/ Bardiya


PLACES NEARBY: | Chisapani | Nepalgunj | Gabhar Valley |

  LANDSCAPES


  FACILITIES


  HOW TO REACH

Car/Jeep        11 h 30 minutes (500 kms to Nepalgunj)
     2 hours (90 kms
Nepalgunj to Thakurdwara)

Bus                14 hours (Kathmandu to Thakurdwara)

Airplane         1 hour (to Nepalgunj)


Bardiya National Park is a destination known for tigers. There are 85 adult tigers in the park. In the summer, one can often witness tigers near the river. They are sometimes in groups otherwise spotted alone.

Jeep safari, elephant safari and jungle walks are designed not only to see tigers, but also other wild animals and birds. The national park is spread over 968 sq km. The buffer zone is 507 sq km. It was established in 1968 as a royal hunting reserve. Later in 1988 it was declared a national park. There are 41 single rhinoceros, more than 120 wild elephants and 527 species of birds here in addition to chitals, bears and wild boars.

There is an crocodile breeding center and Tharu Museum at Thakurdwara, the headquarters of the park. There is also a Thakur Baba temple nearby which is known to fulfil people’s wishes. The national park also has rafting facilities on the Karnali and Geruwa rivers. Fishing is done in the Babai and Karnali rivers in the area.

There are five entry points to the national park – Thakurdwara, Ambasa (Amreni), Rambhapur, Chepang and Banjaria. Thakurdwara has around 26 hotels to stay. Further, there is a homestay facility in the Tharu area. The homestay of Dalla village is popular inhabited by the Tharu community. In the evenings, the villagers entertain guests with traditional dance performances. The best time to visit Bardiya is from mid February to mid June.

 

How to reach

      By road: Kathmandu- Nepalgunj is 500 km. Nepalgunj – Ambasa-Thakur is 90 km which can be covered in two hours by bus. Further, it is 13 km from Ambasa on the northeast highway via Thakur. There is a direct bus service from Kathmandu-Thakur, 14 hours by bus.

      By air: Kathmandu-Nepalgunj is an hour flight. 


बर्दिया

बाघ हेर्न कहलिएको गन्तव्य हो बर्दिया राष्ट्रिय निकुञ्ज । निकुञ्जमा ८५ वटा वयस्क बाघ छन् । गर्मीमा निकुञ्जका नदीमा पानी खान आएका बाघको दर्शन पाइन्छ । ती कहिले समूहमा हुन्छन् त कहिले एक्लै ।

जीप सफारी, हात्ती सफारी र जङ्गल वाकमा बाघ मात्र होइन अरू जंगली जनावर र चराचुरुङ्गी पनि देखिन्छन् ।

निकुञ्ज ९६८ वर्गकि.मि.मा फैलेको छ । मध्यवर्ती क्षेत्र ५०७ वर्गकि.मि. छ । सन् १९६८ मा शाही शिकार आरक्षका रूपमा यसको स्थापना गरिएको थियो । पछि सन् १९८८ मा यसलाई निकुञ्ज घोषणा गरियो । यहाँ ४१ वटा एक सिङ्गे गैंडा, १२० भन्दा बढी जङ्गली हात्ती छन् । त्यस्तै ५२७ प्रजातिका चरा पाइन्छन् । जङ्गलमा चित्तल, भालु, बँदेल, नीलगाई लगायतका जनावर छन् ।

निकुञ्जको हेडक्वार्टर ठाकुरद्वारामा गोही प्रजनन केन्द्र र थारू सङ्ग्रहालय छ । नजिकै ठाकुरबाबा मन्दिर पनि छ । ठाकुरबाबाको दर्शनले मनोकामना पूरा हुने जनविश्वास छ । निकुञ्ज क्षेत्रमा ¥याफ्टिङ सुविधा पनि छ । कर्णाली र गेरुवा नदीमा ¥याफ्टिङ गराइन्छ । चिसापानी पुलबाट दौलतपुरघाटसम्म र निकुञ्जको हात्तीसारसम्म ¥याफ्टिङ गर्न सकिन्छ ।

त्यसबाहेक निकुञ्ज क्षेत्रका बबई र कर्णाली नदीमा फिसिङ गर्न पाइन्छ ।

निकुञ्ज प्रवेश गर्ने पाँचवटा नाका छन् ठाकुरद्वारा, अम्बासा (अम्रेनी), रम्भापुर, चेपाङ र बञ्जरिया नाका । ठाकुरद्वारा नाका पुरानो हो जहाँ २६ वटा होटल छन् । सेरोफेरोका थारू बस्तीमा होमस्टे सुविधा छ । डल्ला गाउँको होमस्टे चर्चित छ जहाँ थारू जीवनशैली पाइन्छ । गाउँलेहरू साँझ पाहुनालाई झुमरा, लठ्ठी, मजिरा र छोकरा नाच देखाउँछन् ।

फागुनदेखि जेठसम्म बर्दिया घुम्ने उत्तम समय हो ।

कसरी पुग्नेः


काठमाडौं
नेपालगञ्ज ५०० कि.मि. । अथवा काठमाडौंनेपालगञ्ज हवाई यात्रा १ घण्टा । बसबाट नेपालगञ्जअम्बासाठाकुरद्वारा (९० कि.मि.) पुग्न २ घण्टा लाग्छ । पूर्वपश्चिम राजमार्गको अम्बासाबाट ठाकुरद्वारा १३ कि.मि. छ । काठमाडौंबाट ठाकुरद्वारासम्म पुग्न सोझै बस सेवा छ । बसमा १४ घण्टा लाग्छ । 


Gallery