, अस्पताल र प्रहरी
कार्यालय छन् । बिजुली र सञ्चार सुविधा छ ।
असोजदेखि मंसिरसम्म र फागुनदेखि चैतसम्म जनकपुर घुम्ने उपयुक्त
मौसम हो ।
कसरी पुग्नेः
काठमाडौंबाट मुग्लिन हुँदै जनकपुरको
दूरी ३५० कि.मि. छ । बसमा ९ घण्टा लाग्छ । बनेपा–बर्दिवास सडक हुँदै काठमाडौं–जनकपुर २१० कि.मि. छ । जीपमा ६ घण्टा लाग्छ ।
काठमाडौंको पुरानो बसपार्कबाट बस र कोटेश्वरबाट जीप छुट्छन् । काठमाडौं–जनकपुर २५ मिनेट हवाई यात्रामा पुग्न सकिन्छ ।
जनकपुर एयरपोर्टबाट २.५ कि.मि.मा जानकी मन्दिर छ ।