Car/Jeep 15
hours (700 kms to Mahendranagar)
20 minutes (Mahendranagar to Suklaphanta)
Bus 16
hours (700 kms to Mahendranagar)
Airplane 1 h 10 minutes (Dhangadhi)
1 hour (55 kms to Mahendranagar by bus)
Shuklaphanta of Kanchanpur is
famous for deer species with 12 points in its antlers. There are about 2500
such deers in Shuklaphanta spread over 55 sq
km. The park shares a common boundary with the Indian state of Uttar Pradesh in
the south and west which is formed by the Mahakali (Sarda) river, a major
tributary of the Ganges.It is bordered on the
eastern side by the river and to the north by a forest belt and cultivations.
A total of 53 mammal species, 430 species of birds, 14
species of fish, 35 species of butterflies inhabit the park. Although the area
of the park is small, it supports a wide range of biodiversity of national and
global importance.
Shuklaphanta National Park was
established as a hunting reserve in 1969. The area was then gazetted as a
wildlife reserve in 1976 covering an area of 305 sq km and developed as the
prime habitat of swamp deer. Antilope cervicapra can be found in Hirapurphanta
of the park.
The park provides jeep safari, elephant
safari and jungle walk.
The Mahakali Bridge outside Shuklaphanta is also a tourist
attraction. The bridge connecting Dodhara-Chandni village of Mahakali Pari with Mahendranagar,
the headquarters of Kanchanpur, is 1400 m long.
Shuklaphanta comprises Siddhababa
temple, Jhilmila lake, Baitkot lake,
Tanakpur dam and Mahakali river. Similarly,
Parashuradham in Dadeldhura is located near Mahendranagar.
Shuklaphanta is about five km
west of Mahendranagar. There are two hotels outside the area. Mahendranagar has
tourist infrastructure. Rana Tharus run community homestay in a Naya Basti near
the Shuklaphanta entrance.
The best time to visit is from mid February to mid June.
How to reach
By road:
Kathmandu-Mahendranagar is 700 km, 16 hours by bus.
By air:
Kathmandu-Dhangadhi is an hour 10 minutes flight.
Dhangadhi-Mahendranagar 55 km, an hour by bus. Further, Mahendranagar-Shuklaphanta is five km.
शुक्लाफाँटा
मृग प्रजातिको जनावर
बाह्रसिङ्गाका लागि कञ्चनपुरको शुक्लाफाँटा प्रख्यात छ । ५५ वर्गकि.मि.मा फैलेको
शुक्लाफाँटामा करिब २५ सय बाह्रसिङ्गा छन् । फाँटामा मंसिरदेखि खर–खडाइ हुन्छ ।
खर–खडाइपछि
नयाँ पलाएको कमलो मुना खाइरहेका बाह्रसिङ्गाको दृश्यले सबैलाई लोभ्याउँछ ।
निकुञ्जको मुख्यालयबाट २४
कि.मि. दूरीमा छ शुक्लाफाँटा । त्यहाँ काठको अग्लो मचानमा बसेर जनावर हेर्ने
सुविधा छ । मान्छेको सुइँको पाए भने तिनले कान ठाडठाडा पारेर हेर्छन् । भाले
बाह्रसिङ्गाको टाउकामा १२ वटा सिङ हुन्छन् ।
शुक्लाफाँटामा
बाह्रसिङ्गाबाहेक थरीथरीका चरा, चित्तल, पाटेबाघ, गैंडा र जङ्गली हात्ती लगायतका जनावर भेटिन्छन् । त्यहाँ ५३
प्रजातिका स्तनधारी, ४३० प्रजातिका चरा, १२ किसिमका सरिसृप, २० प्रजातिका
उभयचर र ३५ भन्दा बढी प्रजातिका पुतली पाइन्छन् । आरक्षको हिरापुर फाँटामा कृष्णसार
छन् ।
शुक्लाफाँटामा जङ्गल, चउर र
तालतलैया छन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको इतिहास लामो छैन । सरकारले २०२६
सालमा आरक्ष बनायो । त्यसअघि त्यहाँ राजपरिवारका सदस्य सिकार खेल्थे ।
निकुञ्जमा जीप ड्राइभ, हात्ती सफारी
र जङ्गल वाक गर्ने सुविधा छ । शुक्लाफाँटा बाहिरको महाकाली पुल पनि पर्यटकीय
आकर्षण हो । महाकालीपारिका दोधारा–चाँदनी गाउँलाई कञ्चनपुर सदरमुकाम
महेन्द्रनगरसँग जोड्न बनाइएको पुल १४ सय मिटर लामो छ ।
शुक्लाफाँटा सेरोफेरोमा
सिद्धबाबा मन्दिर,
झिलमिला ताल,
बेतकोट ताल,
टनकपुर बाँध र महाकाली नदी घुम्न सकिन्छ । त्यस्तै डडेलधुराको परशुरामधाम
महेन्द्रनगरबाट नजिकै पर्छ ।
महेन्द्रनगरबाट पाँच किलोमिटर
पश्चिममा पर्छ शुक्लाफाँटा । फाँटाबाहिर दुइटा होटल छन् । महेन्द्रनगरमा भने
पर्यटकीय सुविधाका होटल छन् । शुक्लाफाँटा प्रवेशद्वार नजिकै नयाँ बस्तीमा राना
थारुले सामुदायिक होमस्टे चलाएका छन् ।
शुक्लाफाँटा घुम्ने उत्तम समय
फागुनदेखि जेठसम्म हो ।
कसरी पुग्नेः
काठमाडौं–महेन्द्रनगर
७०० कि.मि.,
बसमा १६ घण्टा लाग्छ । अथवा १ घण्टा १० मिनेटको हवाई उडानद्वारा काठमाडौंबाट
धनगढी पुगिन्छ । धनगढी–महेन्द्रनगर ५५ कि.मि., बसमा एक घण्टा । महेन्द्रनगरबाट पाँच
किलोमिटर बाटो पार गरेपछि शुक्लाफाँटा निकुञ्ज पुगिन्छ ।