Car/Jeep 4
h 30 minutes (165 kms via Muglin)
5 hours (152 kms via Hetauda)
Bus 5
hours (165 kms via Muglin)
Airplane 18 minutes (Bharatpur)
20 minutes (18 kms Bharatpur to Sauraha by bus)
Sauraha is a wildlife destination of Chitwan district. It is a
village situated close by the Rapti River and the Chitwan National Park.The Tharu village is filled with
western style hotels and resorts, restaurants, internet cafes and mud and daub
huts and houses. The village has two community halls for Tharu dance performances. It
caters to the needs of the visitors to Chitwan National Park. Wildlife
safari by foot, jeep and elephant can be done at the
National Park. Rhinoceros, many types of
deer, monkeys, and the Royal Bengal tiger can be
spotted here. Bird watching in and around
the jungle is also very popular especially at the Bish Hajar Taal wetland area which is
approximately 10 kilometers north-west from Sauraha.
While mornings are best suited for elephant
safari, jungle walk and canoe rides, the evenings can
be enjoyed viewing the sunset on the shores of the Rapti river.
Crocodiles are found in the
river and can be spotted basking on the river bank's sand. There is also a Tharu Museum and the Elephant
Breeding Centers as points of interest.
The regional hotel association of Chitwan organises the annual
Elephant Festival between mid November and mid January.
Sauraha's tourism history has been four decades
long. The Government of Nepal had built Chitwan National Park in the
year 2030 BS.
There are many other places around the national park like Meghauli, Patihani, Kasara and Amaltari which are equally
beautiful.
The best time to visit Sauraha is from mid September
to mid January and from mid February to mid July.
How to reach
By road:
Kathmandu - Sauraha 165 km, five hours by bus.
By air: Kathmandu - Bharatpur 18 minutes flight. Bharatpur– Sauraha 18 km, 20 minutes by bus.
सौराहा
चितवन जिल्लाको सौराहा
‘वाइल्ड लाइफ’ गन्तव्य हो । त्यहाँ थारु संस्कृति, सूर्यास्त, डुङ्गा र हात्ती सफारी सुविधा पाइन्छ । चितवन
राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्दछ सौराहा । निकुञ्ज एक सिङ्गे गैंडा, बाघ र थरीथरीका चराका लागि प्रख्यात छ । अरू जनावर पनि देखिन्छन् जङ्गल
सफारीमा । पर्यटकलाई निकुञ्ज र सामुदायिक वनमा हात्ती र जीप सफारी गराइन्छ ।
राप्ती नदी किनारमा
उत्तर–दक्षिण पैmलेको छ बजार जहाँ होटल, लज, रिसोर्ट र रेस्टुराँ छन् । साँझ राप्ती किनारमा बसेर सूर्यास्तको
दृश्यावलोकन गर्न सकिन्छ । बिहान जङ्गल वाक, हात्ती सफारी र डुङ्गा चढ्नु बेस हुन्छ ।
सौराहाका नदीमा मगर
गोही पाइन्छन् । घाम लागेपछि नदी किनाराको बालुवामा देखिन्छन् गोही । त्यस्तै
सौराहामा आखेटोपहार सङ्ग्रहालय र थारू सङ्ग्रहालय छन् । हात्ती प्रजनन केन्द्रमा
ठूला–साना हात्ती छन् ।
सौराहाका आदिवासी थारु
जाति हुन् । बजारका होटलले पाहुनाको माग अनुसार आफ्नो आँगनमा थारु संस्कृति
प्रदर्शन गराउँछन् । त्यसबाहेक थारु नाचगान देखाउने दुइटा हल बजारमा छन् ।
क्षेत्रीय होटल संघ
चितवनले बर्सेनि मंसिर–पुसमा हात्ती महोत्सव गर्छ । त्यति बेला हात्तीका
छावाहरूको फुटबल,
हात्तीको वनभोज, हात्ती सुन्दरी प्रतियोगिता लगायतका रोमाञ्चक गतिविधि सञ्चालन गरिन्छ ।
सौराहाको पर्यटन
इतिहास चार दशक लामो भइसक्यो । नेपाल सरकारले वि.सं. २०३० मा चितवन राष्ट्रिय
निकुञ्ज बनाएको थियो । मध्यवर्ती क्षेत्रका अन्य गन्तव्यहरू मेघौली, पटिहानी, कसरा र अमलटारी पनि सौराहामा जस्तै पर्यटकीय
वातावरण पाइन्छन् ।
असोजदेखि पुससम्म र
फागुनदेखि असारसम्म सौराहा घुम्ने उत्तम समय हो ।
कसरी पुग्नेः
काठमाडौं–सौराहा १६५ कि.मि.को बाटो बसमा ५ घण्टा लाग्छ । अथवा १८ मिनेट हवाई यात्रामा
काठमाडौंबाट भरतपुर पुगिन्छ । भरतपुरदेखि सौराहा १८ कि.मि. छ, बसमा २० मिनेट लाग्छ ।